समाचार

    Showing 2,821-2,830 of 19,057 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३४ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर एक सय ६६ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ६७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ९१ रुपैयाँ ६ पैसा र बिक्रीदर एक सय ९१ रुपैयाँ ८७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७८ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ७८ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९४ रुपैयाँ ९१, क्यानेडियन डलर एकको खरिदर १

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 222 पटक पढिएको
  • आज २०८२ साल असोज २० गते सोमबारको राशिफल

    मेष - मन भावुक र उत्ताउलो बन्न सक्ने समय हो। अनावश्यक खर्च बढ्ने सम्भावना छ। हठीपनाले कार्यमा बाधा आउने डर रहन्छ। सरकारी निकायसँग सावधानी अपनाउनु हितकर हुनेछ।वृष - शुभकार्यको चर्चा हुनेछ। आँट र परिश्रमले महत्वपूर्ण कार्य सफल बन्नेछ। आदर्श व्यक्तिको सहयोगले नयाँ अनुभव मिल्नेछ। अध्ययनमा प्रगति हासिल हुनेछ।मिथुन - आँटेका कामहरू सम्पन्न हुनेछन्। आकस्मिक धनलाभको सम्भावना छ। महिला वर्गको सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ।कर्कट - नयाँनौलो समाचार सुन्न पाइनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। गरेका कामबाट सकारात्मक लाभ हुनेछ। प्रेम जीवनमा सहयोग र प्रो

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 367 पटक पढिएको
  • पानीजन्य रोगको जोखिम बढ्दै, स्वास्थ्य मन्त्रालयको सतर्कता अपनाउन आग्रह

    काठमाडौं— निरन्तर वर्षा र प्राकृतिक विपत्तिपछि पानीजन्य तथा कीटजन्य रोगको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार प्राकृतिक विपद्‌का बेला प्रारम्भिक रूपमा देखिने चोटपटक र भौतिक क्षतिका साथै त्यसपछिका दिनहरूमा पानी र सरसफाइसँग सम्बन्धित रोगहरू देखा पर्न सक्ने भएकाले सावधानी आवश्यक छ।'विपद्पछि खानेपानी प्रदूषित हुने सम्भावना उच्च हुन्छ,' डा. बुढाथोकीले भने, 'त्यसले पखाला, हैजा, डेङ्गी, मलेरिया जस्ता रोगहरू फैलिने खतरा निम्त्याउँछ।'उनका अनुसार हालको अवस्थामा अस्थायी बसोबास, अपुरो सरसफाइ र पोषणको कम

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 487 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ

    काठमाडौं— चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।दाङको तुलसीपुर उपमहानगरपालिका–१६ घर भएका शर्मा यसअघि नख्खु कारागारमा थुनामा रहेका थिए। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बेला शर्मा कारागारबाट भागेका थिए।शर्मालाई पक्राउ गरी पुनः कारागार चलान गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यले शर्मालाई पक्राउ गरेको बताए।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 455 पटक पढिएको
  • काभ्रेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर महिलाको मृत्यु

    काभ्रेपलाञ्चोक— काभ्रेको रोशीमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न ४ बजेतिर रोशी गाउँपालिका–११ स्थित भैंसेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर ५६ वर्षीया बिमलादेवी तामाङको मृत्यु भएको हो ।बिमलादेवी घर नजिकै लुगा धुन जाने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 466 पटक पढिएको
  • वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरियो

    काठमाडौं— वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यससँगै मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । उनल‍े आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज १७ गते साँझदेखि असोज १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश ठाउँमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका धेरै स्थानमा मध्यमदेखि अति भारी वर्षा भएको थियो।सो अवधिमा २४ घण्टे अवधिभित्र सबैभन्दा बढी वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५८ मिलिमिटर मापन गरिएको छ। त्यस्तै, पर्साको मुडली केन्द्रमा ३२८.६ मिलिमिट

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 460 पटक पढिएको
  • विपद् प्रतिकार्यका लागि २० हजार प्रहरी परिचालन

    काठमाडौं— नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको छ ।  नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् व्यवस्थापन कार्यालयहरू, मातहतको गुल्महरू र प्रहरी कार्यालयहरूबाट यो सङ्ख्यामा जनशक्ति परिचालित रहेको बताए ।कोशी प्रदेशमा हाल पनि जोखिम रहेको अवस्थालाई मध्यनजर गरी संयुक्त रूपमा सुरक्षाकर्मी परिचालित भइरहेको उनले बताए । काठमाडौंमा मात्रै शनिवार १ सय ३० जना प्रहरी परिचालन भएको र १५—१५ जनाको टोलीले र्‍याफ्टिङ बोटहरुसहित काठमाडौंको लागि मात्रै केन्द्रित गरेर काम गरेको भट्टराईले बताए । विपद् व्यवस्थापन कार्यालय मातहतकै वि

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 520 पटक पढिएको
  • महानिर्देशक जैसी भन्छन् वीपी राजमार्ग बन्न सात दिन लाग्छ

    काठमाडौं— सडक विभागका महानिर्देशक विजय जैसीले वीपी राजमार्ग बन्न सात दिन लाग्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।उनले खोलामा पानीको बहाव बढी रहेको र पानी काम हुने बित्तिकै खोल्ने तयारी गरिएको जानकारी दिए ।  ‘आज बाट नै काम सुरु भएको छ ।  गत वर्षकै जस्तो बाढीले सडक कटान गरेकाले केहि समय लाग्न सक्छ ।’  महानिर्देशक जैसीले पत्रकार सम्मेलनमा भने ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 500 पटक पढिएको
  • लागुऔषध चरेससहित एक व्यक्ति पक्राउ

    दार्चुला— दार्चुलाको दुहु गाउँपालिका–६ स्थित झोलुङ्गे पुल नजिकैबाट प्रहरीले चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ५६ वर्षीय हर्कबहादुर बम रहेका छन्।जिल्ला प्रहरी कार्यालय, दार्चुलाबाट खटिएको टोलीले शनिबार उनलाई शंका लागेर जाँच गर्ने क्रममा ४८० ग्राम चरेस फेला पारेको हो।उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 496 पटक पढिएको
  • नेपालबाट मनसुन बहिर्गमनको अन्तिम चरणमा पुगेको छ : उपमहानिर्देशक रेग्मी

    काठमाडौं । हाल नेपालमा सक्रिय रहेको मनसुनी वायु पूर्वतर्फ सर्दै गएकाले नेपालबाट बाहिरे अवस्थामा पुगेको मौसमविद्हरुले बताएका छन् । बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणालीका कारणले  गत १७ गतेबाट बागमती, मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा पनि भारी वर्षाहरू भएको थियो ।उक्त मनसुनी वायु बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिने अवस्थामा रहेको जल तथा मौसम विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मीले बताए ।  उनले भने, ‘बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बा

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 199 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा