समाचार

    Showing 4,401-4,410 of 26,789 items.
  • हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

    सिरहा। शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन् । स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । चोटका कारण उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालकाअनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुग

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 272 पटक पढिएको
  • पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

    पर्वत। जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता हुनुहुन्छ । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित आफ्नो मामाघरबाट आफ्नो घर फर्कने क्रममा उहाँ बेपत्ता हुनुभएको हो । मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको पाइए पनि हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजय यादवले बेपत्ता किशोरीको खोजी तीव्र पारिएको र हुलियासहित मातहतका सबै प्रहरी युनिटलाई खोजीकार्य जारी राख्न भनिएको बताउनुभयो । स्थानीय शिक्षक भूमिराज शर्माले गाडी चढेकी किशोरी बाटोमा रहेको पात

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 233 पटक पढिएको
  • वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

    कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमसहित सञ्चालन भइरहेको छ । ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तुः जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ वैशाख १ देखि सप्ताह मनाइँदै छ । निकुञ्जका सहायक वार्डेन विनयकुमार झाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै क्षति घटाउने र जैविक विविधताको दिगो उपयोगमार्फत समृद्धि हासिल गर्ने उद्देश्यका साथ कार्यक्रम भइरहेको बताउनुभयो ।उहाँका अनुसार, निकुञ्जको मुख्य कार्यालय मझगाउँमा सरसफाइ कार्यक्रमसँगै वन्यजन्तु, वातावरण तथा जैविक विविधताबारे सचेतना अभिवृद्धि गर्ने कार्यक

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 264 पटक पढिएको
  • सुनसरिमा गाँजा बोकेको स्कारपियो गाडी सहित ३ जना पक्राउ

    सुनसरी  ।   सुनसरीको धरान उप-महानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कार्पियो गाडी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ५ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR10 PB 2241  नम्वरको गाडीको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा ५९ किलोग्राम गाँजा बरामद गरेको थियो ।गाडीबाट लागूऔषध गाँजा बरामद भए संगै चालक भारत सुपौलका सुवोध कुमार सहित गाडीमा सवार रोहित कुमार र मोहम्मद जमशेरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 400 पटक पढिएको
  • सर्लाहीमा पुरानो रिसिबीका कारण युवकमाथि कैँची प्रहार, दुई जना पक्राउ

    सर्लाही— सर्लाहीको गोडैता नगरपालिका–७ स्थित गोडैता बजारमा कैँची प्रहारबाट एक युवक घाइते भएका छन् ।शनिबार साँझ करिब ६ः१५ बजे गोडैता नगरपालिका–७ मा पुरानो रिसइबीका कारण दुई पक्षबिच विवाद हुँदा झैँ–झगडा भएको थियो। सोही क्रममा गोडैता–७ का १८ वर्षीय आकाश दासमाथि पछाडिबाट धारिलो हतियार कैँची प्रहार गरिएको प्रहरीले जनाएको छ ।कैँची प्रहारबाट घाइते भएका दासको टाउको र पिठ्युँमा चोट लागेको छ । गोडैतामा सामान्य उपचारपछि प्रादेशिक अस्पताल मलंगवामा लगिएका उनलाई त्यहाँबाट पनि थप उपचारका लागि वीरगन्जस्थित नेशनल अस्पतालमा रिफर गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको अवस्था मध्यम रहेको छ । घटनामा

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 498 पटक पढिएको
  • कांग्रेसको कानुनी कुरा मिल्यो, राजनीतिक रुपमा मिलाउन सभापतिको भूमिका महत्वपूर्ण छः सानुबाबु महर्जन

    ललितपुर— नेपाली कांग्रेसका नेता सानुबाबु महर्जनले कांग्रेस विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार्नुपर्ने बताएका छन् ।शुक्रबार सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समितिलाई नै आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेपछि महर्जनले विगतमा पनि अदालतको फैसलाहरु स्वीकारेकाले अब पनि स्वीकारेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिएका हुन् ।नेविसंघको ललितपुर सभापति हुँदै केन्द्रीय समितिकै कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिसकेका महर्जनले पार्टीको कानुनी कुरा मिलेपनि राजनीतिक रुपमा मिलाउन गगन थापाले नै भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 430 पटक पढिएको
  • निफ्राको नाफा २८.५३ प्रतिशतले घट्यो

    काठमाडौं— नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ ।चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले ६४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९० करोड ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी २७.०३ प्रतिशतले घट्दा खुद फि तथ

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 441 पटक पढिएको
  • २० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य

    काठमाडौं— अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने भएको छ ।यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि मात्रै लागू रहेको यो व्यवस्था आन्तरिक राजस्व विभागले चैत अन्त्यमा सीमा घटाउँदै नयाँ निर्णय कार्यान्वयनमा ल्याएको हो । विभागका अनुसार तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने कम्पनीहरू अनिवार्य रूपमा केन्द्रीय बीजक अनुगमन प्रणाली (सीबीएमएस) मा आबद्ध हुनुपर्नेछ । यस प्रणालीमार्फत जारी हुने हरेक बिल स्वतः सरकारको केन्द्रीय सर्भरमा रेकर्ड हुनेछ ।विभागकाअनुसार आगामी वर्षहरूमा यो सीमा अझै घटाउँदै सबै व्यवसायल

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 435 पटक पढिएको
  • खुम्जुङमा जलवायु न्यायबारे अन्तरसंवाद, स्थानीय समस्या समाधानमा जोड

    काठमाडौं— जलवायु न्यायको पक्षमा सक्रिय विज्ञ टोलीले सोलुखुम्बुको खुम्बुपासाङल्यामु गाउँपालिका–स्थित खुम्जुङ (समुन्द्र सतहबाट ३७९० मिटर) पुगेर स्थानीयसँग प्रत्यक्ष अन्तरसंवाद गरेको छ ।शनिबार आयोजित उक्त कार्यक्रममा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव, स्थानीयले भोगिरहेका चुनौती तथा सम्भावित समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रम जलवायु न्यायका क्षेत्रमा क्रियाशील संस्था ‘साथसाथै’ र गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।कार्यक्रममा पूर्व उपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा राणाले हिमाली आदिवासी समुदायले भोगिरहेको समस्या विशेष प्राथमिकतामा राख्नुपर्ने बताइन् । उ

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 454 पटक पढिएको
  • १३ वर्षपछिको प्रतीक्षा अन्त्य: वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरु

    रौतहट— मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डलाई सडकको मध्यभागबाट दायाँ–बायाँ २५/२५ मिटर कायम गर्ने गरी सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाउन थालेको हो।विगत १३ वर्षदेखि विभिन्न कानुनी झमेलाका कारण यो आयोजना अलपत्र परेको थियो। २०६९ सालमै विस्तारको योजना अघि सारिए पनि स्थानीय घरधनीहरूको विरोध र अदालतमा दायर मुद्दाहरूका कारण काम अघि बढ्न सकेको थिएन। सडक विस्तार गर्दा आफ्ना संरचना भत्किने भन्दै करिब १

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 439 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.