समाचार

    Showing 4,291-4,300 of 26,789 items.
  • रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस

    काठमाडौं— सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार लामिछानेविरुद्धको रिट अदालतमा पेस भए पनि दर्ता भने भइनसकेको बताए । हाल सो रिट निवेदन अध्ययनकै क्रममा रहेको कोइरालाको भनाइ छ ।कानुनका विद्यार्थी आयुष बडालले लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सङ्घीय संसद् सचिवालय, सभामुख, महान्यायाधिवक्ताको कार्यालय, गृह मन्त्रालय र रवि लामिछाने स्वयंलाई विपक्षी बनाएर म

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 556 पटक पढिएको
  • चार करोड रुपैयाँभन्दा बढी रकमको अपचलन भएको आरोप सहकारीका अध्यक्ष पाठक पक्राउ

    काठमाडौं— ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।गतिशील सहकारीको चार करोड रुपैयाँभन्दा बढी रकमको अपचलन भएको आरोप उनीमाथि छ ।उनी राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका पूर्वअध्यक्षसमेत हुन् ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 573 पटक पढिएको
  • प्रसूति हिंसाबारे राष्ट्रियसभामा छलफल गर्ने तयारी

    काठमाडौं— राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राईले प्रसूति हिंसासम्बन्धी विषयमा सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई बोलाएर छलफल गर्ने बताएकी छन् ।११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले मंगलबार आयोजना गरेको ’मबाट महिलावाद’ कार्यक्रममा सम्मानजनक मातृत्व सेवा तथा प्रसूति हिंसाबाट संरक्षण विषयमा मन्तव्य राख्दै सभापति राईले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘निजीको तुलनामा सरकारी अस्पतालमा प्रसूति सेवा लिँदा हिंसा हुने गरेको पाइएको छ ।सुन्दै अनौठो लाग्ने यस्ता विषयमा गृह र स्वास्थ्य मन्त्रालयका पदाधिकारी

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 524 पटक पढिएको
  • नेप्सेमा दोहोरो अंकको गिरावट, होटल र पर्यटन बाहेक सबै उपसमूह घटे

    काठमाडौं— साताको दोस्रो कारोबार दिन मंगलबार पनि धितोपत्र बजारमा गिरावट आएको छ। अघिल्लो दिन सोमबार घटेर बन्द भएको नेप्से परिसूचकले यस दिन पनि सोही लयलाई निरन्तरता दिँदै १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा झरेको छ। नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.०७ अंक, फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि १.०१ अंकले ओरालो लागेका छन्।बजारमा आएको यो गिरावटले लगानीकर्तामा केही दबाब सृजना गरेको देखिएको छ। परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार कित्ता श

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 558 पटक पढिएको
  • केराको न्यूनतम समर्थन मूल्य तोक्न केरा उत्पादक महासंघको माग

    काठमाडौं— नेपाल केरा उत्पादक महासंघले केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको छ ।मंगलबार पत्रकार सम्मेलनको आयोजनागरी महासंघले कृषि बीमा प्रणालीलाई सरल छिटो र प्रभावकारी वनाउने –गुणस्तरिय टिसुकल्चर विरुवाको व्यवस्था गर्ने पनि माग गरको छ ।महासंघका अनुसार अहिले बजारमा केराको खुद्रा मूल्य प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ । एकातिर उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् भने अर्कोतिर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको जनाएको छ ।किसानले बारीबाट स्थानीय जात (मालभोग) केरा प्रतिदर्जन ७० देखि ८५ रुपैयाँमा र हाइब्रिड जात (विलियम, जी–नाइन) ५० देखि ६० रुपैयाँमा बिक्

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 546 पटक पढिएको
  • धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप

    धनुषा— जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागरशम्सेर जबराको निलम्बनको प्रक्रिया अघि बढेको छ।मधेश प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ । जबराले व्यापारीसँग बनावटी कथा रचेर अडियो बनाई आफ्नै कार्यालय प्रमुख तथा संगठनलाई बदनाम गरेको आरोप छ ।’संगठनलाई नै बदनाम गराउने उद्देश्यले प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा प्रहरी नियमावली बमोजिम निलम्बन गर्न प्रक्रिया अघि बढाई सकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ’यस कार्यालयबाट आवश्यक अनुसन्धान र छानबिन कार्य भइरहेको छ।’सामाजिक सञ्जालमा बाहिरिएको एक जबरा

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 508 पटक पढिएको
  • हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव

    काठमाडौं— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो ।प्रतिबद्धता पत्रमा असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट जोगाउनुपर्नेमा जोड दिइएको छ । एमसीसी, एसपीपी वा ‘बफर स्टेट’ जस्ता अवधारणासँग जोडिने कुनै पनि सन्धि, सम्झौता वा रणनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नजनाउने धारणा पार्टीले राखेको छ ।‘असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट गर्ने पर्छ भन्ने मानेता छ । एमसिसी ए

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 497 पटक पढिएको
  • वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको नाममा ठगी गर्ने चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा २५ वर्षीय मिथिलेश कुशवाहा, ४४ वर्षीय केदार बहादुर भण्डारी, ५३ वर्षीय राम तुला मिया र ५५ वर्षीया सुनिता खत्री रहेका छन्। आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने आश्वासन दिएर रकम असुलेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले कुवेत, पोर्चुगल र अल्बानिया पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूसँग लाखौँ रुपैयाँ लिएको तर पछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो। पक्राउपछि थप

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 540 पटक पढिएको
  • स्नायू शल्य-चिकित्सा संस्थापक वरिष्ठ दिनेशनाथ गोंगलको निधन

    काठमाडौं— नेपालमा स्नायू शल्य-चिकित्सा सेवाको सुरुवात गरेका वरिष्ठ चिकित्सक न्यूरो सर्जन डा. दिनेशनाथ गोंगलको  निधन भएको छ। डा. गोंगलको मंगलबार मंगलबार ९४ वर्षको उमेरका आफनै निवासमा निधन भएको हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का संस्थापक निर्देशक समेत उनले सन् १९६१ मा नेपालमा पहिलो पटक सवारी दुर्घटनामा हेड इन्जुरी भएकी महिलाको टाउको खोलेर शल्यक्रिया गरेका थिए।डा. गोंगलले नेपालमा पहिलो पटक पिट्युरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी, पेटको लेनो रेनल सन्टलगायत सफल शल्यक्रिया गरेका छन्। १९८९ सालमा पाल्पा

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 533 पटक पढिएको
  • बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर (हिट वेभ) को सम्भावना रहेको छ । नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।मौसमविद् रोजन लामिछानेका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम तातो लहरको सम्भावना छ ।त्यस्तै मधेश प्रदेशका सम्पूर्ण भू–भाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा खोच र उपत्यकाहरूमा समेत तातो दिन हुने सम्भावना रहेको छ। अन्य क्षेत्रहरूमा पनि तापक्रम क्रमशः बढ्ने अनुमान ग

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • 483 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.