काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुशी अनुभव भएको बताएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएको धरहरा नजिकै बाहिरी आवरण उस्तै देखिने धरहरा निर्माणपछि आज आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उनले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनःनिर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताए । “इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनःनिर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौँ र नेपालको परिचयका रुपमा विश्वमा
काठमाडौँ / सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले कोरोना सङ्क्रमण महामारी नियन्त्रणका लागि देशभरका एक हजार ४०० भन्दाबढी सामुदायिक भवनलाई क्वारेन्टिन भवनका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ ।महासङ्घका अध्यक्ष भारती पाठकको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले वर्तमान विषम परिस्थितिमा फेकोफनका सम्पूर्ण तहगत संरचनाका साथै देशभरका उपभोक्ता समूहले सरकारले घोषणा गरेका मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।बैठकले सामाजिक दूरी कायम गर्न सचेतना कार्यक्रम तथा अभियान सञ्चालन गर्ने, गरीब विपन्न, दैनिक ज्यालादारी गरेर खाने वर्गका लागि स्थानीय सरकारसँगको समन्वयमा खाद्यान्न
काठमाडौँ / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आज यहाँ आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ संस्करणको उद्घाटन समारोहमा मन्त्री ज्ञवालीले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष असर परेकाले सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् । कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालले वार्षिकरुपमा अन्तरराट्रियरुपमा चलचित्र महोत्सव आयोजना गर्नुपर्ने जनाउँदै त्यसका ल
रुकुम / करेन्ट लागेर आज बिहान एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युत्का तारमा छुन पुग्दा करेन्ट लागेर रुकुम९पश्चिम०को चौरधारे नगरपालिका–१० घर भएका ३२ वर्षीय थलबहादुर विकको मृत्यु भएको हो । ढलान गरेर सडक बनाउन लागिएका ठाउँमा मजदूर विकले फलामको रड ठाडो पार्ने क्रममा विद्युत्को हाइटेन्सन लाइन एक्कासि छुन पुग्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताएका छन् ।करेन्ट लागेर गम्भीर घाइते विकलाई नजीकैको एपोलो अस्पतालमा उपचारका लागि पु¥याइएकामा उपचारकै क्रममा मृत्यु भएको प्र
काठमाडौँ / नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि उपत्यकाका सङ्ग्रहालय स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेरमात्र अवलोकन गराउन थालिएको छ । विद्यालय खुला हुँदा विद्यार्थी समूहमा आउने गरेकामा हाल समूहमा अवलोकनकर्ता नआउने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यालय प्रमुख सन्दीप खनाल बताउछन् । चैत दोस्रो सातासम्म सङ्ग्रहालयमा दैनिक ३०० भन्दा बढी अवलोकनकर्ता आउँथे । अहिले भने कोरोना त्रासका कारण आगन्तुक घटेका छन् । सङ्ग्रहालय प्रवेश गर्न मास्क अनिवार्य गरिएको छ । समितिका तर्फबाट प्रवेशढोकामा स्यानिटाइजर राखिएको उनले जानकारी गराएका छन् । सङ्ग्रहालयभित्र एकपटकमा २५ जनाभन्दा बढी अव
गोदावरी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण दर कम गर्न स्वास्थ्यका आवश्यक मापदण्डको पालना गर्न जर
गोरखा / गोरखा नगरपालिका बजार क्षेत्रमा सुनका गरगहनासहित नगद चोरी गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं ५ स्थित मार्गदर्शन टोलका अमृतबहादुर घर्तीको कोठाबाट नगद रु एक लाख र करिब एक तोला सुन चोरी गरी भागेका २१ वर्षीय सुकबहादुर कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिएका छन् ।पक्राउ परेका सिरानचोक गाउँपालिका–१ घर भएका कुँवरले गत बुधबार घर्तीको कोठमा पसी दराज फोडेर नगद र गरगहना चोरी गरी भागेका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान अघि बढाएको प्रहरीले कुँवरलाई घरबाट नै पक्राउ गरेको थियो । उनबाट चोरी गरेका
चितवन / जिल्ला प्रशासन कार्यालयले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गरी कोरोनाका कहरका कारण मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको हो ।मन्त्रिपरिषद्को निर्णयबमोजिम भरतपुर महानगरपालिकाभित्र रहेका शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र यही वैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ । यस्तै माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाबाहेक अन्य परीक्षा सञ्चालन गर्दा आलोपालो प्रणालीअनुसार सञ्चालन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब
कैलाली / कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मृतकका परिवारलाई क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै शुक्रबार बिहानैदेखि लम्कीचुहा नगरपालिकाअन्तर्गतको सो राजमार्ग अवरुद्ध गरिएको हो । बिहीबार गौरीगङ्गा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना४ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म८प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक
विराटनगर / ‘स्वच्छ र मर्यादित पत्रकारिता’का लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् ।पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै यस क्षेत्रको धन हो भन्ने कुरामा सबैले ध्यान दिन समेत आग्रह गरेका छन् ।प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘पत्रकार आचार संहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष लिलाबल्भ घिमिरे, महासङ्घ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनाल, पत्रकार महेन्द्र विष्ट, विजय खतिवडा, देवनारायण साह, अर्जुन आचार्य, ध्रुव भट्टराई, सत्यनारायण शर्मा, कुमोद अधिकारील
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.