नेपालगञ्ज / नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार, वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अवस्था सामान्य रहेका कारण होम आइसोलेशन बस्दै आउनुभएका ६५ वर्षीय पुरुष कोरोनाले च्यापेपछि वैशाख छ गते अस्पताल भर्ना भई उपचार गर्दै गर्दा आज बिहान २ः३० बजे मृत्यु भएको हो ।यसैगरी, वैशाख ८ गते कोरोना पुष्टि भएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५
बिर्तामोड / राज्यको पुनः संरचनाले स्थानीय तहको सरकारलाई सिंहदरबार झैँ शक्तिशाली बनाएको छ । पालिकाहरुबाट छुट्टै बजेटसमेत प्राप्त गर्दै आएको तल्लो तह वडाले विकास निर्माणको नेतृत्व गरेर गाउँमा सिंहदरबारको अनुभूति गराउन थालेका छन् । झापास्थित मेचीनगर नगरपालिका–५ मा यसै वर्षदेखि विभिन्न बस्तीमा सडक, विद्युत् र खानेपानीको सुविधा पुगेको छ । नगर क्षेत्र भए पनि सो वडामा विकट भौगोलिक अवस्थाका कारण भौतिक पूर्वाधारको विकास निर्माणमा पछाडि पर्दै आएको थियो । तर जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि चार वर्षयता विकासका गतिविधिले तीव्रता पाएको हो ।वडाध्यक्ष योेगेन्द्र थापाले दर्जनौँ खोल्साखोल्सी र खोला भएका
उदयपुर / उदयपुरको उदयपुरगढी –७ मा आज भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । उदयपुरगढीबाट गाईघाट तर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बलेरो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा बलेरोमा सवार रहेका १३ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट पठाईएकोमा उदयपुरगढी गाउँपालिका–१ का ३७ बर्षीय शिव खत्रीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी बिराटनगर पठाएको उक्त कार्यालयले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ / सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
मार्तडी / बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाई आठौँ जिल्लाका रुपमा ‘पूर्ण खोप सुनिश्चतता र दिगोपना’ घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति बाजुराद्वारा सुदूरपश्चिम प्रदेशका प्रदेश सभासदस्य तथा अर्थ विकास प्राकृतिक स्रोत समितिका सभापति गोविन्द कुवँरले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । जिल्लाका नौवटै पालिकाका जन्मेदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले सो घोषणा गरिएको स्वास्थ्य कार्या
बिर्तामो(एजेन्सी) उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो ।भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या रहेको तेजपुरमा निकै नराम्रोसँग हल्लाएको थियो । मानिसहरु त्रासका कारण सडकमा भेला भएका थिए भने केही घरमा क्षति पुगेको छ ।आसामको राजधानी
रुपन्देही / विपक्षी दलहरुको समावेदनअनुसार लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैशाख १९ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन आह्वान गरेका हुन् ।विशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव लैजाने कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुको तयारी रहेको छ । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पोखरेलले हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेका थिए । विशेष अधिवेशनआह्वानका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समावेदन दिएका थिए । १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।प्रदेशसभामा ८७ सांसद
काठमाडौं / बालुवाटार स्थित प्रधानमन्त्रीनिवास भत्काएर नयाँ भवन निर्माण गर्न गरिएको एउटा टेन्डर रद्द गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले गत चैत १ गते प्रधानमन्त्रीनिवासको प्राइभेट ब्लक निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । प्राप्त बोलपत्र प्रभावग्राही नभएको भन्दै कार्यालयले उक्त टेन्डर रद्द गरेको हो । प्रधानमन्त्रीनिवासको प्राइभेट ब्लक निर्माणका लागि पेश भएका बोलपत्रदाताहरूको बोलपत्र मूल्यांकन गर्दा सबै बोलपत्रहरु सारभूत रूपमा प्रभावग्राही नभएकाले सो बोलपत्र रद्द गरिएको आयोजना समन्वय कार्यालयका निर्देशकले जनाएका छन् । यसअघि
बझाङ / सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ । २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्शन प्रालिसँग करीब नौ करोडमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो ।नेपाल सरकार स्थानीय पूर्वाधार विभागको आर्थिक सहयोगमा शुरुको चरणमा २०७२ साल वैशाख ८ गते नीलगिरि र जागृति निर्माण सेवाले संयुक्त रूपमा पुल निमार्णको जिम्मा पाएका थिए । बीचको पिलरका लागि खाल्डो खन्दा ढुङ्गा भेटिएको भन्दै निर्माण कम्पनीले काम गर्न नसक्ने जनाएको थियो ।कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको पुल २०७७ सा
सुनसरी / सुनसरीको दुहबी नगरपालिका –८ फुटानी चोक स्थितमा रहेको पशुपती फ्याक्ट्रीका मजदुरको लिफ्टमा चेपिएर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार सम्सतिपुर का –१९ बर्षीय रुपेश कुमार रहेका छन् । मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.