पोर्चुगल / अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदुतावासमा गुनासो गर्नेको सङ्ख्या बढेको छ । अहिलेसम्म १५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ ।बुधबार भएको सर्व
विराटनगर / प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण स्थगन भएको छ । नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टङ्क आङ्बोले नेकपा (एमाले)मा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाई सांसद् पदबाट खारेज गरेको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि सांसदहरुले नियमापत्ती गरेका थिए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले नियमापत्ति गरेपछि सभामुख भण्डारीले बैठक स्थगन भएको जानकारी दिएका छन् । सभामुखले बैठक नियमित रुपमा सञ्चालन गर्न पटक–पटक आग्रह गर्दा पनि सांसदहरुले उभ
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसमा सदस्य रहेका चार सदस्यको पद रिक्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराएका छन् । उनिहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो ।
मोरङ / मोरङ बिराटनगर १६ हुलासचौकमा लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १६ का २४ बर्षीय निखिल जोशी रहेका छन् । उनलाई आज बिहान साढे ७ बजे को २ ह ५८०६ नम्बरको अटो चलाउँदै गर्दा चेक जाँचको क्रममा सो ट्याम्पुबाट लागूऔषध स्पास्मो प्रोक्सीभन क्याप्सुल ३२० पिस फेला पारेको ईलाका प्रहरी कार्यालय रानीले बताएको छ । ट्याम्पो सहित जोशीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
बिर्तामोड / आफ्नै एक पूर्व कर्मचारीको योजनामा ललितपुरमा झन्डै एक करोडको चोरी भएको छ । ललितपुर महानगरपालिका–२८ हरीसिद्धी खरिबोट चोकस्थित अर्वन ओएसिस ईन्टरप्राईजेजबाट करिब ९५ लाख ७६ हजार ८ सय ५५ रुपैयाँ बराबरका २ सय ३८ थान विभिन्न कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका कार्टुन चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१५ सिचाहिटी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका–८ घर भएका ३२ वर्षीय यम कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–३२ नरेफाट बस्ने रामेछाप दोरम्बा गाउँपालिका–६ घर भएका २७ वर्षीय प्रदिप गौतम, काठमाडौं महानगरपालिका–९ ग
काठमाडौँ / प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भएको जानकारी दिएका छन् । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै सङ्ख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति (आइएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तर्र
बलेवा / बडिगाड गाउँपालिका– ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यहाँबाट हिमाली शुङ्खला, गुल्मी, पाल्पा र प्यूठानका धेरै स्थान देखिने भएकोले बडिगाड गाउँपालिका र वडाले पर्यटन क्षेत्र बनाउने उद्देश्यले पर्यटन प्रबद्र्धनको अभियान थालिएको हो ।पर्यटकको आर्कषणका लागि यहाँ सिद्धबाराही मन्दिर निर्माण थालिएको छ । वडा कार्यालयको अगुवाइमा गाउँपालिकाले रु १० लाख विनियोजन गरेपछि चालू वर्ष मन्दिर निर्माण भएको छ । मन्दिर निर्माण सकेर पर्यटकको आर्कषक गन्तव्य बनाउने योजना बनाइएको वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताएका
रसुवा / दुर्लभ रातो हाब्रे (रेडपाण्डा) चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमे निवासी ४७ वर्षका छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।रातो हाब्रे (रेडपाण्डा) चोरी शिकारी गरेको अभियोगमा जिल्ला अदालतबाट वि.सं. २०७५ सालमै दोषी प्रमाणित भएका तामाङलाई नियन्त्रणमा लिन प्रहरीले लामो प्रयास गरेको थियो । तातोपानी नजिकै गाईबस्तुको गोठमा लुकिछिपी बसेको अवस्थामा थाम्बुचेत प्रहरीले नियन्त्रयमा लिई कारागार चलान गरेको बताइएको छ । जिल्ला अदालतको फैसला
कञ्चनपुर / विभिन्न मुद्दाका फरार नौ प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । एक साताको अवधिमा प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये केहीलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ भने केहीलाई अदालतमा उपस्थित गराई जरिवाना तिराई छाडिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार चेक अनादर मुद्दामा दोषी ठहर भएका भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय अनिल रिजाल, लागुऔषध मुद्दाका भीमदत्त नगरपालिका–३ का २३ वर्षीय दिवश कुँवर, चोरी मुद्दाका पुनर्वास नगरपालिका–६ का
बिर्तामोड / नेपाल पत्रकार महासंघ प्रदेश १ मा प्रतिगमन विरोधी गठबन्धन प्यानलसहित विजयी भएएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी र अन्य संगठनहरुको गठबन्धन प्यानलसहित विजयी भएको हो ।अध्यक्षमा केपी ओली पक्षको प्रेस चौतारीका उम्मेदवार मोहन काजीलाई पराजित गर्दै लिलाभल्लभ धिमिरे निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा ओली समूहको प्यानलबाट चुनावी मैदानमा रहेका फिपराज बेघालाई पराजित गर्दै विवेक गौतम निर्वाचित भएका छन् ।खुला उपाध्यक्षमा लवदेव ढुङ्गाना, महिला उपाध्यक्षमा हिमा चेम्जोङ, खुला सचिवमा देबन्द्र कार्की, समावेशी सचिवमा सन्तोष यादव, कोषाध्यक्षमा बिमल लामिछाने निर्वाचति भएका छन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.