समाचार

    Showing 4,431-4,440 of 9,782 items.
  • समानुपातिकतर्फ एमाले पहिलो , कांग्रेस दोस्रो स्थानमा

    झापा  / प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ ।निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा ९एमाले० ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार दुई सय ४१ मतसहित दोस्रो स्थानमा रहेको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी ले ११ लाख ६१ हजार दुई सय ५६, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार नौ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • 124 पटक पढिएको
  • नवलपरासीमा ब्रेक फेल भएर जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु , ८ घाइते

    झापा /  नवलपरासी पूर्वको धौवादीमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज-०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका- ५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको थियो ।दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करि

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • 38 पटक पढिएको
  • म्यादी प्रहरीलाई गाली गरि भिडिओ युट्युबमा हाल्ने एक पक्राउ

    काठमाडौँ  / म्यादी प्रहरीलाई गाली गरी सामाजिक सञ्जालमा भिडिओ हालेको आरोपमा एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न आक्षेप, लाञ्छना लगाएर सुरक्षाकर्मीको चरित्रमा दाग पुर्‍याएको आरोपमा युट्युबरलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ४ हुप्राचौर बस्ने २० वर्षीय प्रतीक भन्ने नवीन खड्का छन् । काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर मंगलबार उनलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि अनुसन्धान गर्न अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति पाएको छ । &n

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • 48 पटक पढिएको
  • एक सय ६१ स्थानको अन्तिम मत परिणाम आइसक्दा महिला र दलितको उपस्थिति न्यून

    काठमाडौँ / प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसक्दा  नौ जना मात्रै महिला निर्वाचित भएका छन् ।जहाँ  नेपाली कांग्रेसबाट एक, नेकपा एमालेबाट चार, नेकपा (माओवादी केन्द्र) बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला निर्वाचित भएका छन् । 

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • 40 पटक पढिएको
  • बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो प्रतितोला कति ?

    काठमाडौं / नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबार दिन बुधबार दुई सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन ५ सय रुपैयाँले बढेको हो । आज तेजाबी सुनको मूल्य ९७ हजार ६ सय कायम गरिएको हो । यस्तै, सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ३३० पुगेको हो । 

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • 41 पटक पढिएको
  • दोलखाका १० मतदान केन्द्रमा आज पुनः मतदान हुँदै

    झापा / दोलखाका १० मतदान केन्द्रमा मतदानमा आज पुनः मतदान हुँदैछ । निर्वाचन आयोगको मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका- ६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका- ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।त्यस्तै, वैत्यश्वर वडा नम्बर- ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्न

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • 31 पटक पढिएको
  • समानुपातिकतर्फ १ करोड २ लाख २२ हजार २२२ मत गणना हुँदा कुन दलले कति मत पाए

    काठमाडौं / प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मत गणना भएको छ । बिहीबार बिहान ९ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर पहिलो स्थानमा छ ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ५४ हजार ५९१ मत छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख ६ हजार ९१ मत छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४३४ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८५८ मत छ । यस्तै, जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत पाउँदा

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • 60 पटक पढिएको
  • ३५ दिन भित्र अवैध संरचना हटाउन भरतपुर महानगरपालिकाको आग्रह

    झापा / भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो । महानगरपालिकाले मंगलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित व्यक्तिले नहटाए आफैँले हटाउने जनाएको छ । संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गर्ने सूचनामा उल्लेख छ । महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल एवं अन्य सरंचरना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टह

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 31 पटक पढिएको
  • स्याङजा र बाजुरामा रोकिएको मतगणना पुनः सुचारु गर्न आयोगको निर्देशन

    काठमाडौं / निर्वाचन आयोगले बाजुरा र स्याङजामा मतगणना गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले बाजुरा र स्याङजा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्देशन दिएको हो । मंसिर ४ गते भएको मतदानमा धाँधली भएको भन्दै पुनः मतदान गर्न माग गर्दै उजुरी परेपछि बाजुरा र स्याङजामा मतगणना रोकिएको थियो । त्यसमाथि निर्णय गर्दै आयोगले पुनः मतदान नगर्ने निर्णय गरेको हो । उता दोलखामा बुथ क्याप्चरको उजुरी परेपछि दोलखाका केही मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय आयोगले यस अघि नै गरिसकेको छ ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 42 पटक पढिएको
  • बुद्धशान्तिबाट जुवा खेलिरहेको अवस्थामा एक महिला सहित ५ जना पक्राउ

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका- ४ झोडाबाट जुवा (कौडा)  खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । स्थानीय तुलसा ओलीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ओली समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनको घरमा जुवा खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ५ सय रुपैयाँ र कौडा १६ थान सहित फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 64 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा