समाचार

    Showing 4,971-4,980 of 9,793 items.
  • सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले दियो अनुमति

    काठमाडौं /  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 68 पटक पढिएको
  • माछा पोखरीमा डुबेको अवस्थामा ७६ वर्षीया वृद्धा मृत फेला

    बिर्तामोड / मोरङको रङ्गेली नगरपालिका -१ की ७६ वर्षीया कृष्णमाया बस्नेत घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् । बुधवार बिहान घरबाट निस्किएकी वृद्धाको खोजतलास गर्ने क्रममा घर देखि करिव ५०० मिटरको दूरीमा रहेको माछा पोखरीमा मृत फेला परेकी र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 108 पटक पढिएको
  • चोरीको आरोपमा २ जना पक्राउ

    बिर्तामोड / झापाको भद्रपुर नगरपालिका -७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । यही भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संलग्नहरूको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न रहेका २ जनालाई बुधवार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका -१० का २२ वर्षीय रितिक कुमार शर्मा र भद्रपुर नगरपालिका -७ का रोशन राजवंशी रहेका छन् । उनिहरुलाई चोरी भएका मोबाइल र सुनका बिभिन्न किसिमका गरगहना सहित प्रहरीले पक्राउ गरेको हो । चोरीको आरोपमा पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 134 पटक पढिएको
  • अनुसन्धानमा सहयोग गर्ने सन्दीपको प्रतिवद्धता

    काठमाडौँ / बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका छन् ।कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दीपसँग आफूहरू सम्पर्कमा रहेको बताएका छन् । सन्दीपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच सकिएपछि फर्किहाल्छु भनेको छ,’ मल्लले भने – राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरे ।

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 112 पटक पढिएको
  • आज प्रदेश १ सहित अन्य केही प्रदेशमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने

    काठमाडौं / प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशभरको मौसम आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।राति प्रदेश १ र बागमती प्रदेशको एक - दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशमा हल्का पानी पर्ने सम्भावना छ । 

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 20 पटक पढिएको
  • जयेन्द्र प्रसाईँ साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा छनौट समिति गठन

    बिर्तामोड  / जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले यो वर्ष पुरस्कृत गरिने कृति तथा विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट समिति बनाएको छ ।कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कृति तथा व्यक्ति छनौटका लागि समिति गठन गर्नुका साथै पुरस्कारको विधा थप गरेको छ भने यसअघि वितरण गरिंदै आएका पुरस्कारको राशि समेत वृद्धि गरेको छ ।संस्थाले २०७८ सालमा प्रकाशित कृतिहरू मध्येबाट बर्षोत्कृष्ठ कृति छनौटका लागि संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा अध्यक्ष गोपीकृष्ण प्रसाईँ र सचिव राजेन्द्र संग्रौला सदस्य रहेको समिति गठन गरेको बैठकले धनमाया सक्रिय महिला पत्रक

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 90 पटक पढिएको
  • भियतनामको कराओके बारमा आगलागी हुँदा १२ जनाको मृत्यु

    एजेन्सी / भियतनामको कराओके बारमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुलुकको दक्षिणी  भेगमा  पर्ने सो बारमा लागेको आगलागीमा ११ जना घाइते भएका छन् । गए रातिको उक्त आगलागी भवनको दोस्रो र तेस्रो तल्लामा लागेको थियो । आगलागीबाट निस्केको धुवाँका कारण बारमा रहेका ग्राहक र कर्मचारी ओर्लन नसकेर सिँढीमा फसेका थिए ।आगलागीबाट बच्न भवनको कौसीमा बारका ग्राहकको भीड बढेको थियो । त्यसपछि मानिसको भागाभाग भएको बताइएको छ । केहीले भवनको झ्यालबाट हामफालेर ज्यान जोगाएको बताइन्छ ।आगलागीबाट निस्केको धुवाँको मुस्लोले वरपरको वातावरणसमेत प्रभावित भएको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको ब

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 115 पटक पढिएको
  • राष्ट्रियसभाका रिक्त चार समितिले पाए नेतृत्व, कुनमा को ?

    काठमाडौँ / करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चार विषयगत समितिमा सभापतिहरू चयन भएका छन् । रिक्त समितिहरूमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत सभापति चयन गरिएको हो। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का महासचिवसमेत रहेका बेदुराम भुसालले उम्मेदवारी दिएका छन्। राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ। यसअघि पनि उनी नै सभापति थिइन्।प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्माको उम्मेदवारी परेको छ।यसअघि यो समितिको सभापतिमा रामनारायण बिँडारी थिए। उ

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 44 पटक पढिएको
  • बिभिन्न जातका अवैध काठ सहित ५ जना पक्राउ

    बिर्तामोड  / झापाको  दमकबाट प्रहरीले बिभिन्न जातका अवैध काठ सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इलामको चुलाचुली गा पा -५ का १९ वर्षीय  नवीन लिम्बू ,  २०  वर्षीय सुजन श्रेष्ठ , ३० बर्षिय धनपति न्यौपाने , फाकफोकथुम गा पा -३ का २० वर्षीय रमेश लिम्बू र पाँचथरको तुममेवा गा पा -१ का  २२ वर्षीय विवेक लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ५ थान साइकल  र १ थान काठ काट्ने साधन सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीको लागी सब- डिबिजन बन कार्यालय बेल्डाँगीमा बुझाइएको जिल्ला प्

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 104 पटक पढिएको
  • मनकामना कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

    बिर्तामोड / झापाको बिर्तामोड स्थित मनकामना कलेजमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरता जेसीजको आयोजना तथा मनकामना कलेज र नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उप- शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । चरम अभाव रक्त अभावको समस्यालाई मध्यनजर गर्दै गरिएको रक्तदान कार्यक्रममा ६२ पाउण्ड रगत संकलन भएको वीरता जेसीजका अध्यक्ष प्रविण खड्काले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिका -१ का अध्यक्ष अग्नि पाण्डेले रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने धारण व्यक्त गरे । 

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 272 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा