काठमाडौं । लघुवित्त तथा वित्तीय शोषण पीडितहरुले आफ्नो आन्दोलनलाई थप सशक्त बनाएर लग्ने उद्घोष गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको आयोजना गरी उनीहरुले चार वर्षदेखि गर्दै आएको संघर्षले निकास नपाएको भन्दै थप संघर्षका कार्यक्रमहरुसमेत घोषणा गरेको छन् । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले अगामी २०८३ वैशाखसम्म पनि सरकार र सम्बन्धित निकायले आफूहरुलाई न्याय नदिए राष्ट्रिय सम्मेलनपछि नयाँ विद्रोह गर्ने अध्यक्ष मनिराम ज्ञवालीले चेतावनी दिएका छन् । अध्यक्ष ज्ञवालीले पीडितहरुको आवजहरुलाई नसुनेको भन्दै,‘अब कुनै पनि पार्टीले वित्तीय दलाल र माफियाहरुलाई संरक्ष
काठमाडौं । आज प्रधान सेनापति ट्रफि २०८२ खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । मंगलबार जङ्गी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति अशोक राज सिग्देलले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नेपाली सेना भित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ वि.सं.२०६५ सालबाट प्रधान सेनापति ट्रफि प्रतियोगिताको सुरुवात भएको हो । उद्घाटन समारोहमा प्रधान सेनापति ट्रफिका लागि पृतना तथा बाहिनीका टिमहरूले मार्चपाष्टका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए ।प्रतियोगिता अन्तर्गत आज सम्
काठमाडौं । सङ्घीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले सङ्घीय निजामती विधेयक पारित गरेको हो । निजामती विधेयकलाई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पारित गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्ताव राखेकी थिइन् ।राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकलाई प्रतिवेदनसहित निर्णयार्थ प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाको बैठकले विधेयकमा कुलिङ अफ पिरियडको त्रुटिलाई समेत सच्याएको छ ।
काठमाण्डौ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले गोंगबुको एक घरबाट ठूलो मात्रामा रकमसहित पक्राउ गरेको व्यक्ति स्वयं घरधनी रहेको खुलेको छ ।प्रहरीले काठमाडौंको गोंगबुबाट चार करोड नगद र दुई किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ७५ वर्षीय विनोद कुमार श्रेष्ठ रहेका छन् ।प्रहरीले अवैध सुन तथा हुन्डीको रकम रहेको सूचनाका आधारमा गोंगबुस्थित एक घरमा करिब तीन घण्टादेखि छापा मारिरहेको छ । प्रहरीले एक घरमा छापा मारेर नगद र सुनसहित उनलाई पक्राउ गरेको हो । श्रेष्ठले गहना धितो राखेर पैसा ब्याजमा लगाउने गरेको प्रहरीको प्रार
काठमाडौं— राजधानीको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेको छ । मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो । गोरखाका विनोद श्रेष्ठको घरबाट तयारी अवस्थाका गहना समेत बरामद गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए । छापा मारेर करिब ४ करोड रुपैयाँ र सुनका गरगहना बरामद भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए । उनले यसबारे थप अनुसन्धान भइरहेको बताए ।
काठमाडौं— दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो।आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो।
काठमाडौं— नेकपा (एमाले) का नेता ऐन महरविरुद्ध साइबर अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार महरमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार मुद्दा दर्ता गरेको हो। उनीमाथि एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लागेको छ।अब अदालतमा महरको उपस्थितिपछि उनलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा हाजिरी जमानीमा राख्ने भन्नेबारे थुनछेक बहस हुनेछ।यसअघि, भदौ ११ गते सरकारी वकिल कार्यालयले महरलाई हाजिरी जमानीमा छाडेको थियो।
ललितपुर— बँदेल समात्न थापिएको पासोमा एक व्यक्ति परेर घाइते भएपछि प्रहरीले एक स्थानीयलाई पक्राउ गरेको छ।बागमती गाउँपालिका–३, ललितपुरका कृष्ण भोलनले मकैबारीमा बँदेल थाप्न राखेको पासोमा परेर ५० वर्षीय मानबहादुर जिम्बा घाइते भएका हुन्। भदौ १२ गते घटेको घटनापछि जिम्बाको अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।प्रहरीका अनुसार भोलनलाई पक्राउ गरी म्याद थप गरिएको छ। चापागाउँ प्रहरी वृत्तले उनीविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१/८२ भित्र सञ्चार क्षेत्रको कानून संशोधन गर्ने काममा धेरै चुनौतीहरु आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर्ने प्रयासमा लागेको भन्दै धेरै बाँधाहरुका कारण चाहेको जस्तो काम हुन नसकेको बताए । उनले भने, ‘यो हलमा रहनुभएका कतिपय मान्छे जन्मिनु पनि भएको थिएन् होला । म पनि भर्खर चारपाँच वर्षको थिए होला । त्यो बेला बनेको कानून र नीति अहिलेसम्म छ । २०२४ सालभन्दा पछि नै जन्मिनु भएको धेरै हुनुहुन्छ होला । म ज
एजेन्सी— पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि भएको छ। स्थानीय सरकारले भग्नावशेषबाट उद्धार गरिएका घाइतेहरूलाई हेलिकप्टर स्थानान्तरण कार्यहरूको समन्वय गरिरहेको छ।अफगान अन्तरिम सरकारले कुनार प्रान्त र छिमेकी क्षेत्रहरूमा ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८१२ जनाको मृत्यु भएको र २,८१७ जना घाइते भएको पुष्टि गरेको छ । मृतकको संख्या प्रारम्भिक अनुमान मात्र भएको र यसको संख्या बढ्ने छ ।‘हामीले सबैथोक गुमायौं। मेरा दुई छोराको भूकम्पमा खुट्टा भाँचियो। हाम्रो सबै सम्पत्ति नष्ट भयो,’ कुनारका
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.