काठमाडौं / प्रधानमन्त्री बालेन शाहले विपद्को अवस्थामा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन्।रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट भएको क्षतिको विवरणबारे जानकारी लिँदै आगामी उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको छ।बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिबारे सम्बन्धित निकायबाट ब्रिफिङ लिइएको थियो। प्रधानमन्त्री शाहले विपद्को अवस्थामा तत्काल उद्ध
काठमाडौँ । गोसाईंकुण्ड यात्रामा निस्किएको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ।टोली सवार गाडी बाढीले बगाएपछि उनीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए। तर, त्यसपछि टोलीसँग सम्पर्क हुन कठिन भएको आफन्तले बताएका छन्।टोलीमा रहेका ११ जनाको उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको छ। उद्धारको प्रयास भइरहेको जनाइएको छ।
धादिङ / रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको मलेखु बजार आसपास पुगेको छ । बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।महाशाखाले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान आग्रह गरेको हो ।
काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रबाट १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बुधबार बिहान आएको बाढीपछि नेपाली सेनाले स्याफ्रुबेँशी, मैलुङ र धुन्चेबाट उनीहरूको उद्धार गरेको हो।सेनाका अनुसार स्याफ्रुबेँशीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जना उद्धार गरिएका छन्।उद्धार अभियानमा नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर परिचालन गरिएको छ।यता, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं। १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सञ्चालन गरिरहेको छ।
काठमाडौं / नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पुर्याएको रसुवाका बताएका छन्।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण संकलनमा चुनौती थपिएको बताए। आचार्यका अनुसार तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्र्टका कारण आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको छ।उनले मानवीय क्षतिको यकिन विवरण तत्काल आकलन गर्न सकिने अवस्था नरह
काठमाडौं । रसुवाबाट फैलिएको भीषण बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत बढेपछि सशस्त्र प्रहरीले उद्धार अभियान तीव्र बनाएको छ। प्रभावित नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि विभिन्न जिल्लाबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो।सशस्त्र प्रहरीका अनुसार नुवाकोट, ककनी, धादिङ, आदमघाट र चितवनबाट उद्धार टोली प्रभावित क्षेत्रमा पुगेका छन्। बाढी तथा डुबानमा फसेकाको खोजी गर्दै जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।उद्धारका लागि नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र नं. १७ गण चितवनबाट टोली
काठमाडौं / तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण रूपमा बन्द गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै सडकमा सवारी आवागमन रोकिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक ९एसपी० नरेशराज सुवेदीका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै सडक बन्द गर्ने निर्णय गरिएको हो। उनले बाढीको अवस्था सामान्य भएपछि मात्र सडक सञ्चालनमा ल्याइने जानकारी दिए।आज बिहान करिब ९ बजे आएको बाढीले रसुवा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीमा सशस्त्र प्रहरी बलका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना बेपत्ता भएको प्रारम्भिक जानकारी
काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सुरक्षाकर्मी नै ठूलो जोखिममा परेका छन्। जिल्लाका तीन स्थानमा कार्यरत ४१ जना नेपाल प्रहरी सम्पर्कविहीन भएका छन्।नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार स्याफ्रुबेँशी, रसुवागढी र मैलुङमा कार्यरत प्रहरीहरू सम्पर्कमा आएका छैनन्। बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पु-याएको उनले बताए।यसैगरी सशस्त्र प्रहरी निरीक्षकसहित ९ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिँदै गएपछि नदी आसपासका बस्ती खाली गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको प्रयास जारी राखेको छ।बाढीको
धादिङ / त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण धादिङका तटीय क्षेत्रमा जोखिम बढेको छ । बाढी मलेखुबाट तलतर्फ बढ्दै कुरिनटार आसपास पुग्न लागेको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् । उनका अनुसार बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको उनले बताइन् । यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिइन् । कुराकानीमा उनले भनिन्, ‘अब मलेखुबाट तल लाइसक्यो। अब लगभग कुरिनटार पुग्ने जस्तो भइसक्यो बाढी । बाढी एकदम ठुलो छ । अब बस्तीहरू चाहिँ सार्ने काम भइराखेको छ, मानवीय क्षति अहिलेसम्म भएको छैन । भौतिक क्षति
काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सुरक्षाकर्मी नै ठूलो जोखिममा परेका छन्। जिल्लाका तीन स्थानमा कार्यरत ४१ जना नेपाल प्रहरी सम्पर्कविहीन भएका छन्।नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार स्याफ्रुबेँशी, रसुवागढी र मैलुङमा कार्यरत प्रहरीहरू सम्पर्कमा आएका छैनन्। बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पु¥याएको उनले बताए।यसैगरी सशस्त्र प्रहरी निरीक्षकसहित ९ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिँदै गएपछि नदी आसपासका बस्ती खाली गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको प्रयास जारी राखेको छ।बाढीको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.