समाचार

    Showing 3,411-3,420 of 19,097 items.
  • जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती

    सुर्खेत— भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा कर्णाली प्रदेश प्रदेश सभामा ठूलो भौतिक क्षति भएको छ । आन्दोलनमा उत्रिएका युवाहरूले भदौ २४ गते कर्णाली प्रदेशसभालाई कब्जामा लिएर पूर्ण रूपमा ध्वस्त पारेका थिए । आगजनी र तोडफोडका कारण प्रदेशसभा भित्रका भौतिक संरचनाका साथै महत्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका छन् । प्रदेशसभा परिसरमा तोडफोड र आगजनी नभएका कुनै संरचना बाँकी देखिँदैनन् । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कर्णाली प्रदेशसभामा मात्रै तीन करोड ९४ लाख १६ हजार तीन सय ९४ रूपैयाँ बराबरको क्षति भएको छ ।कर्णाली प्रदेश सभा सचिवालयले गरेको क्षतिको प्रारम्भिक मुल्याङ्क

    • प्रकाशित मितिः असोज २, २०८२
    • 456 पटक पढिएको
  • सर्वोच्च अदालतमा त्रिपालमुनी सुनुवाई, जेनजी आन्दोलनपछि अस्थायी व्यवस्थामै न्याय प्रक्रिया

    काठमाडौं—  गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सर्वोच्च अदालत परिसरमा तोडफोड र आगजनी गरेका थिए। त्यसको असरस्वरूप अदालतको भौतिक संरचना क्षतिग्रस्त भएपछि अहिले त्रिपालमुनी अस्थायी रूपमा मुद्दा सुनुवाईको काम चलिरहेको छ।बिहीबार अदालतले दुई जना बन्दीसम्बन्धी मुद्दाको सुनुवाई त्रिपालमुनी बसेर सम्पन्न गरेको हो। सुविधासम्पन्न भवनमा हुने संवैधानिक प्रकृया अहिले असहज परिस्थितिबाट गुज्रिरहेको छ।सर्वोच्च अदालतका कर्मचारीहरूका अनुसार, क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण प्रक्रिया सुरु हुन बाँकी छ। तर, न्याय सेवा नरोकिने उद्देश्यले अस्थायी व्यवस्थामै भए पनि मुद्दा सुनुव

    • प्रकाशित मितिः असोज २, २०८२
    • 450 पटक पढिएको
  • कोइराला निवासको खरानीमाथि उभिएर युवाहरु भन्छन्ः विचार कसैले मार्न सक्दैन्’

    विराटनगर— जेनजी आन्दोलनमा अराजक समूहले आगो लगाउँदा १२० वर्षको राजनीतिक इतिहास बोकेको विराटनगरस्थित कोइराला निवासका अधिकांश सामग्री र संरचना खरानीमा परिणत भए । सोही निवासमा टेकेर राजनीतिको सुरुतात गर्नेदेखि लोकतन्त्रमा आस्था राख्नेहरु निवासको अवस्था हेर्न र बुझ्न दैनिकजसो भीड जम्मा भइरहेको छ । नेपाल विद्यार्थी संघका मोरङ जिल्ला सभापति सरोज पोखरेल भन्छन्, ‘भौतिक संरचना मरेको हो । तर लोकतन्त्रप्रति विश्वास, संघर्षको विचार र जनताको अधिकारप्रतिको चेतना कहिल्यै मर्दैन ।’यो निवास नेपालका तीन प्रधानमन्त्री मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद कोइरालाको जन्मथलो मात्रै थिएन यो स्वतन्त्रता, लोकतन्

    • प्रकाशित मितिः असोज २, २०८२
    • 430 पटक पढिएको
  • नेप्सेमा लगातार दोस्रो नकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

    काठमाडौं— नेप्से परिसुचमा लगातार दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि शेयर कारोबार स्थगित भएको छ ।जेनजी आनदोलनले सत्ता परिवर्तन पश्चात पहिलो पटक आज बिहीवार सञ्चालनमा आएको बजारमा यस्तो गिरावट देखिएको हो ।यसअिघ बजार खुलेको २ मिनेटमै ४ प्रतिशतले गिरावट आएपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार रोकिएको थियो ।पुनः ११ः२२ बजे बजार खुलेपछि ११ः२३ मा नेप्से ५ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागी कारोबार फेरि स्थगित भएको छ ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 439 पटक पढिएको
  • सुनको मूल्य ९ सयले घट्यो

    काठमाडौं— नेपाली बजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।आज चाँदी पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर २ हजार ५ सय २० रुपैयाँमा झरेको छ ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 435 पटक पढिएको
  • बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

    बाजुरा— जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ । बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो ।कारागार बाजुराको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया भइसकेकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्न थालिएको जिल्ला कारागार बाजुरामा प्रमुख जेलर अनिलकुमार तिवारीले बताए ।पहिलो चरणमा १९ कैदीलाई नौवस्ता कारागार स्थानान्तरण गरिएको उनको भनाइ छ । अन्य बाँकी सबै कैदीबन्दीहरुलाई दसैँ अगाडि नै स्थानान्तरण गर्ने तयारी भइरहेको जेलर तिवारीले बताएका छन् ।कैदीलाई नौवस्तामा र थुनुवालाई अछाम जिल्ला कारागार सार्ने प्रक्रिया भइरहेको छ । दसैँ अगाडि नै सबै कैदीबन्दीहरुलाई

    • प्रकाशित मितिः असोज २, २०८२
    • 410 पटक पढिएको
  • गणेशमानलाई सम्झिदै प्रकाशमानले भनेः दलहरुले गरेको योगदान मेटाउन खोजियो

    काठमाडौं— नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । विहीबबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन् । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए । उनले भने,‘जनतालाई अधिकार दिलाउनको उहाँले गर्नुभएको जुन योगदानहरु छन् । देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्वपूर्ण छ । जनताको अधिकारका सम्बन्धमा कसैसँग स

    • प्रकाशित मितिः असोज २, २०८२
    • 436 पटक पढिएको
  • आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

    काठमाडौं— जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार संचालनमा आउने भएको हो ।  गत भदौ २३ गते अन्तिमपटक शेयर कारोबार भएको थियो, उक्त दिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दु मा बन्द भए

    • प्रकाशित मितिः असोज २, २०८२
    • 490 पटक पढिएको
  • जेनजी आन्दोलनका शहीदप्रति जनकपुरधामवासीद्वारा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली अर्पण

    जनकपुर— जेनजी आन्दोलनको क्रममा सहिद भएका युवा तथा सम्पूर्ण व्यक्तिहरुकोप्रति जनकपुरधामवासीले सामूहिक रुपमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।बुधबार साँझ जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको डिलमा हजारौँको संख्यामा दीप प्रज्वलन गरी जनकपुरधामवासीले मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन ।जनकपुरधामका स्थानीय, व्यवसायी, विद्यार्थी, सामाजिक अभियन्ता,मधेश प्रदेशका नेता, सांसद, सञ्चारकर्मीहरु र सर्वसाधारण नागरिकहरुको उल्लेख्य उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको हो ।  सहभागीहरूले दीप प्रज्वलन गर्नुका साथै शहीद आत्माको शान्तिको कामना गरेका थिए ।जनकपुरधाम घुम्न आएका पर्यटकहरु पनि श्रद्धाञ्जली सभा

    • प्रकाशित मितिः असोज २, २०८२
    • 436 पटक पढिएको
  • प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । स्रोतका अनुसार उनले बिहीबार बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन् । त्यस्तै उनले आज दिउँसो १ बजे चिनिया राजदूतसँग शिष्टाचार भेट र २ः३० बजे चिनिया राजदूतसँग शिष्टाचार भेट गर्ने छिन् । 

    • प्रकाशित मितिः असोज २, २०८२
    • 453 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा