समाचार

    Showing 3,361-3,370 of 19,097 items.
  • जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ, नगदसहित कौडा बरामद

    मोरङ— जुवा खेलिरहेका तीन जना मोरङको जहदा गाउँपालिका–४ स्थित रामचोकबाट प्रहरीले पक्राउ गरेको छ।बिहीबार राति इलाका प्रहरी कार्यालय रङ्गेली र पोखरिया प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले लोहन्द्रा खोला किनारको बाँसघारीमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ परेका व्यक्तिहरूमध्ये एक धनपालथान गाउँपालिका–३ निवासी २७ वर्षीय सुचित कुमार सिंह रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले ४८ हजार ६१५ रुपैयाँ नगद र १४ थान कौडा बरामद गरेको छ।प्रहरीले घटनाको विषयमा थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 491 पटक पढिएको
  • कांग्रेसको निष्कर्षः संसद विघटन असंवैधानिक, उच्च स्तरीय आयोग गठनको माग

    काठमाडौं— नेपाली काँग्रेसले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार (आज) बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए । उनले भने, गत भाद्र २४ गतेको प्रदर्शनले सिहंदरबार लोकतन्त्रका आधारस्तम्भ कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाका कार्यालय, दलका कार्यालय नेताहरुको निजी घर एवम् डेरा र नेपालको उन्नतीसँग जोडिएका सबै निजी तथा सार्वजनिक तोडफोड तथा आगजनीको कडा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोष

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 480 पटक पढिएको
  • जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं—  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ रहेको छन् । हिराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई विहीबार पक्राउ गरेको हो ।घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 423 पटक पढिएको
  • सभापति देउवाको टाउकोमा १२ टाँका, स्वास्थ्य अवस्था अझै कमजोर

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ। स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै चिकित्सकले उनलाई अझै अस्पतालमै राख्न सल्लाह दिएका छन्।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार उपसभापति पूर्णबहादुर खड्काले बैठकमा देउवाको स्वास्थ्यसम्बन्धी ब्रिफिङ प्रस्तुत गरेका थिए।“सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको छ। बोल्न असहज भएको छ भने उभिँदा चक्कर लाग्ने समस्या देखिएको छ। त्यसैले चिकित्सकले डिस्चार्ज नगरी केही दिन अस्पतालमै रा

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 512 पटक पढिएको
  • उदयपुरमा ट्याक्टर चोरी प्रकरणमा तीन जना पक्राउ

    उदयपुर— प्रहरीले ट्याक्टर चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–१३ स्थित बहेडवाका देवनारायण चौधरीको घरबाट बिहीबार दिउँसो हराएको ट्याक्टर चोरीमा संलग्नलाई १४ घण्टाभित्रै पक्राउ गरिएको हो।चोरी भएको ट्याक्टर स १ त २८२३ नम्बरको हो, जुन चौधरीको घर अगाडि पार्किङमा राखिएको थियो। चोरीको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले खोजतलास गरेको थियो। शुक्रबार विहान ३ बजे त्रियुगा–१३ फुलजोरबाट चोरीमा संलग्न तीनै जनालाई ट्याक्टरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका–७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डीगढी–५ का २५ वर्षीय रोहितकुमार च

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 579 पटक पढिएको
  • मोरङमा ५३८ किलो गाँजा बरामद

    मोरङ— विराटनगर महानगरपालिका–८ मा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारलाई शंकास्पद ठानेर गएराति चेकजाँच गर्दा कारभित्र ५३८ किलो गाँजा फेला परेको मोरङ जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।मोरङ प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले उक्त कार नियन्त्रणमा लिएको थियो। बरामद गाँजासँगै कार चालक र सम्बन्धित अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ।प्रहरीका अनुसार पक्राउ प्रक्रिया र अन्य अनुसन्धानहरू अहिले भइरहेको छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 494 पटक पढिएको
  • दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौंः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् ।आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड भएपछि शुक्रबार निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका विभिन्न पूर्वाधार र निजी सम्पत्तिहरुमा व्यापक क्षति पुगेको जानकारी दिए ।‘देशैभरि सरकारी संरचनाहरू ध्वस्त भएका छन्, जलेका छन्,’ मन्त्री घिसिङले भने, ‘अब हामी सबैले यी संरचनाहरू हामी आफैंले बनाउने संकल्प गर्नुपर्छ । सरसफाइ अभियान र पुनर्निर्मा

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 417 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीलाई कालीबाबाको बधाई, जेन–जीका माग पूरा गर्न आग्रह

    काठमाडौं—  अन्तर्राष्ट्रिय सन्त एवं धार्मिक अभियन्ता कालीबाबा (श्री श्री १००८ महामण्डलेश्वर स्वामी कृष्णनन्द परमहंश बाबा कालीदास) ले जेन–जी आन्दोलनका सन्दर्भमा छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।कालीबाबाले प्रधानमन्त्री सुशीला कार्कीलाई कार्यकालको सफलताका लागि भिडियो सन्देशमार्फत शुभकामना दिँदै जेन–जी आन्दोलनसँगै भ्रष्टाचारीलाई कारबाही गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग आग्रह गरेका हुन् ।कालीबाबाले देशमा व्याप्त भ्रष्टाचार निर्मूल गर्नका लागि शक्तिशाली आयोग बनाएर छानबिन गरी कडा कानुनी कारबाही गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।‘जेन–जी आन्दोलनमा भएको जनधनको क्षतिक

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 498 पटक पढिएको
  • बबरमहलमा बाघको मुर्ति र स्कुटर फेला, स्थानीयको निगरानीमा सुरक्षित

    काठमाडौं— काठमाडौंको बबरमहलस्थित दुर्गामाता मन्दिर नजिकै एक असामान्य दृश्य देखिएको छ। जेनजी आन्दोलनका क्रममा शनिवार मन्दिर नजिकै बाघको मुर्ति र रातो रंग भएको (बा ५९ प ४३८५ नम्बर) को स्कुटर फेला परेको छ।स्थानीयवासी झलक पाण्डेले बाघको मुर्ति मन्दिरभित्र सुरक्षित रूपमा राखिएको जानकारी दिएका छन् भने अर्का स्थानीय हिमाल मगरले सडकमा अवरोध हुनेगरी छाडिएको स्कुटरलाई मेघा कलेज नजिकै सुरक्षित स्थानमा राखिएको बताए।हालसम्म ती वस्तुहरू कसले ल्याएको वा कसको हो भन्नेबारे कुनै जानकारी नआएको स्थानीय दिवस मगरले जनाएका छन्।जेनजी आन्दोलनकै दौरान भेटिएका यी वस्तुहरूले आन्दोलनको अव्यवस्थित पक्ष उजागर गरेको स्थानीयव

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 491 पटक पढिएको
  • ‘जेनजी आन्दोलन’को क्रममा गोदावरी सनराइज प्रदर्शनी केन्द्र जलेर नष्ट

    ललितपुर— जेनजी आन्दोलनको नाममा भदौ २४ गते भएको तोडफोड र आगजनीको घटनामा गोदावरी सनराइज प्रदर्शनी केन्द्र पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। नेपालको दोस्रो ठूलो सम्मेलन स्थलका रूपमा विकास गरिएको यो केन्द्र ४३ रोपनी १५ आना क्षेत्रफलमा फैलिएको थियो।करिब ३,००० सिट क्षमताको उक्त भवनको निर्माण कार्य ६२ करोड रुपैयाँको ठेक्का मूल्यमा सुरु भएको भए पनि कुल लागत बढेर ८१ करोड रुपैयाँ पुगेको थियो।विशाल संरचना, आधुनिक सुविधाहरू र उच्च क्षमताका कारण यस केन्द्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, प्रदर्शनी र सांस्कृतिक कार्यक्रमका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको थियो। तर आगलागीपछि यो संरचना पूर्

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 467 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा