समाचार

    Showing 4,241-4,250 of 19,150 items.
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । बैठक सोमबार दिनको २ः३० बजे समितिको बैठक कक्षमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 473 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान र तराईको थोरै स्थानमा मध्यम वर्षा र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 211 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८६ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १७४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ११ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 181 पटक पढिएको
  • आज २०८२ साल भदौँ ०९ गते सोमबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पढाइमा ध्यान दिन सके राम्रो परिणाम प्राप्त हुनेछ। पारिवारिक तथा प्रेम सम्बन्ध सन्तोषजनक रहन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। यात्रामा सतर्कता आवश्यक छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)प्रेम सम्बन्धमा असमझदारी उत्पन्न हुन सक्छ। अध्ययनमा ध्यान नदिँदा अरूले फाइदा उठाउने सम्भावना छ। सतर्कता आवश्यक छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)शत्रु परास्त हुनेछन्। विगतका प्रयासबाट लाभ मिल्नेछ। अध्ययनमा सफलता मिल्ने सम्भावना छ। आफन्तको सहयोग प्राप्त हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पढाइ, अनुसन्धान त

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 286 पटक पढिएको
  • जसपा नेपालले विरोध प्रदर्शन

    रौतहट— रौतहटको गौर हत्याकाण्डको विषयमा सर्वोच्च अदालतले गरेको आदेशको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ । आइतबार जसपा नेपालका कार्यकर्ताहरूले जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् । पार्टी अध्यक्ष उपेन्द्र यादव मुछिएको गौरमा भएको हत्याकाण्ड विषयमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश जारी गरेपछि जसपा नेपाल आन्दोलित छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 477 पटक पढिएको
  • डल्लुमा एक जना मृतावस्थामा फेला

    काठमाडौं— राजधानीको डल्लुमा एक जना मृतावस्थामा फेला परेका छन् । डल्लु पुल करिडोरमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ घर भएका २६ वर्षीय राजेश भुजेल मृतावस्थामा फेला परेका हुन् । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 566 पटक पढिएको
  • अख्तियारद्वारा बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

    काठमाडौं— पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले दिएको सफाइको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, आइतबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव रहेका अर्यालसहित १२ जनाविरुद्ध अख्तियारले सुरक्षा मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइको प्रक्रियामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो।तर, विशेष अदालतले अर्यालसहितलाई सफाइ दिएको थियो। सो फ

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 448 पटक पढिएको
  • वैदेशिक सम्पत्ति बढेर २९ खर्ब २९ अर्ब पुग्यो

    काठमाडौं— सरकारको बाह्य लगानी स्थितिमा सुधार आएको छ । गत आर्थिक वर्ष ०८२ असार मसान्तसम्म मुलुकको वैदेशिक सम्पत्ति २९ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।यस्तै, दायित्व २१ खर्ब ४६ अर्ब ४३ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७ खर्ब ३ अर्ब २६ करोड रुपैयाँ बचतमा रहेको छ ।०८१ असार मसान्तमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ३ खर्ब ५ अर्ब ८४ करोड रुपैयाँ बचतमा  थियो ।

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 525 पटक पढिएको
  • ‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

    काठमाडौं— काभ्रेको बनेपा नगरपालिका–४ थापापाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले उत्पादन गरिरहेको सगर ग्यासका तीन हजार ३० सिलिन्डर नष्ट गरेको छ ।मिति गुज्रिएका र हाइड्रोलिक टेष्ट फेल भएका तीन हजार बढी सगरका एलपी ग्यास सिलिन्डर आइतबार नष्ट गरिएको हो ।सगरमाथा ग्यास उद्योग प्रालिका संचालक सावरमल अग्रवालका अनुसार आफ्नो बार्षिक कार्य तालिका अनुसार बजारमा राम्रो र दुरुस्त एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले सिलिन्डर नष्ट गरिएको हो ।‘आयल निगमको निर्देशन र नेपाल गुणस्तर तथा नापतौल विभागको मापदण्डलाई पालना गर्दै पुनः प्रयोग गर्न नमिल्ने साथै हाइड्रोलिक परीक्षणमा फेल भएका करिब ३ हजार ३० वटा सिलिन्डर

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 497 पटक पढिएको
  • तीजमा पुरुषहरुले ब्रत बसे समानता आउँछ: मन्त्री खड्का

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले तीजको ब्रत पुरुषहरुले पनि बस्ने हो भने समान हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय पुरुषहरुले पनि साथ सहयोग गर्ने गरेको भन्दै ब्रत पनि लिने हो भने समान हुने बताए । उनले भने, ‘तीज महिलाहरुको मात्र रहेन् । पुरुषहरुले पनि त्यत्तिकै सहभागि हुने साथ सहयोग गर्ने र सबैको पर्व हो भनेर मनाउन थालिएको छ । तर पुरुषहरुले पनि ब्रत बस्ने हो भन्ने बल्ल समानता आउँछ भन्ने लाग्छ ।’यस्तै, उनले तीज सबै धर्मावलम्बीहरुले मनाउने र भाइचारा बढाउने चाड भएको हुनाले पनि यसको महत्व बढ्दै गएको बताए । धार्मिक, सा

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 466 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा