समाचार

    Showing 2,881-2,890 of 26,789 items.
  • सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सरकारले अभियान चलाउने

    काठमाडौं— सरकारले सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सरकारले अभियान चलाउने भएको छ ।आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।अर्थमन्त्री वाग्लेले भने– सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ । आर्थिकरुपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरुपमा त्याग्न सक्नेले छोडौँ नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ ।यस्तो योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय योगदानको एक्वेवद्धताकारुपमा सम्मान गरिने भएको छ ।देशभरि उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक एक हजार बनाइएको छ

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 362 पटक पढिएको
  • मन्त्रालय संख्या १८ मा सीमित, ३१ निकाय खारेज गरिने

    काठमाडौं— सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गरेको जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रशासनिक खर्च कटौती गर्दै बचत हुने रकम प्रशासन सुधार तथा सेवा प्रवाहलाई चुस्त-दुरुस्त बनाउन उपयोग गरिने बताएका छन्।शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उनले ३१ वटा निकाय खारेज गरिने जानकारी दिए। यस्तै, ६ निकायलाई एकआपसमा गाभिने, ६ निकायलाई हस्तान्तरण गरिने तथा १८ निकायको पुनर्संरचना गरिने उनले बताए।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 360 पटक पढिएको
  • कर्मचारी र सुरक्षाकर्मीको सेवा सुविधा बढाइने

    काठमाडौं— सरकारले प्रशासनिक क्षेत्रमा सुधार गर्दै साधारण खर्चमा व्यापक मितव्ययिता कायम गरिने नीति लिएको छ। कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादनमा कुशल र पूर्ण रूपमा जवाफदेही बनाउने उद्देश्य बजेटले राखेको छ। यसका लागि निजामती कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरूको सेवासुविधा निरन्तर रूपमा वृद्धि हुँदै जाने गरी आवश्यक प्रबन्ध मिलाइएको समेत अर्थमन्त्री वाग्लेले बताए।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 392 पटक पढिएको
  • सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने

    काठमाडौं— सरकारले विभिन्न ३१ वटा सरकारी निकायहरू खारेज गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन्।बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले प्रशासनिक खर्च कटौती र चुस्तताका लागि ३१ वटा निकाय खारेज गर्नुका साथै ६ वटा निकायलाई एकापसमा गाभ्ने (मर्जर गर्ने), ६ वटा निकायलाई हस्तान्तरण गर्ने तथा १८ वटा निकायको पुनःसंरचना गरिने स्पष्ट पारे।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 414 पटक पढिएको
  • नागरिक एपमा सबै सरकारी सेवा, सफ्टवेयर खरिद एकै स्थानबाट

    काठमाडौं— सरकारले सरकारी निकायमा प्रयोग हुने सफ्टवयेर खरिद एकै निकायबाट गर्ने भएको छ ।यस्तै नागरिक एपमा सबै सरकारी सेवा समावेश गर्ने अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाललाई एआईमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेको जानकारी दिए ।यसैगरी अब तीन महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना हुने भएको छ । एआई फ्याट्री पनि बन्ने भएको छ । यसले इन्धन अभावमा केही राहत दिनेछ ।यसैगरी विभिन्न शीर्षकमा छरिएर रहेका पूर्वाधार विकास कर र सडक मर्मत दस्तुर जस्ता करहरूलाई सरकारले एकीकृत गर्ने भएको छ । अब हरित करका रूपमा सरकारले राजश्व संक

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 309 पटक पढिएको
  • कृषि तथा पशुपालन गर्ने कृषकलाई ४० प्रतिशत प्रोत्सान दिने

    काठमाडौं— सरकारले २ करोड लगानी गरेर कृषि वा पशुपालन गर्ने कृषकलाई प्रोत्सान गर्ने भएको छ । न्यूनतम २ करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको हो ।कृषिको सौलियत लोनलाई पनि वास्ताबीक कृषसम्म पुर्याने लक्ष्य राखेको छ । कृषि उत्पादनलाई प्रोत्सान गर्ने भएको छ भने पशुको डाक्टरलाई पनि कृषकसँग जोडिने भएको छ ।आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 351 पटक पढिएको
  • सर्वसाधारणमा नेपाल टेलिकमको ४४ प्रतिशत सेयर विक्री गरिने

    काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेका छन् । ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने उनले बताए ।आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । सेयर विक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने पनि उनले बताएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 474 पटक पढिएको
  • अब ३ महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना हुने, एआई फ्याट्री बन्ने

    काठमाडौं— ३ महिनाको लागि इन्धन भण्डारण गर्नको लागि मातृभूमि कोष स्थापना गरिने भएको छ । काठमाडौंको स्यूचाटारमा एआई फ्याट्री बन्ने भएको छ । यसले इन्धन अभावमा केही राहत दिने छ ।आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 409 पटक पढिएको
  • पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिने

    काठमाडौं— पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिएका हुन् ।बजेटमार्फत पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिने घोषणा गरेका गरिएको हो । शेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट उठ्ने पुँजीगत लाभकर अब अन्तिम करका रूपमा गणना हुने भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 390 पटक पढिएको
  • ३६० वस्तुको अन्तशुल्क खारेज, करको दरमा वृहद पुनरावलोकन

    काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत करको दरमा वृहद पुनरावलोकनको घोषणा गरेका छन् ।आयकरमा छुटको सिमा दोब्बर गरेको व्यक्तिका लागि १० लाख पुर्याएको उनले बताए ।व्यत्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दूले घटाएको पनि उनले जानकारी गराए ।सरकारले नेपालमा बस्तु उत्पादनमा प्रयोग हुने कच्चा बस्तुको भन्सार दर घटाएको छ ।नेपालमा बस्तु उत्पादन गर्दा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटेको हो ।आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।कच्चा पदार्थको भन्सार दर कम हुदा नेपालमा बस्तु उत्पादनको लागि सहज

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 413 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.