सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कार्पियो गाडी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख ५ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR10 PB 2241 नम्वरको गाडीको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा ५९ किलोग्राम गाँजा बरामद गरेको थियो ।
गाडीबाट लागूऔषध गाँजा बरामद भए संगै चालक भारत सुपौलका सुवोध कुमार सहित गाडीमा सवार रोहित कुमार र मोहम्मद जमशेरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।






































