समाचार

    Showing 2,741-2,750 of 26,789 items.
  • सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

    सर्लाही— सर्लाहीको बागमती नगरपालिका–८ गान्धीचोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अस्थायी प्रहरी पोस्ट सोल्टीबजार र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मंगलबार बागमती नगरपालिका–८ निवासी ३० वर्षीय अरुण लामाको घरमा छापा मारेको थियो ।सोहि क्रममा अरुण लामा र धनुषाको धनुषाधाम नगरपालिका–७ निवासी ३० वर्षीय सनम लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट करिब १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको छ ।यसैगरी, प्रहरीले तीन थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 415 पटक पढिएको
  • बाबुराम भट्टराईप्रति असन्तुष्टी जनाउँदै महाधिवेशनको तयारीमा प्रलोपा

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी असोजमा महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसका लागि पार्टीले संगठनात्मक तयारीलाई तीव्र बनाउँदै २९९ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ।पार्टी अध्यक्ष सन्तोष परियार नेतृत्वमा ६ सदस्यीय राजनीतिक संवाद समिति पनि गठन गरिएको छ। समितिलाई वामपन्थी, प्रगतिशील र समाजवादी शक्तिहरूसँग संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने जिम्मेवारी दिइएको छ। पार्टीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई का पछिल्ला अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै खेद प्रस्ताव पारित गरेको छ। साथै सरकारले ल्याएको बजेट र सुकुम्बासी नीतिप्रत

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 165 पटक पढिएको
  • बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक जना पक्राउ

    काठमाडौं—  प्रहरीले बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक जना पक्राउ गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्दासहित सुनसरी गढी गाउँपालिका—१ घर भएका ५० वर्षीय कमल नारायण विश्वासलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट नेपाली ११ लाख रूपैयाँ, अमेरिकी डलर १४ हजार ८५०, जापानिज येन ४१ हजार, स्विस फ्रैङ्क १ हजार, मलेसियन रिङ

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 444 पटक पढिएको
  • भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन सहकार्य गर्ने अमित शाह–रवि लामिछाने सहमति

    काठमाडौं— भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा गृहमन्त्री शाहले लामिछानेलाई रास्वपाको निर्वाचन सफलताप्रति बधाई दिँदै नेपालको नयाँ सरकारको सफलताका लागि भारतको शुभकामना व्यक्त गरेका छन् ।भारतीय गृहमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भेटमा भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन दुवै पक्षले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।भेटपछि लामिछानेले पनि सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्री जयशंकरसँ

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 575 पटक पढिएको
  • काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

    काठमाडौं— काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहेका छन् । समितिको सदस्यमा रेशु अर्याल ढुंगाना र प्रा। डा। सुरेशराज शर्मा रहेका छन् । ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्छ भने शर्मा काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थाप

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 426 पटक पढिएको
  • सञ्चार मन्त्री तिमिल्सिना र स्टारलिंककी निर्देशक हन्टरबिच भेटवार्ता

    काठमाडौं— सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्राष्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरबिच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा उनीहरू भेटवार्ता भएको हो । भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको बताइन् । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व भए मात्र अनुमति लिन सकिने धारणा उनले राखिन् । व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही सेवा प्रदायकहरूसँग छलफल भइरहेको उनले जानकारी गराइन् ।यो भेटमा स

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 431 पटक पढिएको
  • मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

    जनकपुर— जनकपुरधामका फलफूल तथा तरकारी व्यवसायीहरू विस्थापित हुने अवस्थामा पुगेका छन् । मासिक करोडौँ रुपैयाँ राजस्व तिर्दै आएका व्यवसायीहरूले मार्कामा परेका गुनासो समेत गरेका छन् । मंगलबार जनकपुरधामस्थित फलफूल मन्डी अगाडि पत्रकार सम्मेलन गर्दै फलफूल तथा तरकारी व्यवसायीहरूले अदालतसहित जनकपुरधाम उपमहानगरपालिका तथा सम्बन्धित निकायहरू समक्ष आफूहरूलाई विस्थापन हुनबाट रोक्न आग्रह गरेका छन् ।हाल उनीहरूले सञ्चालन गर्दै आएको फलफूल मन्डी खाली गर्न अदालतले आदेश दिएका कारण एक्कासि अन्यत्र सर्न केही समय लाग्ने बताएका छन् ।उनीहरूले ‘फलको राजा आँप’को मौसम भएकाले आफूहरूले मगाइसकेका आँपहरू अन्यत्र सर्ने क्रममा ख

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 426 पटक पढिएको
  • यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 548 पटक पढिएको
  • आजको मौसमः मधेश प्रदेश तथा तराईमा तातो दिन हुने सम्भावना

    काठमाडौं— हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा कोशी, मधेश र बागमती प्रदेशको तराई भूभागमा मुख्यतया सफा लागेको छ। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ ।आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पह

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 420 पटक पढिएको
  • लुम्बिनी मन्त्रिमण्डलमा एमालेको ‘सर्जरी’, चार मन्त्री बाहिरिँदै, नयाँ अनुहार भित्रिने तयारी

    बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) ले मन्त्री हेरफेरको प्रक्रिया अघि बढाएको छ। पार्टीको निर्देशनपछि सरकारमा रहेका चार जना मन्त्रीले सामूहिक रूपमा पद त्याग्ने तयारी गरेका छन्।भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थी, वन तथा वातावरण मन्त्री खेम सारु मगर र ग्रामीण तथा शहरी विकास मन्त्री सीता शर्मा चौधरीले बुधबार राजीनामा दिने भएका हुन्। मन्त्री ढकालका अनुसार पार्टीको निर्णयअनुसार मौखिक रूपमा राजीनामाको जानकारी दिइसकिएको छ भने लिखित राजीनामा बुझाउने प्रक्रिया जारी छ। उनले मन्त्री पद व्यक्तिगत नभई पार्टीको जिम्मेवारी भएकाले पार्टीकै निर्देशन

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 146 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.