समाचार

    Showing 2,741-2,750 of 19,052 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ।युरोपियन युरो एकको खरिदर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिदर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 217 पटक पढिएको
  • आज २०८२ साल असोज २२ गते बुधबारको राशिफल

    मेष - आजको समय अनुकूल रहनेछ। नयाँ अवसरको सम्भावना प्रबल छ। सामाजिक भेटघाट तथा विशेष समारोहमा सहभागी हुने अवसर मिल्नेछ। वृष - निर्णय गर्दा विशेष सतर्कता आवश्यक छ। अवसरको नाममा प्रलोभन दिने व्यक्तिलाई पहिचान गर्नुपर्छ। आर्थिक लाभ अपेक्षाकृत सीमित रहने देखिन्छ।मिथुन - आम्दानीमा वृद्धि हुने संकेत छ। व्यवसायमा लाभप्रद परिणाम मिल्नेछ। साझेदारीमा सकारात्मक प्रगति सम्भावित छ।कर्कट - कार्य सम्पन्न गर्न दोहोरिएको प्रयास आवश्यक हुनेछ। स्वास्थ्यमा साना चुनौतीहरू आउन सक्ने भएकाले सचेत रहनु उपयुक्त हुनेछ।सिंह - आजको श्रमले भविष्यमा प्रतिष्ठा अभिवृद्धि गर्नेछ। साथीभाइको सहयोगले

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 471 पटक पढिएको
  • मेयर बालेन्द्र र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले जाहेरी दिएका छन् ।मंगलबार काठमाडौं प्रहरी परिसरमा पुगी उनीहरु विरुद्ध जाहेरी दिएको अखिलका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिए । कानूनी राज्यको पक्षधर भएकोले आफूहरुले जाहेरी दिएको बताए । ‘हामीले जाहेरी दिएका छौं । २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ,’ उनले भने, ‘हामी कानूनी राज्यको पक्षधर विद्यार्थी संगठन भएको नाताले मुलुकको विधिको शासनको वकालत गर्दै आएको यसलाई प्रशय दिनुहुँदैन भन्ने भएकाले यहाँ उपस्थित भएक

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 412 पटक पढिएको
  • जिरी–खाडिचौर सडकखण्डमा बस दुर्घटना हुँदा २० यात्रु घाइते

    सिन्धुपाल्चोक— सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७, पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा २० जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जना बालबालिका छन्।रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २५२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको नेतृत्वमा टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो।सबै घाइतेहरूलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडीचौर पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिक

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 467 पटक पढिएको
  • चुनावको वातावरण निमार्ण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्नेः प्रवक्ता भट्टराई

    काठमाडौं—  निर्वाचन आयोगले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक वातावरण निर्माण गर्न सरकारले राजनीतिक दलसँग छलफल गर्नुपर्ने बताएको छ । मंगलबार सरोकारवालाहरुसँगको बैठकपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आसन्न प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोग तयार रहेको भन्दै सरकारले दलसँग छलफल गर्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक वातावरण निर्माण गर्ने विषयमा राजनीतिक दलहरुसँगको छलफल लगायतको विषयमा सरकारले अगाडि बढाउन पर्यो। छलफल भन्ने विषयमा सँगसँगै सँगसँगै अगाडि बढ्छौं। यसको प्राविधिक पाटो तयारीको पाटोमा निर्वाचन आयोगले सरोकार तहमा छलफल गर्छ।’निर्वा

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 438 पटक पढिएको
  • जनकपुरधाम तनावग्रस्त, हिन्दूवादी समूहको सडकमा आक्रोश

    जनकपुर— जनकपुरधाममा विभिन्न हिन्दूवादी संगठनका युवा तथा सदस्यहरुले विरोध प्रदर्शन गरेका छन् ।मंगलबार उनीहरुले धनुषाका एसपी मुर्दावाद, हिन्दुलाई रिहा गर, जय श्रीराम लगायतका नारा लगाउँदै मोटरसाईकलमा नगर परिक्रमा गरेका छन् ।केही दिन अघि जनकपुरधाम उपमहानगरपालिका २० रुपेठामा दुर्गा माताको मुर्ती विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो ।विवादको क्रममा मुस्लिम समूदायले सीसाको बोतल, ढुंगा, ईँटालगायत हिन्दू समुदायमाथी प्रहार गरेका थिए । हिन्दू समुदायले विवादित तेलीया पोखरीको छेउमा मुस्लिम समूदायले निर्माण गरेको टहरा जलाएका थिए । त्यसपछि विवाद झन चर्किएको थियो ।धनुषा प्रहरील

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 477 पटक पढिएको
  • जेन–जी समूहले पूर्वप्रधानमन्त्री र नेताहरूलाई पक्राउको लागि दिएको जाहेरी प्रहरीद्वारा अस्वीकार

    काठमाडौं— सुदन गुरुङको नेतृत्वमा रहेको जेन–जी समूहले पूर्वप्रधानमन्त्री तथा प्रमुख दलका नेताहरूलाई पक्राउ गर्न माग गर्दै दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको छ । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले प्रधानमन्त्रीबाट लिखित जवाफ नआएसम्म जाहेरी दर्ता गर्न नसकिने भन्दै समूहलाई फर्काएको हो।परिसरबाट बाहिरिने क्रममा समुहका युवा ओजस्वी थापाले भोली र पर्सि गर्ने भनिएको जेनजी आन्दोलनमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारे । हिजोको सरकारले दमन गरेर चाहिँदै नचाहिएको रक्तपात दिएको भन्दै उनले अब फेरी त्यो रक्तपात आफूहरुले नचाहेकोले आन्दोलनमा आफूहरुको सहभागीतालाई लिएर भ्रममा नपर्न आग्रह गरे ।&nbs

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 461 पटक पढिएको
  • विश्व हुलाक दिवसको अवसरमा बाजुरामा देउडा कार्यक्रम हुने

    बाजुरा— बाजुरामा विश्व हुलाक दिवसको अवसरमा देउडा सञ्चालन गरिने भएको छ । १५१औँ बिश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालय बाजुराको आयोजनामा हुलाक सेवाको महत्व र प्रभावकारिता उजागर गर्न देउडा कार्यक्रम गरिने भएको हो।मानिसहरूका लागि पोस्टः स्थानीय सेवा विश्वव्यापी पहुँच”भन्ने मूल नाराका साथ हुलाक कार्यालय बाजुराले देउडा कार्यक्रमको आयोजना गर्ने भएको हो।कार्यालयले एक सूचना जारी गर्दै उक्त प्रतियोगिता हुने जनाएको छ ।प्रतियोगिता यहि असोज २२ गते विहान ९ बजेबाट सुरु हुने हुलाक कार्यालय बाजुराका प्रमुख उत्तम बमले बताएका छन्।उनका अनुसार हुलाक सेवाको पहुँचलाई अझै प्रभावकारी तथा बलियो बनाउन देउडा मार्फत सन्

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 390 पटक पढिएको
  • निवर्तमान सांसदद्वय गौतम र राजभण्डारीले फिर्ता गरे रातो पासपोर्ट

    काठमाडौं— नेपाली कांग्रेसका निवर्तमान सांसदद्वय प्रतिमा गौतम र सपना राजभण्डारीले आफूहरूले पाएको रातो पासपोर्ट फिर्ता गरेका छन्।सांसदको हैसियतमा प्राप्त विशेष सुविधा अन्तर्गतको रातो राहदानी आज संसद सचिवालयमार्फत राहदानी विभागमा बुझाइएको हो।नेतृ गौतमले भनिन्, ‘सांसदको हैसियतले प्राप्त भएको सुविधा फिर्ता गरेर नागरिकको नाताले जिम्मेवारी पूरा गरेका छौं।’रातो पासपोर्ट संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखाका उपसचिव राजु रिमालमार्फत राहदानी विभागमा बुझाइएको हो।उनीहरूको यो कदमलाई पारदर्शिता र जवाफदेहिताको दृष्टिकोणबाट सकारात्मक संकेतका रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 451 पटक पढिएको
  • सर्लाहीमा खोलामा डुबेर एक युवकको मृत्यु

    सर्लाही— जिल्लाको मलंगवा नगरपालिका–५, भाडसरस्थित लखनदेही खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय ओम ठाकुर रहेका छन्।मंगलबार बिहान ४ जना साथीहरूसँग खोलामा गएका ओम ठाकुर नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।बिहान साढे ११ बजे बेपत्ता भएका ठाकुरको शव दिउँसो १ बजे खोलामै तैरिरहेको अवस्थामा फेला पारिएको हो। उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उनलाई अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 426 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा