समाचार

    Showing 2,901-2,910 of 19,058 items.
  • शनिबारसाँझदेखि आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन् ।जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 467 पटक पढिएको
  • सिन्धुलीको मूलकोटमा ईभी गाडी दुर्घटना, केही घाइते

    सिन्धुली— जिल्लाको मरिण गाउँपालिका अन्तर्गत मूलकोट क्षेत्रमा एक ईभी (इलेक्ट्रिक) गाडी दुर्घटना भएको छ।उक्त गाडी काठमाडौंबाट पूर्वतर्फ गइरहेको क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनाको कारण हालसम्म खुलाइएको छैन।दुर्घटनामा केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। तर हालसम्म दुर्घटनाबाट भएको क्षतिको यकिन विवरण भने सार्वजनिक गरिएको छैन।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 389 पटक पढिएको
  • गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु, अस्पतालहरूको अवस्था भयावह

    एजेन्सी । हमास–इजरायली द्वन्द्वका कारण विगत दुई वर्षमा गाजा पट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्र बाल कोष (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का अधिकारीहरूले गाजाका अस्पतालहरूको अवस्था भयावह रहेको चेतावनी दिए।जारी युद्धको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली लथालिंग भएको उनीहरुले बताएका छन् । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा विगत दुई वर्षमा १,००० भन्दा बढी शिशुहरू मारिएको स्पष्ट पारे ।‘नयाँ आमाहरू र कमजोर नवजात शिशुहरू छन् । जो भुइँमा,

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 171 पटक पढिएको
  • विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध, यातायात सेवा प्रभावित

    काठमाडौं । वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार बिहान ११ बजेसम्मको अवस्थाबारे दिएको विवरणअनुसार काठमाडौं र काभ्रेमा सवारीसाधन होल्ड गरिएको छ भने अन्य ६ स्थानमा राजमार्ग पूर्णरुपमा बन्द भएका छन् ।नेपाल प्रहरीको विपद् सूचना व्यवस्थापन प्रणाली (म्क्ष्च्क्) अनुसार बिहान ११ बजेसम्म विभिन्न जिल्लामा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सञ्चालन भइरहेका छन् ।कोशी प्रदेशमा पूर्ण अवरोधसंखुवासभा जिल्लामा वर्षाका कारण कोशी राजमार्गका दुई स्थानहरूमा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको छ ।भोटेखोला गाउँपालिका–४ स्थित बरुण खोलामा २०८२ जेठ ६ गते

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 143 पटक पढिएको
  • काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो

    काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गई सडक भासिएको छ । गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा उक्त सडक छेउका घरहरू जोखिममा परेको हो । काठमाडौं महानगरपालिकाका अनुसार सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा प्रतिनिधिहरू खटिएका छन् भने थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ । बस्ती डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको महानगरपालिकाले जानकारी दिएको छ। जोखिमयुक्त बस्तीहरूलाई सतर्क

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 179 पटक पढिएको
  • तमोर नदी किनारमा जीप खस्यो, फिदिममा दुर्घटना हुँदा धेरै यात्रु प्रभावित

    ताप्लेजुङ— ताप्लेजुङबाट फिदिमतर्फ आउँदै गरेको यात्रुवाहक जीप फिदिम–कार्तिके क्षेत्रको तमोर नदी नजिकै दुर्घटनामा परेको छ। जीप सडकबाट गहिरो खोंचमा खस्दा धेरै यात्रु हताहत भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।घटना स्थल सडकभन्दा निकै तल भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। हालसम्म कति यात्रु घाइते वा मृत भएका छन् भन्नेबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन।स्थानीयवासीहरूका अनुसार दुर्घटनास्थल विकट रहेकोले हेलिकप्टर र एम्बुलेन्सको तत्काल आवश्यकता छ। उद्धार टोली पुग्न ढिलाइ भएकाले अवस्था गम्भीर बन्न सक्ने आशंका गरिएको छ।अहिले सुरक्षाकर्मी र स्थानीयबासी मिलेर घटनास्थलमा उद्धार कार्य सुरु गर्ने तय

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 435 पटक पढिएको
  • लगातार वर्षाले हेटौँडा अस्तव्यस्त, मुख्य बजार क्षेत्रमा पानी जम्यो

    हेटौँडा । निरन्तर परेको अविरल वर्षाले हेटौँडासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । गत केही दिनयता परेको पानीका कारण सडक चिप्लिने, खोला–नाला बढ्ने र विभिन्न स्थानमा आवतजावत अवरुद्ध हुने अवस्था सिर्जना भएको छ ।हेटौँडाको मुख्य बजार क्षेत्रमा पानी जम्दा व्यापारी र स्थानीय बासिन्दा दुबैलाई समस्या भएको छ भने ग्रामीण भेगका धेरै ठाउँमा सडक आवागमन कठिन बनेको छ । खेतबारीमा पानी जम्दा धान लगायतका बालीहरूमा समेत असर पुगेको किसानहरूले बताएका छन् ।यातायात क्षेत्र पनि प्रभावित भएको छ । हेटौँडा–काठमाडौं, हेटौँडा–ललितपुर र हेटौँडा–चितवनतर्फका सडक खण्डहरूमा पहिरो र चिप्लोपनका कारण यात्रा जोखिमपूर्ण ब

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 231 पटक पढिएको
  • शनिबार दिउँसो र राति झनै बढी वर्षा हुने

    काठमाण्डौ। पछिल्लो पछिल्लो १२ घण्टादेखि मधेश र बागमती प्रदेशमा निरन्तर वर्षा भएपनि शनिबार दिउँसो र राति अत्याधिक वर्षाको हुने चेतावनी दिएका छन्।त्रिभुवन विश्वविद्यालयकको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक बिनोद पोखरेलले आज दिउँसो र राति अझै ठूलो वर्षा हुने संभावनाको चेतावनी दिएका हुन्।बिरगंजमा पछिल्लो १२ घण्टामा ८८ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा सबैभन्दा गोदावरीमा ४९ मिलिमिटर वर्षा मापन गरिएको छ। रौतहटको गौरमा ६८ र बाराको निजगढमा ६७ र कलैयामा ७३ मिलिमिटर वर्षा भएको छ। पछिल्लो एक घण्टामा भने सिराहा, सप्तरी र उदयपुर क्षेत्रमा पानी परेको छ। 

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 126 पटक पढिएको
  • पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै बर्षा वीरगञ्जमा

    काठमाडौं । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वीरगञ्जमा ६४ मिलिमिटर बर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।काठमाडौँ उपत्यकामा गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 283 पटक पढिएको
  • बाढी र पहिरोको जोखिम उच्च, जनधनको सुरक्षा र सतर्कता अपनाउन रास्वपाको आह्वान

    काठमाडौं ।  देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्को जोखिम उच्च बनेको सन्दर्भमा नागरिक सतर्कता र साझा प्रयासको खाँचो औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक विज्ञप्ति जारी गरेकोे छ ।जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आगामी केही दिन अझैपनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो, डुबानलगायतका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञ सरकारी निकायहरूले अनुरोध गरेका छन् ।यसै सन्दर्भमा पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले शनिबार एक व

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 209 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा