काठमाडौं— राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार सम्पन्न सञ्चालक समितिको निर्वाचनमा कोशी प्रदेशबाट सञ्चालक रहेका उप्रेतीले आफ्ना प्रतिद्वन्द्वी परितोष पौड्याललाई पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।सात सदस्यीय सञ्चालक समितिबीच भएको मतदानमा उप्रेतीले ५ मत प्राप्त गरेका थिए भने पौड्यालको पक्षमा २ मत परेको थियो । झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बैंकमा प्रतिनिधित्व गरेका उप्रेती यसअघि बैंकको लेखा समिति संयोजकको जिम्मेवारीमा थिए । जेठ १३ गते नवनिर्वाचित सञ्चालकहरूले शपथ ग्रहण गरेलगत्तै अध्यक्ष चयन प्रक्रिया अघि बढाइएको
काठमाडौं— मठमन्दिरमा आगो लगाउने चेतावनीपूर्ण अभिव्यक्ति दिएका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ स्थायी घर भएका २७ वर्षीय परियारलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरका एसपी पवन भट्टराईका अनुसार परियारलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको हो।अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै परियारले ‘मठमन्दिरमा आगो लगाइदिन्छौँ’ भन्ने अभिव्यक्ति दिएका थिए। साथै उनले समान अधिकार सुनिश्चित नभए देशव्यापी विद्रोह गर्ने चेतावनीसमेत दिएका थिए।दलित समुदायमाथि लामो समयदेखि विभेद हुँदै आएको र ग्रामीण क्षेत्रमा उनीहरूको
धनगढी— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्र राजनीतिक उपलब्धि मात्र नभइ विकास र समृद्धि हासिल गर्ने माध्यम हुनुपर्नेमा जोड दिएका छन् ।गणतन्त्र दिवसको अवसरमा शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले गणतन्त्र जनतालाई अधिकार, सम्मान र भविष्य सुनिश्चित गर्ने जीवन प्रणाली बन्नुपर्नेमा जोड दिए ।प्रदेश सरकार नागरिकका अधिकार सुनिश्चित गर्दै समृद्ध नेपाल निर्माणमा कटिबद्ध भएर काम गरिरहेको उनको भनाई छ ।त्यस्तै, पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले गणतन्त्र नागरिकलाई घरवारविहीन बनाउन न
काठमाडौं— मन्त्रिपरिषद् बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्दै छ ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्नका लागि प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन् ।मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि दिउँसो ४ बजे अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
काठमाडौं— चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ । आयोगको उपाध्यक्षका लागि दरखास्त दिने अन्तिम दिन १३ जेठसम्म १० जनाको आवेदन परेको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठन सिफारिस समितिले जनाएको छ । समितिले ३० वैशाखबाट १३ जेठसम्म चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि इच्छुक व्यक्तिहरूबाट दरखास्त माग गरेको थियो । अन्तिम दिनसम्म १० जनाको आवेदन परेपछि आयोगले कार्य योजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ता समय समेत निर्धारण गरेको हो । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष प्रा.डा. गे
काठमाडौं— उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । बिहीबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय ‘उज्यालो घर’मा आयोजित कार्यक्रममा दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।समझदारीपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका थिए । समायोजनसँगै हाम्रो पार्टी नेपाल औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा विलय भएको जनाइएको छ ।दुवै पक्षबीच भएको सहमतिमा सुशासन, समृद्धि, सामाजिक न्याय, समानता, समावेशीकरण तथा नागरिक केन्द्रित राजनीतिलाई सशक्त रूपमा अघि बढाउने सा
एजेन्सी— भारतको उत्तर प्रदेश राज्यस्थित हमीरपुर जिल्लामा गएराति निर्माणाधीन पुल भत्किँदा ६ जना मजदुरको मृत्यु भएको छ । भग्नावशेषमुनि पुरिएका अन्य तीन मजदुरलाई उद्धार गरी अस्पताल पठाइएको छ ।स्थानीय प्रशासनका अनुसार पुल निर्माण कार्य भइरहेको समयमा अचानक संरचना भत्किएको थियो । त्यतिबेला त्यहाँ काम गरिरहेका मजदुरहरू पुलको भग्नावशेषमुनि पुरिए । मृत्यु हुनेमध्ये दुई जना हमीरपुर र चार जना बान्डा जिल्लाका रहेका छन् ।दुर्घटना राति आएको आँधीबेहरीका कारण भएको हो कि भन्ने प्रश्नमा अतिरिक्त प्रहरी उपरीक्षक अरविन्दकुमार वर्माले घटनास्थलमै अनुसन्धान भइरहेको र जाँचपछि मात्रै वास्तविक कारण खुल्ने बताएका छन् ।द
काठमाडौं— नेपाली मिक्स्ड मार्सल आट्र्स (एमएए) को इतिहास पुरुष रबिन्द्र ढाँट (बझाङका बाघ) ले मकाउको ग्यालेक्सी एरिनामा जारी प्रतिष्ठित ‘रोड टु युएफसी सिजन– ५’ को सेमिफाइनलको ऐतिहासिक यात्रा तय गरेका छन् । ब्यान्टमवेट क्वार्टरफाइनलमा फिलिपिन्सका खतरनाक फाइटर किम्बर्ट एलिन्टोजोनलाई दोस्रो राउन्डमै स्तब्ध पार्दै उनले ऐतिहासिक यात्रा तय गरेका हुन् ।विश्वकै सबैभन्दा ठूलो र प्रतिष्ठित फाइटिंग लिग युएफसीको आधिकारिक कन्ट्रयाक्ट पाउन अब मात्र दुई जित टाढा रहेका रविन्द्रको यो सफलता समग्र नेपाली मार्सल आट्र्सकै इतिहासमा एउटा अभूतपूर्व र ऐतिहासिक अध्याय हो । किनकि कुनै पनि नेपाली फाइटर यो स्तरको उच्च अन्तर
काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । संयोगले आज वाग्लेको जन्मदिन पनि परेको छ । १९७४ मे २९ मा गोरखाको बुङकोटमा जन्मिएका वाग्ले आजबाट ५२ वर्ष लागेका छन् । विक्रमसंवत् अनुसार भने उनको जन्मदिन जेठ १६ (भोलि) हो ।
काठमाडौं— गत वैशाख २५ देखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले चौथो सातामा प्रवेश गरेको छ । चौथो सातामा प्रवेश गर्दै गर्दा अन्य नयाँ नेपाली फिल्म भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ । फिल्म हेर्न परिवार नै दर्शक बनेर हल आउन थालेका छन् । फिल्म प्रदर्शन भएदेखि नै निरन्तर दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिईरहेका कलाकार रवीन्द्रसिंह बानियाँले परिवार नै दर्शक बनेर हल आउने क्रम बढिरहेको बताए ।उनले भने, ‘हाम्रो कानूनी विवादले गर्दा फिल्म परिवारले हेर्न मिल्दैन की भन्ने दर्शकमा परेको रहेछ, त्यसैले पहिला धेरै दर्शक एक्लै हेर्न आउनुभयो । फिल्म त परिवारले नै हेर्नुपर्ने रहेछ भन्ने लागेपछि अहिल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.