समाचार

    Showing 4,941-4,950 of 23,469 items.
  • ललितपुर महानगरपलिकाले आज १०७ औँ स्थापना दिवस मनाउँदै

    काठमाडौं— ललितपुर महानगरपलिकाले आज आफ्नो १०७ औँ स्थापना दिवस मनाउँदै छ ।बुधबार ललितपुर महानगरपालिकाले १०७ औँ स्थापना दिवस मनाउन लागेको हो ।ललितपुर महानगरपालिका कला, संस्कृति सम्पदा र हरित सहरका रूपमा परिचित छ ।विक्रम संवत् १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाको नामबाट सञ्चालन भई विसं २००९ मा ललितपुर नगरपालिका घोषणा गरिएको थियो ।त्यस्तै विसं १९१८ मा ललितपुर नगर पञ्चायत, २०४७ मा पुनः ललितपुर नगरपालिका, २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गते ललितपुर महानगरपालिका घोषणा भएको थियो ।हाल महानगरप्रमुख चिरीबाबु महर्जन रहेका छन् । महानगरले आज प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा स्था

    • प्रकाशित मितिः पुस २, २०८२
    • 388 पटक पढिएको
  • एमाले महाधिवेशनअन्तर्गत आज मतदान हुँदै

    काठमाडौं— नेकपा एमालेको आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।११ औं महाधिवेशनअन्तर्गत बुधबार बिहान ८ बजेबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।विविध प्राविधिक कारण मंगलबार हुने भनिएको मतदान आज हुन लागेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।उनका अनुसार मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ भने मतदानका लागि भृकुटीमण्डपमा हल परिवर्तन गरिएको छ ।एमालेले मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनको व्यवस्था गरेको छ । महाधिवेशनमा सहभागी कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।

    • प्रकाशित मितिः पुस २, २०८२
    • 462 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहेको छ । पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ।कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

    • प्रकाशित मितिः पुस २, २०८२
    • 226 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।   नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः पुस २, २०८२
    • 202 पटक पढिएको
  • आज २०८२ साल पुस ०२ गते बुधवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। दिउँसाेदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मिहिनेतको प्रतिफल समेत अरूले हत्याउने चेष्टा गर्नेछन्।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि दैनिकी

    • प्रकाशित मितिः पुस २, २०८२
    • 284 पटक पढिएको
  • पर्सा प्रहरीले १७६ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ

    पर्सा  ।  पर्सा प्रहरीले १७६ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।  पर्नेमा बा २१ च ७८५५ नम्बरको पिकअप गाडीका चालक रामेछाप जिल्ला खाँडाडेवी गाउँपालिका– १ का सुबराज श्रेष्ठ रहेका छन्।प्रहरीले वीरगन्ज महानगरपालिका– १७ कोनियाबाट अलौ जाने क्रममा सोमबार राति ८ बजेको समयमा उक्त गाँजा बरामद गरेको हो। प्रहरी चौकी श्रीसिया ड्राइपोर्टका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादव नेतृत्वको टोलीले उक्त गाँजा बरामद गरेको हो।पिकअप गाडीको पछाडि बोरामा १२ पोकामा लुकाइएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरी निरीक्षक अमृत बस्नेतले जानकारी दिए।

    • प्रकाशित मितिः पुस १, २०८२
    • 258 पटक पढिएको
  • एमाले महाधिवेशन : प्रतिनिधि लाइनमा, ओली र पोखरेल मञ्चमा

    काठमाडौं । नेकपा (एमाले)को मतदान सुरु हुनुअघि प्रतिनिधिहरू लामबद्ध भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनअन्तर्गत मंगलबार साँझबाट मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका छ । सोही तालिकाअनुसार प्रतिनिधि मतदान गर्न लाइनमा बसेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका उमेदवार ईश्वर पोखरेल भने मञ्चमा छन् । विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • 272 पटक पढिएको
  • स्वास्थ्यचौकीलाई उपकरण सहयोग

    काठमाडौँ । ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवद्र्धन र मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले भलुवाहीस्थित स्वास्थ्यचौकीलाई ग्रामीण अल्ट्रासाउन्ड उपकरण उपलब्ध गराइएको छ ।मातृ तथा शिशु स्वास्थ्य सेवा सुदृढीकरण कार्यक्रमअन्तर्गत सिरहा नगरपालिका–११ भलुवाहीस्थित बर्थिङ सेन्टरसहित स्वास्थ्यचौकीलाई अल्ट्रासाउन्ड हस्तान्तरण गरिएको हो । स्वास्थ्यचौकीका प्रमुख प्रदीपनारायण ठाकुरका अनुसार उपकरण प्राप्त भएसँगै अल्ट्रासाउन्ड सेवा नियमित रूपमा सञ्चालनमा आएको छ । उहाँले भन्नुभयो, “यसअघि अल्ट्रासाउन्ड सुविधा नहुँदा जटिल अवस्था देखिएका गर्भवतीलाई सिरहा प्रादेशिक अस्पताल रेफर गर्नुपर्ने बाध्यता

    • प्रकाशित मितिः पुस १, २०८२
    • 249 पटक पढिएको
  • निर्वाचन नजिकिँदै जाँदा प्रमुख निर्वाचन आयुक्त र मन्त्रीबीच छलफल

    काठमाडौं— आगामी निर्वाचन नजिकिँदै गएको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्तले मन्त्रीहरूसँग छलफल गरेका छन्। कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा आयोजित उक्त छलफलमा विभिन्न मन्त्रीहरूको सहभागिता रहेको थियो।छलफलका क्रममा निर्वाचनको तयारी, आचारसंहिता कार्यान्वयन, सुरक्षा व्यवस्था तथा निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्ने विषयमा विचार–विमर्श गरिएको जनाइएको छ। सहभागी मन्त्रीहरूले आ–आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्दै निर्वाचन सफल बनाउन सरकार र आयोगबीचको समन्वय आवश्यक रहेको बताए।प्रमुख निर्वाचन आयुक्तले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वासयोग्य बनाउन आयोग प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्य

    • प्रकाशित मितिः पुस १, २०८२
    • 445 पटक पढिएको
  • इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

    एजेन्सी— गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्रहरूमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दाहरूलाई पक्राउ गरेको जनाइएको छ ।जेरुसेलम क्षेत्रमा नै, ३९१ अवैध बासिन्दाहरू र अवैध निवासलाई सहयोग गर्ने ३४ संदिग्धहरूलाई पक्राउ गरिएको जनाइएको छ । गएको सप्ताहन्तमा भएको एउटा घटनामा, जेरुसेलम क्षेत्रको सीमा प्रहरीले प्यालेस्टिनी क्षेत्रहरूसँगको विभाजन पर्खाल माथि उफ्रेर अतारोट औद्योगिक क्षेत्रको नजिकैको कारखाना भित्र लुकेका २५ जना अवैध बासिन्दाहरूलाई पक्राउ गरेको थियो ।यसै गर

    • प्रकाशित मितिः पुस १, २०८२
    • 494 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.