समाचार

    Showing 25,821-25,830 of 26,068 items.
  • मनकामना केबुलकार नियमित सञ्चालन

    मुग्लिन/ मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । तेइस वर्ष पूरा भएको मनकामना केबुलकारको तीन चरणमा स्तरोन्नति गरिँदै छ । यस अवधिमा केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार छ दिन बन्द गर्ने सूचना जारी गरेकोमा निर्धारित समयअगावै काम सकिएपछि आजदेखि नै सञ्चालन गरिएको उहाँले बताउनुभयो । महाप्रबन

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 64 पटक पढिएको
  • करेन्ट लागेर दम्पत्तीको मृत्यु

    मकवानपुर / हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेका छन् ।  पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ ।मृतक दम्पतीको शव हाल हेटौँडा अस्पतालमा राखिएको कार्यलयले जनाएको छ । 

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 72 पटक पढिएको
  • नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

    दमौली / नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन् । नयाँ वर्षको क्रममा बन्दीपुरमा हरेक वर्ष पर्यटकको घुइँचो लाग्ने गर्दछ । गत वर्ष भने कोभिड महामारीका कारण बन्दीपुर सुनसान रहेकामा बन्दाबन्दी हटेसँगै विस्तारै पर्यटकको आगमन वृद्धि हुन थालेको बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष वैश गुरुङले बताएका छन् । “अहिले नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बाक्लिँदै गएको छ,” उनले भने । उनका अनुसार अहिले दैनिक तीन सय भन्दा बढी आन्तरिक पर्यटक बन

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 67 पटक पढिएको
  • विद्यालय बन्द नगर्न सरकारलाई सुझाव

    काठमाडौँ / कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् । नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताए । उनले कोरोना सङक्रमणको जोखिम कुनै ठाउँमा प¥यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको अधिकार स्थानीय सरकारलाई दिनु

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 59 पटक पढिएको
  • बुटवलमा तीन सङ्क्रमितको मृत्यु

    रुपन्देही / बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका –५ निवासी ७९ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । चैत २७ गते अस्पताल भर्ना हुन

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 55 पटक पढिएको
  • पर्वतका ३२ वनमा आगलागी

    पर्वत / गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । जिल्ला वन कार्यलयको तथ्याङ्कअनुसार पर्वतका करीब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार पर्वतमा वर्सेनि सयौँ हेक्टर जमीनमा आगलागी हुने गरेको छ । वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । डिभिवन वन कार्यलय पर्वतका

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 53 पटक पढिएको
  • लागुऔषध सहित २ जना पक्राउ

    सुनसरी  / धरान –३ शान्तिपथमा आईतबार बेलुका साढे ५ बजे चेकजाँचको क्रममा गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमि –६ का २० बर्षीय निगम राई र सोही स्थानका १९ बर्षीय शुक्रराज राई रहेका छन् । को१३प ६७८२ नम्बरको मोटरसाईकलमा सवार गरि आएका उनिहरुले बोकेको झोलाबाट लागूऔषध गाँजा २ केजी फेला परेको हो । उनिहरुले चढेको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 67 पटक पढिएको
  • करेन्ट लागी एकको मृत्यु

    मोरङ / सुन्दरहरैचा –७ गोठगाउका २६ बर्षीय बिनोद घिमिरेको करेन्ट लागी मृत्यु भएको छ । आईतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाईरिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 72 पटक पढिएको
  • मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु

    मोरङ / मोरङको लेटाङ –९ का ४५ बर्षीय रबिन्द्र कुमार  लिम्बुको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको छ । गत राती लेटाङ ९ पारुहाङ चोक स्थितमा मे९प ९५१ नम्बरको मोटरसाइकल चलाइरहेको वेला आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका लिम्बुको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 63 पटक पढिएको
  • ट्याक्टर दुर्घटनामा पाँचको मृत्यु, २२ जना घाईते

    चितवन / चितवनको राप्तीमा गए राती ट्याक्टर दुर्घटना हुदा पाँच जानको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. ११ आमपानीको चिउडे खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर पल्टदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।आइतबार साँझ ७ः३० बजे पहाडी क्षेत्र थाकलटारबाट चिउडेखोला तर्फआई रहेको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिएका छन् ।ट्याक्टरमा करिब २५ जना सवार भएको र त्यस मध्य पाँच जना को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य २२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भिर हरेको प्रहरीले जानक

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 81 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.