समाचार

    Showing 3,351-3,360 of 19,097 items.
  • दशैं बजारको चहलपहल : भीड बढ्यो व्यापार बढेन्

    काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किदैँ छ । हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् ।हिन्दुहरुको महान पर्व दशैँ नजिकिदैँ गर्दा देशभरका हाट बजारमा चहलपहल बढ्दै गएको छ । विशेषगरी काठमाडौं उपत्यका भित्रका न्यूरोड, असन, इन्द्रचोक, लगनखेल, मंगलबजार जस्ता क्षेत्रमा दशैँको किनमेल गर्नको लागि मानिसको भीड बढ्न थालेको छ ।यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा न्यूरोडकी कपडा व्यापारी सोनु गुप्ताले बजारमा भीड बढेपनि सोचेजस्तो व्यापार हुन नसकेको बताइन् । साथै, व्यापार पहिला जस्तो नभएको र हरेक वर्ष घट्

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 212 पटक पढिएको
  • श्रममन्त्रीको चर्चामा प्रोफेसर रमजान अलि मियाँ

    काठमाडौं । वर्तमान सरकारमा मन्त्री बनाउन विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा भइरहेका बेला मुस्लिम समुदायबाट प्राध्यापक डा। मोहम्मद रमजान अली मियाँको नाम श्रम मन्त्रालयका लागि सिफारिस भएको छ ।कतारमा लामो समयदेखि मानवअधिकार र श्रमिक अधिकारको क्षेत्रमा सक्रिय मियाँले नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन उल्लेख्य योगदान पुरयाउँदै आएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा आम श्रमिक र युवाको आवाज बनेका उनी लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाता मात्र नभई राष्ट्रिय मानव अधिकार समिति कतारसँग पनि आवद्ध छन् ।काठमाडौंको डाँछीमा जन्मिएका मियाँले अरबी साहित्यमा डबल एमए गरी उच्च शिक्षा हासिल गरेका छन् । सन् २००

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 229 पटक पढिएको
  • जेन-जी आन्दोलनपछि हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता, परिवार चिन्तित

    हुम्ला—  जेन-जी आन्दोलनमा सहभागिता जनाएपछि हुम्लाका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन्। उनी काठमाडौंको तीनचुलीमा बसोबास गर्दै आएका २४ वर्षीय तामाङ भदौ २४ गतेको प्रदर्शनमा सहभागी भइसकेपछि सम्पर्कविहीन भएका हुन्।स्थायी घर हुम्ला जिल्ला, नाम्खा गाउँपालिका–३, खगालगाउँका तामाङ तीनचुलीमा भतिजासँग डेरामा बस्दै आएका थिए। उनी भदौ २३ गते पनि आन्दोलनमा सहभागी भएका उनका बुबा टसी छिरिङले जानकारी दिए । भदौ २४ गते पुनः जेन-जी आन्दोलनमा सहभागी हुन निस्केका तामाङ त्यसपछि कोठा नफर्किएको परिवारको भनाइ छ।बुबा टसी छिरिङले भने, “छोरा बिहान काम सकेर दिउँसो दुई बजे घर आयो। त्यसपछि आन्दोलनमा जान्छु

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 346 पटक पढिएको
  • अमेरिका–चीन सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्णः राष्ट्रपति सी

    काठमाडौं— चीनका राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका मिलेर अघि बढे दुवै देश मात्र होइन, विश्व नै लाभान्वित हुने बताएका छन् । उनले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक फाइदामा आधारित सहकार्यमार्फत साझा समृद्धि हासिल गर्न सकिने उल्लेख गरेका हुन् ।शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ताका क्रममा राष्ट्रपति सीले द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा खुला र गहिरो छलफल भएको जानकारी दिए । उनले विश्वयुद्धताका चीन र अमेरिका सहयात्री रहेको स्मरण गर्दै इतिहासलाई सम्झन, शान्तिलाई कदर गर्न र भविष्यतर्फ अघि बढ्न दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।वार्तामा राष्ट्रपति सी

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 392 पटक पढिएको
  • नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह

    काठमाडौं—  नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ । दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ ।दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ । सडक यातायात र हवाई सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् ।” साथै, यात्रुहरूले सतर्कता अपनाउन र दूतावास वा स्थानीय प्राधिकरणले जारी गर्ने सल्लाहअनुसार चल्नुपर्ने उल्लेख गरिएको छ ।दूतावासले नेपाली भूमिमा रहेका भारतीय न

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 436 पटक पढिएको
  • बजेट अभावमा मुगुको रुपान्तरण कम्युनिटी अस्पताल अलपत्र

    मुगु— कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ । अस्पतालको भवन बनेर चार वर्ष बितिसक्दा पनि उपचार सेवा सुरु हुन नसक्दा स्थानीयवासी निराश बनेका छन् ।स्थानीयका अनुसार सामान्य सिटामोलदेखि एक्सरे जस्तो सेवा लिन समेत जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । आर्थिक वर्ष २०७९/८० सालको बजेटमा दुई वटा भवन, हल, कोठा, शौचालय, सोलार बत्ती र ल्याब उपकरण खरिद गरिए पनि हालसम्म डाक्टर, स्वास्थ्यकर्मी र थप औषधिको व्यवस्था नहुँदा सेवा दिनै नसकिएको अस्पताल व्यवस्थापक गंगराज शाहीले बताए ।

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 399 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकमा पहिरो हटाउने काम सुरु, कम्तीमा ४ घण्टामा आवागमन खुल्ने अनुमान

    काठमाडौं— नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइनखोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ ।शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सड्क विभागका प्रवक्ता प्रभात कुमार झाले बताएका छन् ।उनका अनुसार निरन्तर काम जारी रहेमा कम्तीमा ४ घण्टाभित्र सडक सुचारु हुने अनुमान गरिएको छ । पहिरोका कारण गत रातिदेखि सयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । सुरक्षालाई ध्यानमा राख्दै यथाशीघ्र सडक सञ्चालन गर्ने तयारी भइरहेको उनले बताएका छन् ।

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 400 पटक पढिएको
  • संविधान दिवसको अवसरमा पत्रकार महासंघ बाजुराले गर्याे दिप प्रज्वलन

    बाजुरा— नेपाल पत्रकार महासंघ बाजुराले दिप प्रज्वलन गरेर संविधान दिवस मनाएको छ । एक कार्यक्रमका बिच शुक्रबार महासंघ बाजुराले आफ्नै भवनमा नेपालको नक्सामा संविधान लेखेर दिप प्रज्वलन गरि दिवस मनाएको हो । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभामार्फत निर्माण गरेको संविधानको स्मरणमा महासंघ  बाजुराले दिप प्रज्वलन गरेर दिवस मनाएको नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेले बताए ।उनका अनुसार, लोकतन्त्र, समानता र समावेशीताको आधारशीला संविधानको संरक्षण र रक्षाको निमित्त संविधान दिवस २०८२ को अवसरमा बाजुरा शाखाको आयोजनामा दीप प्रज्वलन गरिएको बताए ।देशको मुहार हेर्ने ऐना संविधान सम्पु

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 403 पटक पढिएको
  • असोज २६ सम्म पुरा हुनु पर्ने खानेपानी योजनाको जम्मा ५० प्रतिशत काम

    रामेछाप— रामेछाप जिल्लाकै गौरवको खानेपानी योजना मध्येको एक रामेछाप वृहत् पम्पिङ खानेपानी आयोजना कार्यालय र निर्माण व्यवसायीको लापरबाहीले अलपत्र परेको छ । २०७८ असारबाट तीन वर्ष भित्र काम सक्ने गरी सम्झौता भएको सो खानेपानी योजनाको काम अहिले पनि ५० प्रतिशत मात्र पुरा भएको छ । सम्झौता अनुसार २०८१ सालको असार महिनामा नै सो खानेपानी योजना सम्पन्न हुनु पर्ने हो । तर समयमा काम नसकिएपछि आउने असोज २६ गतेसम्म काम सक्नुपर्ने गरी म्याद थपिएको भए पनि निर्माण कम्पनीले काममा चासो देखाएको छैन । मन्थली नगरपालिकाकोको वडा नं ५ सुनारपानी, वडा नं ४ सालु तथा रामेछाप नगरपालिका २ को देरालीसम्मका २ हजार ७ सय घ

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 422 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली र

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 342 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा