बिर्तामोड / अहिलेको समयमा कुनै सेवा वा सामान चाहिएको अवस्थामा गुगलमा सर्च गरेर खोज्ने प्रयोगकर्ताको संख्या निकै धेरै भइसकेको छ । यस्तोमा कार्यालय, सार्वजनिक निकाय, पसल, व्यवसायदेखि सबैका लागि गुगल म्यापको उपस्थिति अनिवार्य जस्तै भइसकेको छ ।यतिसम्म कि अब त हुलाक सेवाका लागि समेत गुगलको लोकेसन आधिकारिक रुपमा प्रयोगमा आइसकेको छ । कतिपय पटक यस्तो हुन्छ कि, गुगल म्यापमा कुनै एड्रेस सर्च गर्दा फेला पर्दैन ।यस्तोमा कुनै बेला साथीभाइ वा आफन्तलाई आफ्नो एड्रेस दिन पनि मुश्किल पर्न जान्छ । यदि तपाईं पनि यसैगरी अभावको सामना गरिरहनु भएको छ भने आज हामी तपाईंलाई आफ्नो कार्यालय, पसल वा उपलब्ध नभएका स्था
काठमाडौं / मानव बेचबिखन तथा ओसारपसार एवं संगठित अपराध मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका–५ घर भएका ३८ वर्षीय राजन भन्ने जगत बहादुर राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनको २०७६ चैत २ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट पक्राउ गरेको हो ।जगत बहादुर समेतले खाडी मुलुक ओमानमा घरेलु कामदारको रुपमा रोजगारी दिलाउने प्रलोभनमा पारी विना श्रम स्वीकृती गैह्रकान
काठमाडौँ / मुलुकको सबैभन्दा पुरानो उद्योगी व्यवसायीहरुको सङ्गठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् ।चेम्बरको आज सम्पन्न सत्तरिऔँ वार्षिक साधारणसभाले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको र त्यसको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाललाई निर्विरोध चयन गरेको हो । यसैगरी वाणिज्यतर्फ दीपक मल्होत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ उपाध्यक्षमा चयन भएकि छिन् । प्रमुख निर्वाचन अधिकृत रमेश महर्जनका अनुसार चेम्बरका अन्य उपाध्यक्षमा जिल्ला नगर समूहबाट दीपक श्रेष्ठ, वस्तुगत समूहबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य सङ्घबाट त्रिभुवनधर तुलाधर नि
काठमाडौँ / कुर्था–जयनगर रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावका कारण सो रेल सेवा शुरु हुन सकेको छैन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो रेलमार्ग गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो । सो खण्डमा सञ्चालनका लागि सरकारले खरिद गरेको रेल छ महिना पहिले आइपुगेको थियो । रेल आएपछि सञ्चालनका लागि आवश्यक जनशक्ति र अरु प्राविधिक तयारी गरिएको नेपाल रेल्बे कम्पनी प्रालिका महानिर्देशक गुरु भट्टराईले बताए । उनले भने, “कानून बनेपछि तुरुन्त नै रेल चलाउन सकिनेछ ।”आवश्यक जनशक्ति र इञ्जिन ल्याउनका लागि भारत सरकारसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ । कानून नआउँदासम्म इञ्जि
चितवन / पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझसम्म गणना सम्पन्न गरेर शनिबार दिउँसो नतिजा सार्वजनिक गरिँदै छ । उनले भने, “ध्रुवे हात्तीले अवरोध पु¥याएको क्षेत्रमा आज गणना गरेर भोलि नतिजा सार्वजनिक गर्दैछौँ ।” बरालका अनुसार गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ
काठमाडौँ / प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का संस्थापक अध्यक्ष तथा शिक्षाविद् डा सुरेशराज शर्माले नेपालमा बेरोजगारी समस्या समाधानका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण भएको बताएका छन् । सिटिइभिटीद्वारा आज राजधानीमा आयोजित एकदिने गोष्ठीमा डा शर्माले युवालाई गुणस्तरीय प्राविधिक शिक्षा दिई रोजगार प्रदान गर्नु आजको प्राथमिकता हुनुपर्छ भने । शिक्षालाई हेर्ने दृष्टिकोण पुनर्विचार गरिएन भने यसले विकास र समृद्धिमा टेवा नपुग्ने उनको जिकीर छ । “हामी कहाँ योजना बने पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर छ । त्यसैले योजना तयारीमै धेरै ध्यान दिनुपर्दछ”, उनको जोड छ । ‘सम
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन् ।विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व मदनमणि दीक्षित, पूर्वमन्त्री स्व रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, चिकित्सक प्रा. डा. दिव्यासिंह शाह लगायत छन् । यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा. सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्धितीय) बाट सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तिया
काठमाडौँ / काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ । अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । उनका अनुसार मर्मतका लागि सडक विभाग र महानगरपालिकाले चाँडो स्वीकृति दिँदा समस्या तत्काल समाधान गर्न सकिनेछ । विभिन्न स्थानमा साना समस्या देखिरहेको भए पनि ठूला समस्या नभएको उन्ले बताउ । उनले भने, “बिहानदेखि साँझसम्म पानी वितरण गर्ने र रातमा मर्मत भ
ओखलढुंगा / ओखलढुंगा चम्पादेवी गाउपालिका २ खोपगाउ का २० बर्षीय प्रकास सुनुवारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ । बिहीबार सोही स्थानमा रहेको लिखु खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेको थिए । खोलामा डुवेको स्थानिय मानिसहरुले देखि खोलाबाट निकालेर उपचारको लागी जिल्ला सिन्धुली खुर्कोट स्थित सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो । उपचारको क्रममा सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
बिर्तामोड / वहुचर्चित साँढे ३३ केजी सुन तस्करी प्रकरणमा तानिएका तर थप अनुशन्धान नगरीएका प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका व्यवसायी दिपक मल्होत्रालाई विवाद कै बिच सम्माति गरिएका छन् ।नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभामा होटल सोल्टीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मलहोत्रालाई अवार्ड प्रदान गरेका हुन् । विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै चेम्वर अफ कमर्सले उद्यमी तथा व्यवसायीहरुलाई सम्मान गरेको हो । कोभिड १९ महामारीमा नेपाल चेम्बर अफ कमर्शले बनाएको कोभिड राहत समितिका संयोजक एवं चेम्बर उपाध्यक्ष समेत रहेका मल्होत्रालाई सम्मान गरिएको हो ।सम्मानि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.