सुर्खेत— कर्णालीका कतिपय स्थानीय तहले सरकारले दिएको हप्तामा दुई दिन बिदा नगर्ने निर्णय गरेका छन् । संविधानले माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहको अधिकार सूचीमा रहेको भन्दै आइतबार बिदा नदिने निर्णय गरेका हुन् । नेपालको संविधान र प्रचलित कानुनअनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएको भन्दै आफ्नो नियमित शैक्षिक क्यालेन्डरअनुसार विद्यालय भर्ना तथा सञ्चालन गर्ने निर्णय गरेको पालिकाका जनप्रतिनिधिको भनाइ छ ।मुगुको छायानाथ रारा नगरपालिका, डोल्पाको मुड्के चुला, शे फोक्सुन्डो गाउँपालिका गाउँपालिका र सानी भेरी नगरपालिका, जुम्लाको कनक सु
बुटवल । बुटवल उपमहानगरपालिकाको सूचना पछि उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा बनेका घर–टहरा हटाउन स्थानीयले आफैँ खाली गर्न थालेका छन्। हिजो साँझ माइकिङ गर्दै घर–टहरा हटाउन आग्रह गरिएपछि बुटवल–४ क्षेत्रमा रहेका बासिन्दाले गएरातिदेखि नै सामान सार्न सुरु गरेका थिए।आज बिहानैदेखि त्यहाँ रहेका केही टहरा धनीले आफ्नो संरचना हटाउँदै अन्यत्र सर्न थालेका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि सरकारी जग्गामा बसेको बस्ती खाली गराउने काम तीव्र बनेको हो। उक्त क्षेत्रमा करिब दुई दर्जन घर–टहरा रहेको जनाइएको छ।साबिक कित्ता नं. ३९६ (हाल कित्ता नं. ७८१२६११३४) मा पर्ने करिब २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलम
सुर्खेत— सधैँ शैक्षिक सत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक अभाव झेल्दै आएको कर्णालीमा यो वर्ष भने विद्यालय भर्ना सुरु हुन अगावै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइएको छ ।गत चैत १ गतेदेखि कर्णालीका विभिन्न जिल्लाहरूमा पाठ्यपुस्तक पुर्याइएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख जमुना ढकालले बताइन् । ‘कर्णालीका १० जिल्लाका लागि दश लाख थान पुस्तक ल्याइएको थियो’ उनले भनिन्, ‘धेरै स्थानमा पुस्तक पुर्याइसकिएको र छुटेका जिल्लाहरूमा पठाउने काम भइरहेको छ ।’ कर्णालीका हिमाली जिल्लाहरूमा पहिलो चरणमा र बाँकी जिल्लाहरूमा दोस्रो चरणमा पठाइएको उनले बताइन् । चैत १ गतेदेखि
काठमाडौं— मकवानपुरमा १३ वटा ओभर लोड टिपरहरुलाई नियन्त्रणमा लिइएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा शनिबार हेटौडा उपमहानगरपालि(१९ को नेवारपानीस्थित मनहरिबाट हेटौडा बजारतर्फ जाँदै गरेको १३ वटा टिपरहरूलाई फेला पारेको थियो ।प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनहरूमा म.प्र.०३९००१ क २५९५, २, म.प्र.०३९००१ क २५८१, ३, बा.प्र.०३९००१ ख १२७३, बा.प्र.०३९००१ ख १२७२, ५, ना.८ ख ४३८२, ६, म.प्र.०३९००१ क २५९१, म.प्र.०३९००१ क २५८३, बा.प्र.०३९००१ ख १२७०, ना ८ ख ५०२९, १०, ना १ क ८७०१, ना.१ क ८६९८, ना १ क ८६९६, बा.प्र.०३९००१ ख ४६६२ रहेको छ ।प्रहरीले टिपरहरूलाई फेला प
सुर्खेत— शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन कर्णालीको पर्यटकीय स्थल सल्यानको कुपिण्डे दहमा विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिएको छ । चलचित्रका माध्यमबाट कुपिन्डे तालको प्रचार प्रसार गरी तालको महत्त्व झल्काउन कुपिन्डे तालको किनारमा महोत्सव आयोजना गरिएको बताइएको छ ।महोत्सवले कुपिन्डे तालको पर्यटकीय सम्वद्र्धन, प्रवर्धन र विकासमा महोत्सवले भूमिका खेल्ने आयोजकले बताएका छन् । प्रतिनिधिसभा सदस्य रमेश मल्ल, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले संयुक्त रूपमा महोत्सव उद्घाटन गरेका हुन् । महोत्सव उ
काठमाडौं— मानसिक स्वास्थ्यमा बढ्दै गएको समस्या पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि महानगरपालिकाले विज्ञ तथा क्षेत्रगत प्रतिनिधिसँग छलफल गरेको छ ।महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा मानसिक स्वास्थ्यप्रति व्यक्तिगत तथा पारिवारिक दृष्टिकोण, समस्या भएका व्यक्तिलाई सहयोग गर्ने तत्परता, यसको व्यवस्थापनसँग सम्बन्धित कानुनी दायित्व, सामाजिक अवस्था, प्राज्ञिक तथा सरोकारवालाको भूमिका छलफलका विषय थिए ।छलफलमा कार्यवाहक प्रमुख डंगोलले व्यक्ति र परिवारमा साना साना कुराले पनि ठुलो पिरालो गरेको बताउँदै यही पिरोलोका कारण व्यक्तिहरू मानसिक समस्यामा रहेको तथ्यमा चर
काठमाडौं— सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गर्ने गरेको छ ।सरकारले वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शनिबार बिहान १२ः३० बजे खाली गरिएको थियो ।बस्ती खाली गराउने कार्यमा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए । बसोबास गरिरहेका नागरिकहरूले समेत सरकारको यस कदममा ऐक्यबद्धता जनाउँदै सहयोग गरेपछि थापाथलीको बस्ती स्थानान्तरण कार्य शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ ।हालसम्म थापाथली, गैरीगाउँ र शान्
काठमाडौं— अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि कार्यरत मुलुककै ठूलो छाता संस्था ‘राष्ट्रिय अपाङ्ग महासंघ नेपाल’ को हालै सम्पन्न साधारण सभा र महधिवेशन विवादको घेरामा परेको छ ।महासंघका पदाधिकारीहरु नै नेतृत्वको विपक्षमा उभिएका छन् । उनीहरुले वर्तमान नेतृत्वले विधानको धज्जी उडाउँदै जबरजस्ती अधिवेशन सम्पन्न गरेको आरोप लगाएका छन् ।देशभरीका अपाङ्ग भएका व्यक्तिहरुको संगठित रहेको संस्था राष्ट्रिय अपाङ्ग महासंघमा आर्थिक अनियमतासँगै चरम बेथिति रहेको भन्दै आवाज उठाउँदा अमानवीय व्यवहार भोग्नुपरेको पदाधिकारीहरुको भनाइ छ ।गत चैत २८ गते राष्ट्रिय अपांगता महासंघ नेपालको १०औं महाअधिवेशन तथा २३औं साधारण सभाम
बाजुरा— शिक्षामा क्षेत्रमा लगानीका लागी स्थानीय सरकार र सरोकारवाला निकाय सँग संवाद कार्यक्रम गरिएको छ । शनिबार बाजुराको बडीमालिका नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२६ लाई लक्षित गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको एनसीइ नेपाल बाजुराका अध्यक्ष मदनराज जैशीले जानकारी दिए ।उनका अनुसार,यस कार्यक्रमले शिक्षा क्षेत्रमा लगानी र शैक्षिक गुणस्तरमा जोड दिन महत्त्वपूर्ण सहयोग पु¥याउने बताए । साथै उनले दिगो विकास लक्ष्यअनुसार,गुणस्तरीय शिक्षा सुनिश्चितका साथै समावेशी र समतामूलक शिक्षाको पहुँच अभिवृद्धि गर्
दमौली। आँबुखैरेनी गाउँपालिका–६ मा पहिलोपटक सडक कालोपत्र गर्न थालिएको छ । हालसम्म उक्त वडाका कुनै पनि सडक कालोपत्र गरिएका थिएनन् ।वर्षौँदेखि कच्ची सडकको सास्ती भोग्दै आएका यहाँका बासिन्दाले अब सहज र सुरक्षित यातायात सुविधा पाउने आशा गरेका छन् । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२÷८३ को बजेटअन्तर्गत हिलेखर्क खण्डमा दुई किलोमिटर र समस्तीपुर–गिरन्चौर खण्डमा दुई किलोमिटर सडक कालोपत्रको काम भइरहेको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिनुभयो ।हिलेखर्क सडक स्तरोन्नति योजनाअन्तर्गत जोगीनिभञ्ज्याङदेखि वडा नं ६ को कार्यालयसम्मको सडक सुधारकार्यलाई तीव्रता दिइएको छ । पहिलो चरणमा करिब दुई किलोमिटर सड
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.