समाचार

    Showing 4,141-4,150 of 26,789 items.
  • नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

    काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको आज(शुक्रबार) हुने भनिएको निर्वाचन स्थगित भएको छ। अर्को मिति भने तोकिएको छैन् ।निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ ।उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल छन् । दलको नेता सहमतिमा चयन गर्ने प्रक्रिया असफल भएपछि हाललाई स्थगित गरिएको जनाइएको छ ।मिति : २०८३/१/११ गतेविषय : निर्वाचन कार्यक्रम आजका ल

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 213 पटक पढिएको
  • बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार साम्राज्यवादीको एजेण्टको रुपमा काम गर्ने सरकार रहेको आरोप लगाएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान परिस्थिति र आगामी बाटो’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिलेका पार्टीहरु साम्राज्यवादीको गोटी भएपनि राजनीतिक तरिकाले आएको भएर तिनिहरुको एउटा चरित्र भएको र अहिलेको सरकारको दोहोरो चरित्र भएको बताए ।उनले भने,‘अहिले रास्वपाको सरकारले जसरी साम्राज्यवादीको एजेण्डको रुपमा काम गरिरहेको छ त्यसरी नै अरु पार्टीले जितेको हुन्थ्यो भने पनि त्यो साम्राज्यवादीको दलाल कै पार्टी हुन्थ्यो । पहिलेका पार्टीहरु सा

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 222 पटक पढिएको
  • कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

    सुर्खेत । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार महोत्सव उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीको कला साहित्य र सांस्कृतिक बिकासका लागि प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऐन पारित गरी संस्थागत पहल थालिएको बताए ।उनले कर्णालीको भाषा, कला, साहित्य र संस्कृति संरक्षणका लागि यहाँको सम्भावनाको खोजी गरिनु पर्नेमा जोड दिए । कर्णालीका प्राकृतिक सम्पदाहरुले रमणीय छ । यहाँका धेरै सम्भावनाको पहिचान गरी प्रचार प्रसार गर्नु पर्ने आवश्यकता रहेको मुख्यमन्त्री कँडेलको भनाई छ ।‘कर्णालीमा सिमित स्रोत

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 212 पटक पढिएको
  • तनहुँमा बस दुर्घटना हुँदा २७ जना घाइते

    तनहुँ— पृथ्वी राजमार्गअन्तर्गत तहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा शुक्रबार दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । उनले शिलापत्रसँग भने, 'अहिलेसम्म कुनै खबर छैन । उद्धार भइरहेको छ ।’दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले बताएको छ ।दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 490 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित १२ जना पक्राउ

    विराटनगर— झापा, सुनसरी र इलामबाट बैशाख १० गते लागू औषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका-४ को दुई छुट्टाछुट्टै स्थानमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा १६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न पाचँथर फिदिमका भिमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बु र भद्रपुर-५ का सुमन मुखियालाई पक्राउ गरेको छ भने प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका-४ बाट शिवसताक्षी नगरपालिका-११ का मदन मिश्रलाई ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 501 पटक पढिएको
  • लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

    विराटनगर— लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको अस्थायी प्रहरी पोष्ट कोठुबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले वैशाख १० गते उदयपुरको बेलका नगरपालिका-८ स्थितबाट प्र.०१-००१ ह१८८१ नम्बरको अटोबाट २७ किलोग्राम गाँजा सहित चालक बेलका नगरपालिका-८ का अशोक राईलाई पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका-१५ स्थितबाट निट्राजेपाम ९० ट्याब्लेट सहित मोरङ सुन्दरहरैचा-२ का २० वर्षीय सुदिप उराउलाई पक्राउ गरको छ भने इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले उर्लावारी-९ का बल बहादुर श्रेष्ठको घरबाट बिभिन्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 521 पटक पढिएको
  • हस्पिटालिटी म्यानेजमेन्ट तालिमको उद्‍घाटन

    विराटनगर— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हस्पिटालिटी म्यानेजमेन्ट अर्थात् आतिथ्य व्यवस्थापन सम्बन्धी विशेष तालिम संचालन गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा रत्ना होटल विराटनगरको समन्वय र सहकार्यमा वैशाख १० गतेबाट रत्ना होटलमा संचालन भएको उक्त तालिमको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे तथा रत्ना होटल विराटनगरकी प्रवन्ध निर्देशक जिना थापाले संयुक्त रूपमा उद्‍घाटन गरेका थिए ।उद्‍घाटन समारोहलाई सम्बोधनको क्रममा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले तालिमले प्रहरी कर्मचारीहरूको व्यवहा

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 518 पटक पढिएको
  • जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने

    जनकपुर । जनकपुरधामको जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने भएको छ ।जानकी नवमीको उपलक्ष्यमा भोली (शनिबार) बेलुका जानकी मन्दिर प्राङ्गणमा सवा लाख द्विप प्रज्ज्वलन गरिने हिन्दूवादी संगठन जानकी सेनाले जानकारी दिएको छ ।जानकी सेनाको अगुवाईमा विगत पाँच वर्षदेखि जानकी मन्दिरमा विशेष पर्वका बेला द्विप प्रज्ज्वलन गरिँदै आएको छ । द्विप प्रज्ज्वलनमा सम्पूर्ण जनकपुरवासीको सहभागिता हुने गर्छ ।यता, जानकी मन्दिरले भने भोलीको दिन भव्यताका साथ मनाउने मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिएका छन् । उनले जनकपुर र नेपाललाई विश्वभरि चिनाउने माता सीताको जन्मोत्सवलाई धुमधामका साथ मनाईने बताए ।उनले भोली

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 198 पटक पढिएको
  • क्रिकेटर आदिल अन्सारी दुर्घटनामा परी घाइते

    रौतहट— नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।बाराको बम नहर रोडअन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते अन्सारीको उद्धारमा सहयोग गरेका थिए ।एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष शेख सर्फुदिनका अनुसार अन्सारीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो । अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको परिवारले जनाएको छ । चिकित्सकहरूले उनको स्वास्थ्यको थप प

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 514 पटक पढिएको
  • काँग्रेस संसदीय दल नेता चयन प्रक्रिया स्थगित

    काठमाडौं— नेपाली काँग्रेसको प्रतिनिधि सभा अन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई रोकिएको छ। पूर्वनिर्धारित निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा पनि प्रक्रिया अघि नबढ्ने निर्णय भएको हो।एक निर्वाचन समिति सदस्यका अनुसार आगामी मिति भने हालसम्म तय गरिएको छैन। सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास स्वरूप उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको थियो। उक्त समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल तथा राजु कटुवाल रहेका छन्।दलको नेतृत्व चयनलाई लिएर पार्टीभित्र शीर्ष नेताहरूबीच ए

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 536 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.