समाचार

    Showing 4,931-4,940 of 19,440 items.
  • छुसाङ खण्डमा पहिरो, जोमसोम–कोरला सडक पूर्णरूपमा अवरुद्ध

    काठमाडौं — जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 415 पटक पढिएको
  • त्रुटि स्वीकार्दै खतिवडाले दिए राजीनामा, जिम्मेवार को?

    काठमाडौं – संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले रोस्ट्रमबाट राजीनामाको घोषणा गर्दै निष्ठाका आधारमा निर्णय लिएको दाबी गरे।खतिवडा निजामती सेवा विधेयकमा गरिएको विवादास्पद संशोधन — दुई वर्षे 'कुलिङ पिरियड' हटाउने निर्णय — का कारण आलोचनामा परेका थिए। सो विषयमा गठित संसदीय छानबिन समितिले उनलाई ‘नैतिक रूपमा जिम्मेवार’ ठहर गरेपछि उनले सभामुख देवराज घिमिरे र पार्टी प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेर राजीनामाको निर्णय लिएको जनाएका छन्।राजीनामा घोषणा गर्दै खतिवडाले विधेयकमा त्रुटि भएको दिनमै स

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 697 पटक पढिएको
  • बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ नगद पुरस्कार दिने

    काठमाडौं – म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै बान्टमवेट च्याम्पियन बनेका ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय समेत गरिएको जानकारी दिएका छन् । उनले पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल भएकोमा ढाँटलार्ई बधाई समेत दिएका छन् । 

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 492 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने छ।कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको केहि स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।दिउँसो देशभर पूर्णतया बदली हुने बताएको छ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक/दुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ । कर्णाली प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना  छ ।राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 122 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ४८ पैसा र बिक्र

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 175 पटक पढिएको
  • आज २०८२ साल साउन २८ गते बुधबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नयाँनौलो समाचार सुन्न पाइनेछ ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 280 पटक पढिएको
  • नापी कार्यालय कलंकीका कार्यालय सहयोगी घुससहित पक्राउ

    काठमाडौं—  सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय कलंकीका एक कार्यालय सहयोगी सोमबार पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार चन्द्रागिरी नगरपालिका–१३ स्थित एक जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रक्रियामा सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा आयोगको टोली खटिएको थियो ।टोलीले कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई नापी कार्यालयको परिसरमै सेवाग्राहीबाट लिएको १३ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार कुँवरसँगै उनको मोबाइल फोन पनि बरामद गरिएको छ । त्यस क्रममा कार्यालय प्रमुखका दुई थान मोबाइल डिभाइस र सर्भेक्षकको मोबाइल पनि

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 522 पटक पढिएको
  • करेन्ट लागेर शिवसताक्षीमा एकजना गंभीर घाइते

    झापा— करेन्ट लागेर झापाको शिवसताक्षीमा एकजना गंभीर घाइते भएका छन् । घाइते हुनेमा बिर्तामोड ९ बस्ने ४८ वर्षीय होमनाथ सुबेदी रहेका छन् ।उनका दाई शिबसताक्षी– ८ बिहानी टोल बस्ने हरि सुबेदीको घरमा करेन्ट लागेको हो । उनी मानसिक रोगका बिरामी हुन् । आज बिहान १०ः३५ बजे होमनाथ आफ्ना दाई हरिको घरमा गएका थिए । उनी दाईको टिनको छानो भएको २ तले घरको धुरीमाथि चढेर हातमा काठको लाठी लिई अभद्र शब्द प्रयोग गरी टिनमा लाठीले हान्दा बिजुलीको तारलाई छुन गई करेन्ट लागेको थियो ।इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएको छ । उनको अबस्था गंभीर रहेको प्रहरी

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 490 पटक पढिएको
  • जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड

    काठमाडौं – वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्ने माग गरिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकमा जलवायु परिवर्तनलाई विश्वसमुदायसँग सहयोगको आव्हान गर्दा समेत उचित नीति नभएको भन्दै समितिमा नीतिले सम्बोधन गर्नुपर्ने माग गरिएको हो । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले हिमतालहरु फुटेकोदेखि लेदो बाढी आउने समस्याहरुमा अरुलाई सहयोगका लागि आव्हान गर्न नीतिको आवश्यक रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले जलवायु परिवर्तनप्रति प्रतिवद्धता र विश्व समुलायसँग सहयोग पनि मागिरहेको अव

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 412 पटक पढिएको
  • जापानिज इन्सेफ्लाइटिसका कारण ७ महिनामा ३ जनाको मृत्यु

    मोरङ— जापानिज इन्सेफ्लाइटिसका कारण यो वर्ष ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङका २ जना र बाराका १ जना छन्। मृत्यु हुनेहरू क्रमशः १७, ४९ र ७४ वर्षका छन्।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०२५ को ७ महिनाको अवधिमा नेपालमा ३४ जनालाई जापानिज इन्सेफ्लाइटिस (जेइ) देखिएकोमा तीन जनाको मृत्यु भएको हो।विज्ञहरूका अनुसार साउनदेखि कात्तिक (जुलाईदेखि अक्टोबर) सम्म नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण धेरै देखिन्छ। 'जेइ' का कारण मृत्युदर झण्डै ३० प्रतिशत रहेकाले समयमै पहिचान गरी उपचार गर्न सकेनौँ भने ठूलो क्षति हुन सक्छ।स्वास्थ्य जोखिमका विषयहरूमा स्वास्थ्य पत्रकारहरूलाई अभिमुखीकरण गर्न

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 596 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा