समाचार

    Showing 3,701-3,710 of 26,789 items.
  • छिमेक : शिलोङ पानी परियोजनामा लागत दोब्बरभन्दा बढी: एचयाईसि द्वारा मेघालय सरकारको कडा आलोचना

    देवेन्द्र के ढुङगाना : मेघालय डेमोक्रेटिक एलायन्स (एमडीए) सरकार अन्तर्गत सञ्चालनमा रहेको नयाँ शिलोङ टाउनशिप (एनए टी) पानी आपूर्ति परियोजनाको लागत ३२१ करोड रुपैयाँबाट बढेर ७७० करोड रुपैयाँ पुगेपछि हाइनियट्रेप युवा परिषद् (एचयाई सि ) ले सरकारको कडा आलोचना गरेको छ।करिब ४५० करोड रुपैयाँको यस वृद्धि वित्तीय कुप्रबंधन, कमजोर योजना, प्रशासनिक अक्षमता र सम्बन्धित निकायहरूबीच समन्वयको अभावको परिणाम भएको परिषद्को आरोप छ।एचयाईसिका अध्यक्ष रोय कुपर सिनरेमका अनुसार, “२०१४ मा ३२१ करोड रुपैयाँमा परिकल्पना गरिएको परियोजना अहिले ७७० करोड रुपैयाँ पुग्नु अस्वीकार्य छ। सरकारले प्रारम्भिक अनुमान नै सही रूपमा नगरेक

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 216 पटक पढिएको
  • होर्मुज जलमार्गमा ‘प्रोजेक्ट फ्रीडम’ विवाद: ट्रम्प युगको कूटनीति, तेल बजार र नयाँ द्वन्द्वको संकेत

    -देवेन्द्र के ढुङगाना मध्यपूर्वको संवेदनशील जलमार्ग स्ट्राइट ऑफ़ होर्मुज केन्द्रित भएर अमेरिकाले कथित रूपमा अघि सारेको ‘प्रोजेक्ट फ्रीडम’ प्रस्तावले अन्तर्राष्ट्रिय राजनीति र ऊर्जा बजारमा पुनः ठूलो तरंग ल्याएको देखिन्छ। विभिन्न रिपोर्टहरू अनुसार यो योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्व वा उनको विदेश नीति दृष्टिकोणसँग जोडेर व्याख्या गरिएको छ, जसले इरान–इजरायल तनाव, तेल आपूर्ति सुरक्षा र सैन्य उपस्थितिलाई एकै ठाउँमा ल्याइदिएको छ।यो विवादित प्रस्तावको मुख्य सार होर्मुज जलमार्गबाट गुज्रिने व्यापारिक तेल जहाजहरूलाई अमेरिकी सेनाको सुरक्षा प्रदान गर्दै सुरक्षित रूपमा बाहिर निकाल्ने वा

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 294 पटक पढिएको
  • मापदण्ड विपरित नदी उत्खनन् गर्ने १७ सवारी साधन प्रहरी नियन्त्रणमा

    सुर्खेत— अवैध ढंगले भेरी नदीमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने १७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।भेरी नदीमा अवैध रुपमा वालुवा संकलन गरिरहेका र १२ टिपर, दुई ट्याक्टर, दुई जेसीभी र १ एक स्काभेटरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले जानकारी दिए ।सुर्खेतको भेरीगंगा र लेकबेँसी नगरपालिकाका विभिन्न स्थानमा अवैध नदीजन्य सामाग्री उत्खनन् गरिरहेका सवारी साधनहरुलाई नगरपालिकाको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । भेरीगंगा नगरपालिका– १३, को सालटाकुरा र लेकबेँसी नगरपालिका– ७ को पटारे क्षेत्रमा अत्यधिक अवैध जनीजन्य सामग्री उत्खन

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 495 पटक पढिएको
  • तरकारीमा अत्यधिक बिषादी भेटिएपछि कडाई

    सुर्खेत— वीरेन्द्रनगरमा अत्यधिक बिषादी प्रयोग गरिएका तरकारीहरु भित्रिएपछि नगरपालिकाले तरकारी परिक्षणमा कडाई गरेको छ । दिनहुँ नगरपालिकामा बिषादी प्रयोग गरिएका तरकारी सहजै कर्णालीबासीको भान्सामा पुग्ने गरेका छन् । वीरेन्द्रनगरबाट कर्णालीका अन्य जिल्लामा पनि तरकारी निर्यात हुने भएकाले यसले नागरिकहरुको स्वास्थ्यमा गम्भीर असर गर्न सक्ने भन्दै वीरेन्द्रनगर नगरपालिकाले परिक्षणलाई तीब्रता दिएको छ ।वीरेन्द्रनगरमा भित्रिएका तरकारीहरुमा अत्यधिक बिषादी प्रयोग भएको पाइएको छ । दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत भित्रिएको काउलीमा ९५ प्रतिशतसम्म अर्गानोफस्फेट विषादी भेटिएपछि यसले सरोकारवालालई चिन्तित बनाएको

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 491 पटक पढिएको
  • बाँकेमा २६ वैशाखमा राष्ट्रिय अन्तरविद्यालय पौडी प्रतियोगिता हुँदै

    बाँके— बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रतियोगिता आयोजना हुने भएको छ । शिखा एकेडेमी कोहलपुर र नेपालगन्ज स्वीमिङ क्लबको संयुक्त आयोजनामा दोस्रो शिखा अन्तरविद्यालय स्वीमिङ च्याम्पियनसीप २०८३ सञ्चालन गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।आज कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक सूर्यमणि अधिकारीले देशभरका १८ विद्यालयका एक सयभन्दा बढी खेलाडीको सहभागिता सुनिश्चित भइसकेको जानकारी दिए । उनका अनुसार प्रतियोगिता राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक र उत्साहजनक हुने अपेक्षा गरिएको छ ।प्रतियोगिताका प्राविधिक चन्द्रराम चौधरीका अनुसार प्रतियोगितामा ८, १०, १२, १४,

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 477 पटक पढिएको
  • रामेछापमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य तथा बुढ्यौली सचेतना कार्यक्रम

    रामेछाप— ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुधार र सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित रामेछापमा ‘स्वास्थ्य बुढ्यौली कार्यक्रम’ आयोजना गरिएको छ।जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको समन्वयमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई आहार, व्यवहार, योग, ध्यान लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।कार्यक्रममा चिकित्सालयका डाक्टर उत्तम गैरेले उमेरसँगै देखिने शारीरिक परिवर्तनलाई ध्यानमा राख्दै जीवनशैली, खानपान र मानसिक सन्तुलनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।कार्यक्रमको उद्देश्यबारे बोल्दै जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले ज्येष्

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 432 पटक पढिएको
  • दीपक भट्ट र शुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं— सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) तथा सम्बद्ध कसूरको अनुसन्धानका लागि पक्राउ परेका प्रतिवादीहरू दिपक भट्ट र शुलभ अग्रवालको म्याद पुनः थप गरिएको छ । विशेष अदालत काठमाडौँका सदस्य माननीय न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धान कार्य जारी राख्न दुवै प्रतिवादीलाई थुनामा राख्ने अनुमति दिएको हो ।अदालतको आदेश अनुसार, प्रतिवादी दिपक भट्टको हकमा आज पाँचौँ पटक १२ (बाह्र) दिनको म्याद थप गरिएको छ । त्यसैगरी, अर्का प्रतिवादी शुलभ अग्रवालको हकमा छैटौँ पटक १२ (बाह्र) दिनको म्याद थप भएको छ । यो म्याद थप मिति २०८३ साल वैशाख २३ गतेदेखि लागू हुने गरी प्रदान गर

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 502 पटक पढिएको
  • सुकुम्बासी बस्तीमा डोजर चलाएको विरोधमा भुसालको चेतावनीः ‘नागरिक डराए परिणाम राम्रो हुँदैन’

    काठमाडौं— नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएको विरोध गर्दै सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन् । माइतीघर मण्डलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शक्तिशाली सरकारसँग जनताका अपेक्षा पनि उच्च हुने बताए ।उनले जनताले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरी सरकार गठनमा सहयोग गरेको उल्लेख गर्दै नेपालको राजनीतिक इतिहासमा अस्थिरता र निरंकुशताको दोहोरो समस्या रहेको धारणा राखे ।उनले भने, ‘जति शक्तिशाली सरकार हुन्छ त्यति स्वभाविक जनताका अपेक्षाहरु पनि त्यति नै हुन्छन् । जनताले अपेक्षाका साथ नै आफ्नो सम्पूर्ण बुद्धि, क्षमता प्रयोग गरेर यो सरकारलाई ल्याउनक

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 475 पटक पढिएको
  • होर्मुज जलमार्गमा इरानको नयाँ नियमः जहाजलाई ट्रान्जिट अनुमति अनिवार्य

    तेहरान— इरानले विश्वकै अत्यन्त रणनीतिक जलमार्ग मानिने होर्मुज जलमार्ग क्षेत्रमा समुद्री आवागमन नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अब उक्त जलमार्ग हुँदै जाने सबै जहाजहरूले पूर्वस्वीकृति (ट्रान्जिट परमिट) अनिवार्य रूपमा लिनुपर्ने भएको छ ।इरानी सरकारी सञ्चारमाध्यमका अनुसार ‘पर्शियन गल्फ एन्ड स्ट्रेट्स अथोरिटी’ मार्फत जहाज सञ्चालक कम्पनीहरूलाई विद्युतीय निर्देशन पठाइनेछ, जसमा नयाँ नियम र मार्गदर्शन समेटिएको हुनेछ । ती नियम पालना नगरी जलमार्ग प्रवेश गर्न नपाइने स्पष्ट गरिएको छ ।इरानले यस कदमलाई आफ्नो सार्वभौम अधिकारअन्तर्गत गरिएको निर्णय भएको जनाएको छ । संसद्का सभामुख मोह

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 489 पटक पढिएको
  • तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन

    काठमाडौं— भारतको तमिलनाडु राज्यमा सरकार गठनको प्रक्रिया रोचक मोडमा पुगेको छ । भारतीय राष्ट्रिय कांग्रेसले तमिलगा वेत्री कझगम (टिभिके) र यसको नेतृत्व गरिरहेका विजयलाई सरकार गठनका लागि औपचारिक रूपमा पूर्ण समर्थन घोषणा गरेको छ ।तमिलनाडु कांग्रेसका प्रभारी गिरीश चोडानकरद्वारा हस्ताक्षरित पत्रमा जनताले टिभिकेलाई “स्पष्ट, बलियो र व्यापक” जनादेश दिएको उल्लेख गरिएको छ । सोही आधारमा तमिलनाडु कांग्रेस समिति र कांग्रेस विधानमण्डल दलले टिभिके नेतृत्वमा सरकार गठनका लागि समर्थन दिने निर्णय गरेको जनाएको छ ।यद्यपि कांग्रेसले आफ्नो समर्थन सशर्त रहने स्पष्ट पारेको छ । पार्टीले संविधानमा विश्वास नगर्ने “साम्प्रद

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 478 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.