समाचार

    Showing 3,121-3,130 of 19,097 items.
  • जनकपुरमा झुला भाँचिँदा फसेका ५६ जनाको सकुशल उद्धार

    जनकपुर— धनुषाको जनकपुरस्थित एक मनोरञ्जन पार्कमा रहेको झुला (राइड) भाँचिएर झुलामा फसेका ५६ जनाको सकुशल उद्धार गरिएको छ।घटना शनिबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–९ मा रहेको एक निजी मनोरञ्जन पार्कमा भएको हो। झुलाको फलामे संरचना अचानक भाँचिएपछि राइड सञ्चालनमा रहेका दर्जनौं व्यक्ति झुलामै फसेका थिए।घटना लगत्तै सुरक्षा निकाय, स्थानीयवासी र नगरपालिकाको उद्धार टोली घटनास्थल पुगेको थियो। करिब एक घण्टाको प्रयासपछि सबै ५६ जनालाई सकुशल झुलाबाट बाहिर निकालिएको जनाइएको छ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 410 पटक पढिएको
  • ट्रक र कन्टेनर ठोक्किँदा एक जना घाइते

    मुग्लिन— चितवनको इच्छाकामना गाउँपालिका–३ मा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा एक जना घाइते भएका छन्। शनिबार बिहान मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो।काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ८ ख ३८८६ नम्बरको कन्टेनर र मुग्लिनबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–० ३५२२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।दुर्घटनामा ट्रक चालक घाइते भएको र उनलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले यातायात सुचारु भएको छ।प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 404 पटक पढिएको
  • डा. महतको सक्रियता: कांग्रेसभित्र एकता र संगठन सुदृढीकरणतर्फ नयाँ मोड

    काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरुलाई चिर्दै संगठनलाई बलियो बनाउन सक्रिय भएका छन् । यही क्रममा उनले काठमाडौं उपत्यका भित्र रहेका पार्टीका बहुसंख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गरेका छन् । यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि निरन्तर संवादमा रहँदै आएका डा. महतले हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोषलाई सम्बोधन गर्ने उदेश्यले छलफललाई अघि बढाएको बताइएको छ ।छलफलमा सहभागी केन्द्रीय सदस्

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 405 पटक पढिएको
  • चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प

    काठमाडौं— चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ ।सीसीटीभी क्यामेरामा कैद दृश्यमा घरभित्रको छतको बत्ती र विभिन्न पोखरीहरुमा भएका माछा जोडले हल्लिएको देखिन्छ । स्थानीय आवासीय क्षेत्रमा केही घर भत्किएका छन् ।भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ । अग्नि नियन्त्रणका सवारी साधनहरू तीव्र गतिमा घटनास्थलतर्फ जाँदै गरेका देखिन्छन् भने परिचालित अग्नि नियन्त्रणकर्मीहरूले मलबा हटाउने र उद्धार कार्य सुरु गरेका छन् ।क्षति र सम्भावित मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 406 पटक पढिएको
  • ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै

    काठमाडौं— नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदैछ । शनिबार हुन लागेको खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८ः१५ बजे सुरु हुने तय भएको छ । वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन् ।वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ । ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट हुँदैछ ।वेस्ट इन्डिजविरुद्ध खे

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 452 पटक पढिएको
  • ‘जेनजी आन्दोलनले उठाएको विषयको सम्बोधन जरुरी छ’

    काठमाडौं— नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब रुपान्तरणको यात्रामार्फत तिनको सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन् । रामेछापमा पत्रकार अन्र्तक्रिया गर्दै उनले तर आन्दोलनका क्रममा गैरजेनजीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेको बताए । ‘जेनजी आन्दोलन विषयविहीन थिएन । समाजमा जकडिएर बसेका दलहरुले सुधार गर्न नचाहेको तथा नसकेका विषयहरु थिए ।’ उनले भने, ‘नीतिगत प्रावधानभित्र भएका विषयले हुर्काएका कुरा आन्दोलनले उठाएको छ ।’उनले ती विषय महत्वपूर्ण, गम्भीर र संवेदनशील भए पनि त्यसको नाममा स्वार्थक

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 417 पटक पढिएको
  • पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री श्रेष्ठ

    काठमाडौं— नेपालमा विद्यमान जेनजी विद्रोहका कारण पहिलो नम्बरमा प्रभावित भएको पर्यटन उद्योग सुरक्षित रहेको सरोकारवालाहरूले बताएका छन् । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन कार्यालय काठमाडौंको आयोजनामा विश्व पर्यटन दिवस २०२५ को अवसरमा आयोजित पर्यटन क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले बागमती प्रदेशको पर्यटन सुरक्षित रहेको बताएका हुन् । बागमती प्रदेशको पर्यटकीय क्षेत्र तथा पर्यटन सुरक्षित अवस्थामा रहेका छन् भन्ने म्यासेज पर्यटनसम्म पु¥याउन नसक्दा पर्यटन उद्योग धारासायी भएको बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बताएका

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 456 पटक पढिएको
  • बाजुराको खप्तड छेडेदहलाई काठमाडौं महानगरपालिकाले गर्याे एम्बुलेन्स सहयोग

    बाजुरा— बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । महानगरपालिकाले बाजुराको खप्तड छेडेदहसहित ३५ वटा स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको हो । महानगरपालिकाले हरेक वर्ष ग्रामिण क्षेत्रको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स उपहार स्वरुप प्रदान गर्दै आएको छ । महानगरपालिकाले आवश्यकता सहितको निवेदनका आधारमा एम्बुलेन्स सहयोग गर्ने गरेको छ ।महानगरले वितरण गरेका ३५ वटा एम्बुलेन्स मध्ये बाजुराको खप्तड छेडेदह गाउँपालिका सहित बझाङ र अछाम जिल्लाका स्थानीय तहले पनि प्राप्त गरेका छन् । राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक कार्यक्रमका बीच सम्बन्धित पालिकाल

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 479 पटक पढिएको
  • तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा

    विराटनगर— सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।असोज १० गते ०१स४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ स्थित सडक साइडमा वेवासिसे अवस्थामा रहेको कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो ।गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको छ ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 415 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।राति कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 160 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा