काठमाडौंँ / काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सानो ठिमी प्रहरी प्रभाग अगाडि भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएकामा मोटरसाइकल पछाडि सवार कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङ लालमठिया–५ बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौँ उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले
काठमाडौँ / सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ ।स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यवहारिक गतिविधिमा जोड दिनसकेको देखिँदैन । सुरक्षा निकायले पनि तुलनात्मकरूपमा आफ्ना गतिविधिलाई तीव्रता दिन सकिरहेको देखिँदैन । काठमाडौँमा प्राध्यापन गर्दै आउनुभएका पदम जोशी नागरिकले स्व–सावधानी उपाय अपनाएको समेत नपाइएको र कार्यान्वयन गर्ने निकायको प्रस्तुति पनि कमजोर रहेको पाइएको बताए
बागलुङ / बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु रु २० लिन थालिएको थियो ।जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ । सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आज सार्वजनिकरूपमा सूचितसमेत गरिएको छ ।यसअघि गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने यात्रुबाट रु २० लिने निर्णय गरेको थियो । ज्येष्ठ
बिर्तामोड / वास्तविक जग्गाधनीको मृत्यु भएको करिव सवा एक वर्षपछि नक्कली जग्गाधनी बनाएर बिर्तामोड – १ स्थित अदुवाखोला नजिक पुर्व पश्चिम राजमार्गमा पर्ने करोडौ मुल्यको १ कठ्ठा पौने १४ धुर जग्गा किनबेचमा संलग्न गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ भने थप ६ जना फरार रहेको जनाएको छ ।करोडौं मुल्य पर्ने जग्गा वास्तविक हकवालाले थाहा नै नपाई किनबेच भएको विषयमा ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेपछि सो विषयमा प्रहरीले एक महिना अघि वाट अनुशन्धान थालेको थियो । घटनामा संलग्न फरार हुने भयले प्रहरीले पक्राउ परेकाको विवरण गोप्य राख्दै आएको थियो । बिहिबार जिल्ला प्रहरी कार्यालय झापाले प्रेस सुचना
बझाङ / नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन् । उनलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो । सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भए पनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन् । जिल्ला कारागारमा समूहका पाँच कार्यकर्ता थिए । यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त भएका थियो । अझै तीन जना कारागारमै छन् ।प्रहरीले कठायतलाई विसं २०७७ मङ्सिर २७ गते धनगढीबाट पक्राउ गरेको थियो । जिल्ला कमिटी सदस्य कठायतलाई अबिरमाला, बाजासहित सदरमुकाम चैनपुर परिक्रमा गर
दाङ / दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा निर्वाचनमा मतदान गर्नुभएको थियो । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उहाँलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो । गोरक्ष राष्ट्रिय दैनिक दा
मुस्ताङ / मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो ।आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले बिहान ६ः३० देखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ः३० बजेसम्म सडक बन्द गरिएको जानकारी दिनुभयो । “म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक विस्तारलाई तीव्रता दिन सवारी रोकेर काम गर्ने निर्णय गरिएको हो”, उहाँले भन्नुभयो, “अन्य ठाउँमा पनि निर्माण व्यवसायील
पाँचथर / मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित रणशेर गणको टोलीले पुरानो सकेट बम निष्क्रिय पारेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् । खिया लागेको पुरानो सकेट बम त्रास फैलाउने उद्देश्यसहित राखिएको हुन सक्ने प्रनाउ थापाको भनाइ थियो । स्थानीयवासीले सकेट बमसँगै हस्तलिखित पर्चासमेत फेला पा
काठमाडौं / सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन रोक्न आदेश दिएको हो । सर्वोच्चको यो आदेशसँगै स्टिङ अपरेशनका आधारमा दायर गरिएका झण्डै ४ सय मुद्दा खारेज हुने भएका छन् ।आयोगले सरकारी कार्यालयहरुमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो । त्यसविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै यस्
मकवानपुर / मकवानपुरमा आज भएको दुई फरकफरक दुर्घटनामा एकको ज्यान गएको छ भने चार गम्भीरसहित आठ घाइते भएका छन् । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बा २ ख ९०२९ नम्बरको ट्रकले सोही ट्रकले उछिन्दै गरेकोे ना ३१ प ८४२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार हेटौँडा–१९, गुम्बाडाँडाका ३० वर्षीय गुणसिंह वाइबाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार दुर्घटनामा शरीरका विभिन्न ठाउँमा चोटपटक लागेर घाइते भएका उदयपुरका २७ वर्षीय मुकेश परियारको हाल हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । आजै मकवा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.