समाचार

    Showing 25,841-25,850 of 26,068 items.
  • हतियार प्रहार गरी विराटनगरमा एकको हत्या

    विराटनगर / विराटनगर महानगरपालिका वडा नम्बर ८ मा एक जनाको हत्या भएको छ। बलुवाई चौकका ५२ वर्षीय विको सहनीको गए राति हत्या भएको प्रहरीले जानकारी गराएको छ । घटनाको सुचना पाएर पुगेको प्रहरीले हत्या पछि मृतकका छोरा नै सम्पर्क वाहिर गएकाले उनैले हत्या गरेको आशंका गरेको छ । धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो । घाँटीमा गम्भिर चोट लागेका मृतकलाई अस्पताल लगे लगत्तै अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी गराएका छन् । 

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 313 पटक पढिएको
  • दुर्घटनाबाट १ जनाको मृत्यु

    बिर्तामोड   / बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व–पश्चिम लोकमार्गमा आज बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परि अर्जुनधारा ५ बैसाबारी का ३८ बर्षीय रामकान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  । पुर्व तर्फ जादै गरेको मे१ख २६२७ नम्बरको बसलाई सोही दिशातर्फ जादै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाईकलले ओभर ट्याक गर्ने क्रममा बसमा ठोकिन गई दुर्घटना भएको हो । दुर्घटनामा परि घाईते भएका चौधरीलाई उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा मृत्यु भएको हो ।  

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 208 पटक पढिएको
  • काभ्रेका ३३ जङ्गलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर

    काभ्रे / नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काभ्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट शुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ ।आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म नगरको दमकल, स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी र भकुण्डेस्थित २६ बाहिनीका नेपाली सेना प्रयासरत रहेको वडाध्यक्ष धर्म लामाले बताएका छन् । “आगलागी नियन्त्रण बाहिर गइसेकको छ, अब पुनः सबै मिलेर नियन्त्रणमा लाग्ने तयारीमा गर्दैछौँ”, उनले भने । उनका अनुसार अहिले ल्याँसे जङ्गलमा ठूलाठूला आगो र धुँवाको मुस्लो देखिएको छ ।आगलागी भएको जङ्गल छेउछाउ

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 63 पटक पढिएको
  • राष्ट्रियसभा अध्यक्षलाई प्रवासीको समस्या

    लण्डन / नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल हुन नसकेकाले तुरुन्त राजदूत पठाउन अनुरोध गरेका थिए । युरोप र नेपालबीच सिधा हवाई उडान गर्न माग गर्दै वक्ताहरूले गैरआवासीय नेपालीलाई दिने भनिएको नागरिकता नेपालमा रहने नेपाली सरह हुनु पर्ने तथा खाडी मुलुकमा रहेका लाखौँ नेपालीले सिकेको सीप र ज्ञानको उपयोग राज्यले गर्नु पर्ने जस्ता सुझाव र समस्या राखेका थिए ।सो अवसरम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले प

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 76 पटक पढिएको
  • बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यराति ढुङ्गा हानाहान

    काठमाडौँ / भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । आठ रात नौ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।हिजो दिउँसो ४ बजेदेखि रथ तान्न शुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय  दिपेश साँगाछें घाइते भएका छन् । घाइतेलाई तत्कालै

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 84 पटक पढिएको
  • मध्यरातमा फर्निचरमा आगलागी

    बागलुङ / बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ । रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो । क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताएका छन् । फर्निचरका सबै सामग्री जलेका छन् ।

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 54 पटक पढिएको
  • हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

    हुम्ला / सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार आर्थिक वर्ष २०७७÷०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो । “लिमिटेडले सिमकोट केन्द्रका लागि १४ हजार क्विन्टल चामल माग गरे पनि चैत २६ गते केन्द्रको परिपत्रअनुसार जम्मा सात हजार क्विन्टल

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 59 पटक पढिएको
  • सुनचाँदी व्यपारीको गोली हानी हत्या

    बिर्तामोड / लहानमा एक सुनचाँदी व्यपारीको गोली हानी हत्या भएको छ । लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मध्यराती सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई हत्या गरेको हो ।डकैती गर्न आएका आएका हतियारधारी समूहसँग प्रतिकारमा विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालको भनाई छ ।उनीमाथि हतियारधारी समूहले गोली प्रहार गरेको बुझिएको उनले बताए । पोष्टमापर्टम रिपोर्ट आएपछि कुन हतियार प्रयोग भएकोबारे यकीन हुने प्रहरीको भनाई छ ।हति

    • प्रकाशित मितिः चैत २९, २०७७
    • 70 पटक पढिएको
  • पछिल्लो आठ महीनामा गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि

    काठमाडौँ / मुलुकमा पछिल्लो आठ महीनामा आत्महत्या, जबर्जस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ । चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक क्रियाकलापमा केही कमी देखिए पनि गम्भीर प्रकृतिका घटनामा बढोत्तरी भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।उनका अनुसार तथ्याङ्क विष्लेषण गर्दा कर्तव्य ज्यान, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्या लगायत गम्भीर प्रकृतिका घटना सङ्ख्या बढेको छ । कुँवरले समग्रमा दर्ता भएका घटना हेर्दा गत आर्थिक वर्षको आठ महीनाको विवरणभन्दा यसपटक १६ दशमलव १६ प्रति

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 73 पटक पढिएको
  • व्यापार असन्तुलन घटाउनेतर्फ सरकार गम्भीर भएर लाग्ने छ : प्रधानमन्त्री ओली

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको पचपन्नौँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए ।उनले मजदूरका समस्या नरहेका बन्द, हडताल सधैँका लागि बन्द भएको र मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ सङ्कल्पका साथ अघि बढिरहेको बताउँदै मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गरे । उन

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 53 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.