समाचार

    Showing 2,971-2,980 of 19,080 items.
  • जेनजी आन्दोलनका घाइते दौलत अझै अचेत, सरकारले सहयोग नगरेको गुनासो

    काठमाडौं –  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका ३२ वर्षीय दौलत थापा अझै वेहोस छन् ।भक्तपुरको मध्यपुर अस्पतालमा उपचार असंम्भव भएपछि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार जारी रहेपनि उनी अझै अचेत अवस्थामा छन् । तर सरकारले आन्दोलनबाट घाइते भएको होइन भन्दै उपचारमा सहयोग गर्न असमर्थ रहेको परिवारले जानकारी दिएको छ ।घाइते थापाकी श्रीमती यमकला ठकुरी भन्छिन्, ‘२४ गतेको आन्दोलनमा उहाँको टाउकोमा गम्भीर चोट लागेको छ । दोब्बर अपरेशसन भइसकेपनि होस खुलेको छैन् । एक महिना हुन लागिसक्यो बेहोस नै हुनुहुन्छ । सरकारले उहाँलाई आन्दोलनकारी नभएको भनिरहेको छ तर उहाँसँग र

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 328 पटक पढिएको
  • पर्साको जयमंगलापुरमा युवकको शव फेला, दुर्घटनाको आशंका

    पर्सा— पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। शुक्रबार बिहान झलमहिया र भिस्वा जोड्ने सडकखण्डको कल्भर्टमुनि २७ वर्षीय रमेश साह कानुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।मृतक रमेश सोही वडाका स्थायी बासिन्दा हुन्। उनी भारतीय नम्बर प्लेट वीर आर २२ ए एल १२७३ भएको मोटरसाइकलसहित कल्भर्टमुनि पानीमा फेला परेका थिए।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले घटनास्थलको प्रारम्भिक निरीक्षण र मृतकको शारीरिक अवस्था हेर्दा मोटरसाइकल दुर्घटनाका कारण मृत्यु भएको अनुमान गरिएको जानकारी दिए। यद्यपि घटनाबारे थप अनुसन्धान जारी रह

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 505 पटक पढिएको
  • जडिबुटीको मूल्य नपाएपछि भोजपुरका किसानको गुनासो

    भोजपुर— भोजपुरका कृषकहरूले उत्पादन गरेको जडिबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन्। जिल्लाको माथिल्लो भेगमा चिराइतो, सतुवा, अलैंची, टिमुरलगायतका बहुमूल्य जडिबुटी व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। तर, बजार मूल्य नपाउँदा किसानहरू मारमा परेका छन्।स्थानीय किसानहरूका अनुसार जडिबुटीको मूल्य निर्धारणबारे स्पष्ट जानकारी नहुँदा र सरकारी निकायले मूल्य तोक्ने प्रक्रिया नल्याउँदा विचौलियाहरूले मनपरी मूल्यमा जडिबुटी खरिद गरिरहेका छन्।कृषक निमा शेर्पाले चिराइतो, सतुवा र अलैंचीको व्यावसायिक खेती गरे पनि मूल्य निर्धारण नभएको कारण घाटामा बेच्न बाध्य भएको बताइन्। “विचौलियाकै भर पर्नुपर्छ, हामीले उत्पादन

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 504 पटक पढिएको
  • अविरल वर्षापछि आएको बाढी र पहिरोले राजमार्ग अवरुद्ध हुँदा नेपाल–चीन नाका बन्द

    काठमाडौं— अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न पाँच स्थानमा राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प छ । आज बिहानसम्म संखुवासभा, रसुवा र सिन्धुपाल्चोकका मुख्य सडक बन्द भएपछि नेपाल–चीन जोड्ने सीमा नाका समेत सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।जसनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरुद्ध भएको छ । रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीले सडक बगाउँदा पासाङल्हामु राजमार्गमार्फत चीनसँगको सीमा नाका समेत ठप्प छ ।त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलामा खसेको ठूलो पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 463 पटक पढिएको
  • नेपाल नागरिक उड्डयन प्राधिकरणद्धारा आन्तरिक हवाई भाडादर सार्वजनिक, कहाँ जान कति तिर्नु पर्छ ?

    काठमाडौं—  नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको उच्चतम भाडा दर तोकको छ। दसैँको समयमा हवाई टिकटको उच्च माग रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर हुने उडानको उच्चतम भाडा दर तोकेको हो।सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ।यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ ।हेर्नुहोस् हवाई भाडा

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 548 पटक पढिएको
  • बेलायतमा यहूदी प्रार्थनास्थलबाहिर आतंकवादी हमला, दुईजनाको मृत्यु

    काठमाडौं— बेलायतको म्यानचेस्टरमा बिहीबार एक यहूदी प्रार्थनास्थल (सिनागग) बाहिर आतंकवादी हमला भएको छ । यसमा दुई यहूदी नागरिकको मृत्यु भएको छ भने तीनजना गम्भीर रूपमा घाइते भएका छन् ।क्रम्प्सल भन्ने स्थानमा योम किप्पुर पर्वमा प्रार्थनाका लागि धेरै यहूदीहरू भेला भएका वेला आक्रमणकारीले उनीहरूमाथि कार चढाइदिएको र त्यसपछि गोली चलाउन थालेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।प्रहरीको कारबाहीमा आक्रमणकारीको मृत्यु भएको छ । योम किप्पुरको दिन यहूदीहरू आफ्ना विगतका गल्तीहरूको लागि माफी माग्छन् र प्रार्थना गर्छन् ।बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यो हमलालाई अत्यन्त डरलाग्दो भएको बताए । स्टार्मर बेलायतको आ

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 450 पटक पढिएको
  • तलेजु भवानीको पायो जात्रा सम्पन्न

     काठमाण्डौ  ।   बडादसैँँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा सम्पन्न भएको छ ।  एकादशीको दिन आज बिहान पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाउने परम्परा रहेको छ। बडादसैँको मध्यराति तलेजु आगम घर (मन्दिर)को खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलि पात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पायःद्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ । खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 254 पटक पढिएको
  • रामेछापमा ट्याक्सी दुर्घटना, चालकको मृत्यु

    रामेछाप –  रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।बा १ अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका–४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पु¥याइएका घिसिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 288 पटक पढिएको
  • अभियन्ता आशिका तामाङले सहयोगसम्बन्धी उठेका प्रश्नविरुद्ध कडा जवाफ

    काठमाण्डौ  ।  सामाजिक अभियन्ता आशिका तामाङले सहयोगसम्बन्धी उठेका प्रश्नविरुद्ध कडा जवाफ दिएकी छन्। उनले भनिन्, “पैसा पैसा पैसा! कहाँबाट ल्याइस? कसरी दिइस? जसले एक रुपैयाँ सहयोग गरेका छैनन्, उहाँहरूले हिसाब मागेको देख्दा छक्क छु म त! जसले सहयोग गरेको छ, उहाँहरूलाई मैले एक–एक रुपैयाँको हिसाब WhatsApp को माध्यमबाट दिएको छु। कस्तो सोच हो तपाईंहरूको? म भात खान्छु, पैसा होइन! जो घाइते भाइहरू र मृतक परिवारहरूलाई आवश्यक छ आर्थिक सहयोग, उहाँहरूलाई त्यताबाट हुन्छ कि उताबाट हुन्छ कि खोजेर सहयोग पुराइरहेको छु। तैपनि औंलामाथि किन उठाइरहनु हुन्छ? जसले गर्दा नि भो सहयोग मैले रोकेको छैन नि। अरुलाई आ

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 220 पटक पढिएको
  • बाजुरामा दुई पक्षबीच झडप, तीन जना घाइते

    बाजुरा –  बाजुरामा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका २ स्थित गाउँमा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका हुन् ।रातिको समय करिब १ बजेतिर भएको झडपमा परेर त्रिवेणी नगरपालिका ३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेश साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मनोज साउँदको घाँटी, निधार र दाँहिने हातमा चोट लागेको छ भने दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको छ ।त्यस्तै तपेश साउँदको दाँहिने हातको नाडीमा सामान्य चोट लागेको बुझिएको छ । घाइतेहरुलाई आफन्तले उपचारका ल

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 305 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा