समाचार

    Showing 3,651-3,660 of 26,789 items.
  • मणिपुरको कामजोङमा शंकास्पद ड्रोन आक्रमण : सीमावर्ती क्षेत्रमा फेरि हिंसा चर्कियो

    देवेन्द्र के ढुङगाना :भारतको उत्तरपूर्वी राज्य मणिपुर अन्तर्गत पर्ने कामजोङ जिल्लामा बिहीबार बिहान भएको शंकास्पद ड्रोन आक्रमणपछि सीमावर्ती क्षेत्रमा पुनः तनाव बढेको छ। भारत–म्यानमार सीमासँग जोडिएका गाउँहरूमा भएको समन्वित आक्रमणमा धेरै घरहरूमा आगजनी गरिएको छ भने स्थानीय बासिन्दामा त्रास फैलिएको छ।सुरक्षा स्रोतहरूका अनुसार बिहान करिब २ बजेतिर नामली बजार र चोरो गाउँलाई लक्षित गर्दै आक्रमण गरिएको थियो। घटनामा संलग्न समूहलाई केएनए - बि (कुकी नेशनल आर्मी–बर्मा) सँग आबद्ध सशस्त्र कार्यकर्ता भएको आशंका गरिएको छ। आक्रमणमा ड्रोन प्रयोग गरिएको आरोपले सुरक्षा निकायलाई थप सतर्क बनाएको छ, किनकि यसले विद्रोह

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 228 पटक पढिएको
  • स्थलमार्ग पर्यटनमा डिजिटल क्रान्ति: अनलाइन सवारी दर्ताले नेपाल प्रवेश सहज

    झापा :नेपाल सरकारले स्थलमार्ग हुँदै नेपाल आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरूका लागि सवारी साधनको अनलाइन दर्ता, अस्थायी आयात अनुमति (टीआईवि) तथा राजस्व भुक्तानी प्रणाली सुरु गरेर पर्यटन प्रशासनमा नयाँ युगको थालनी गरेको छ। भन्सार विभागद्वारा विकसित यो प्रणालीले सीमा नाकामा हुने झन्झट, लामो प्रतीक्षा र अनावश्यक प्रशासनिक प्रक्रियालाई उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।यसअघि पर्यटकहरूले नेपाल प्रवेश गर्दा भन्सार कार्यालयमै पुगेर अस्थायी अनुमति लिनुपर्ने, समयावधि थप्न फेरि सीमाचौकी धाउनुपर्ने तथा ढिलाइ हुँदा जरिवाना तिर्नुपर्ने बाध्यता थियो। नयाँ डिजिटल व्यवस्थासँगै अब पर्यटकहरूले घरमै ब

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 171 पटक पढिएको
  • गुवाहाटीको कृत्रिम बाढी संकट: उच्च अदालतको हस्तक्षेप र असम सरकारको जिम्मेवारी

     देवेन्द्र के ढुङगाना :गुवाहाटी मा वर्षायाम सुरु हुनासाथ दोहोरिने कृत्रिम बाढीको समस्या फेरि गम्भीर बनेपछि गुवाहाटी उच्च अदालतले असम सरकारलाई बाढी व्यवस्थापनसम्बन्धी विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। शहरको बिग्रँदो अवस्थाबारे जनहित याचिका दायर भएपछि मुख्य न्यायाधीश आशुतोष कुमार र न्यायाधीश अरुण देव चौधरी सम्मिलित डिभिजन बेन्चले  सुनुवाइ गर्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आदेश दिएको हो।याचिकाकर्ता तथा अधिवक्ता सन्दीप चामरियाका अनुसार अदालतले शहरका विभिन्न क्षेत्रमा खुला नाली र म्यानहोलका कारण नागरिकको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको ठहर गरेको छ। अदालतले राज्य सरक

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 190 पटक पढिएको
  • समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै विभिन्न समयमा भएका जनआन्दोलनहरू तथा संघर्षहरूमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकुल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका छन् ।सूचना तथा संचार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको स्मरण गरेका हुन् ।उनले भने, ‘हाम्रो स

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 570 पटक पढिएको
  • पर्यटन समितिमा,समितिको परिचय र कार्य विवरण सम्बन्धमा छलफल

    काठमाडौं— अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ,समितिको कार्य विवरण सम्बन्धमा अभिमुखीकरण कार्यक्रम भएको छ ।बिहीबार प्रतिधिनिसधा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा छलफल भएको हो ।

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 438 पटक पढिएको
  • मन्त्री यादव भन्छन् भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यांक राज्यसँग छैन

    काठमाडौं— उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारवाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल गरिएको छ ।उक्त छलफलमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।मन्त्री यादवले घरेलु कामदारका रूपमा विदेश जान श्रम स्वीकृति बन्द गर्ने विषय प्रतिनिधिसभाबाट समितिमा आएको जानकारी दिँदै अध्ययनका क्रममा अधिकांश महिला श्रमिक कानुनी प्रक्रियाबाहिर गएर काम गरिरहेको पाइएको बताए । उनका अनुसार महिला कामदारहरू भारत लगायत अन्य देश हुँदै भि

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 450 पटक पढिएको
  • स्मार्ट टेलिकमको अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना र लिलामी प्रकरणमा आफ्नो नाम जोडिएपछि खरेल कानुनी उपचार खोज्ने

    काठमाडौं— पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूमाथि मिडिया ट्रायल भइरहेको दाबी गर्दै कानुनी उपचारमा जाने बताएका छन् । सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना र लिलामी प्रकरणमा आफ्नो नाम जोडिएपछि खरेलले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै ‘भ्रम फैलाउने’ माथि कानुनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।अन्तरिम सरकारका सञ्चारमन्त्री रहेका बेला स्मार्ट टेलिकमको अनुमतिपत्र रद्द भई सरकारी स्वामित्वमा आइसकेको सम्पत्ति एनसेललाई कम मूल्यमा लिलामी गराउन भूमिका खेलेको आरोप खरेलमाथि लगाइएको छ । उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (स

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 463 पटक पढिएको
  • श्रीलङ्कामा साइबर अपराध विरुद्धको पछिल्लो कारबाहीमा २३१ जना विदेशी नागरिक पक्राउ

    एजेन्सी— श्रीलङ्काका प्रहरीले सप्ताहन्त देखि राजधानीमा छापा मार्ने लगाएतका पछिल्लो साइबर अपराध विरोधी काबाहीमा अधिकांश चिनियाँ र भियतनामी सहित २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको अधिकारीहरूले बिहीबार बताएका छन् ।अन्तर्राष्ट्रिय रूपमा अपरारधको जालो फैलाई साइबर अपराध गर्दै आएको समूहले अनलाइन क्रिप्टोकरेन्सी घोटाला लगायतका माध्याम बाट वार्षिक अरबौं डलर बराबरको हिनामिन गरेको जनाइएको छ ।श्रीलङ्कामा, अधिकारीहरूले गत आइतबारको कारकाहिमा दुई सन्दिग्धसहित १५७ जनालाई पक्राउ गरेको जनाएका छन् । यसै गरी बुधबार थप ७४ जनालाई पक्राउ गरिएको जनाइएको छ ।अपराधमा संलग्न व्यक्तीहरु पर्यटन भिसामा श्रीलङ्कामा प्रवेश

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 443 पटक पढिएको
  • सामान्य अंकले नेप्से बढ्यो

    काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६ दशमलव ९४ अंकले बढेर दुई हजार ७१८ दशमलव १६ को बिन्दुमा कायम भएको हो ।आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार सात कित्ता सेयर ४५ हजार ६५ पटक खरिद बिक्री हुँदा रू दुई अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आज बैंकिङ शून्य दशमलव ३३, विकास बैंक शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २०, जीवन बिमा शून्य दशमलव ३०, लघुवित्त शून्य दशमलव ३५, व्यापार एक दशमलव ५७ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।वित्त समूह शून्य दशमलव ०८, लगानी शून्

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 409 पटक पढिएको
  • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ

    काठमाडौं— आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एक्तिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारी रहेका छन्।प्रहरीका अनुसार राजकुमार तामाङले जापान पठाइदिने भन्दै एक जनाबाट रु ११ लाख ५५ हजार असुलेका थिए। यस्तै, प्रकाश केसीले अमेरिका पठाइदिने आश्वासनमा १२ जनाबाट रु ९३ लाख ठगी गरेको आरोप छ।त्यसैगरी, डिल्लीमान तामाङले दुई

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • 429 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.