समाचार

    Showing 25,661-25,670 of 26,068 items.
  • कोरोना जोखिम बढेपछि कारागारमा कैदीबन्दी भेटघाट बन्द

    दमौली / नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो । कारागार प्रशासनले गत वर्ष पनि कोरोना सङ्क्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो । कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्णरूपमा बन्द गरिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । “हाल कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनीकरणका लागि बाहिरका मान्छेलाई भित्र आउन दिएका छैनौँ”, उनल

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 62 पटक पढिएको
  • सीमा नाकामा हेल्थ डेस्क स्थापना

    नवलपुर / गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ । उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिए । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको अर्यालले बताए । गत वर्ष पहिलो लहरको कोरोना सङ्क्रमण हुँदा पनि त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट सीमा नाका हुँदै आवतजावत गर्नेको ज्वरो जाँच गर्दै उनीहरुको ठेगाना लेख्ने क

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 120 पटक पढिएको
  • वन निगममा ‘सिइओ’ नियुक्ति प्रक्रिया अन्तिम चरणमा

    काठमाडौँ / वन तथा वातावरण मन्त्रालयले ‘नेपाल वन निगम लमिटेड’मा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले सो पदमा दरखास्त दिने उम्मेदवारह मध्येबाट मोरङका पंकजकुमार दास, काठमाडौँका अच्युतराज पहाडी र बझाङका रामेश्वर भट्टराईको नामावली छनोट सूची परेको सूचना यही वैशाख १८ गते सार्वजनिक गरेको हो । ‘सर्टलिष्ट’ परेकाको वैशाख २६ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र २७ गते अन्तर्वार्ता गरिने परिक्षा तालिका मन्त्रालयले यस अघि नै प्रकाशन गरिसकेको मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले जानकारी दिए । यस अघि आवेदन परेकाहरूको वैशाख १५ र १६ गते

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 76 पटक पढिएको
  • ‘नागरिक एप’ को औपचारिक उद्घाटन : लाइनबाट होइन अनलाइनबाट

    काठमाडौँ / परीक्षण कालमा नै लोकप्रियता बटुलेको ‘नागरिक एप’ को आज औपचारिक उद्घाटन गरिएको छ । सम्पूर्ण नेपालीलाई डिजिटल सञ्जालमा गाँस्ने र त्यसैबाट सार्वजनिक सेवा  सहज रुपमा  नागरिकलाई उपलब्ध गराउने उद्देश्यले सो एप सार्वजनिक गरिएको छ । ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो एपको भर्चुअल  शुभारम्भ गरेका थिए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब लाइनबाट नभई अनलाइनबाट सरकारी सेवा प्राप्त गर्नका निम्ति सरकारले ‘नागरिक एप’ शुर

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 59 पटक पढिएको
  • बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

    काठमाडौँ / बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो । बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाही स्वरुप दुई लाख रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए। उनका अनुसार अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा रु ४.४६ पैसामा खरीद गरेको मास्कलाई रु ८.३८ पैसामा बिक्री गरेको पाइएको थियो ।उक्त सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन,

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 66 पटक पढिएको
  • दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट

    डडेल्धुरा / यहाँका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । परशुराम नगरपालिका–९ उदासीपुर गाईबाँधे र आलिताल गाउँपालिका–६ धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभाग कार्य प्रशासन शाखाको पत्रानुसार यस कार्यालयले उदासीपुर गाईबाँधे र धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रजिअ हरिप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा अस्थायी प्रहरी पोष्टको विधिवत् रुपमा उद्घाटन गरी कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।अहिले अस्थायी प्रहरी पोष्टका लागि स्थानीय सहकारको भवन र विद्यालयको भवनका चार कोठा लिइएको छ

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 79 पटक पढिएको
  • देशका २९ जिल्लामा निषेधाज्ञा र लकडाउन

    बिर्तामोड / पछिल्लो समय कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरको जोखिम बढेसँगै सरकारले उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा तथा लकडाउन जारी गर्न थालेको छ ।यसैक्रममा आइतबार थप ६ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । योसँगै देशका २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ ।जारी गरिएकामध्ये १९ जिल्लामा पहिलेदेखि नै कार्यान्वयनमा थियो भने तीन जिल्लामा गएराति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउँदैछ । आइतबारसम्ममा कूल २९ जिल्लामध्ये केहीमा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।पछिल्लो रिर्पोटअनुसार आइतबारदेखि गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा न

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 72 पटक पढिएको
  • चालु आर्थिक वर्षमा वन्यजन्तु आक्रमणबाट छ जनाको मृत्यु

    चितवन / चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् । तीमध्ये गैँडाबाट १०, भालुबाट सात, बँदेलबाट पाँच र हात्तीको आक्रमणबाट एकजना घाइते भएका हुन् । गत आर्थिक वर्षमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो । हात्ती र गैँडाले तीन÷तीन जनालाई आक्रमण गरी मारेको थियो । गत वर्ष वन्यजन्तुबाट ३४ जना घा

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 56 पटक पढिएको
  • मालपोत र नापी कार्यालयका सेवा स्थगित

    जनकपुरधाम / कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि धनुषा जिल्लाको मालपोत र नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको छ । मालपोत कार्यालयद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लामा पनि कोरोना प्रभावितको सङ्ख्या बढ़दै गएकाले महामारीको प्रकोपबाट बच्न मुद्दाबाहेकका सेवा अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको छ ।कार्यालय प्रमुख वासुप्रसाद कोइरालाले भीडभाड कम गरी कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउँदा पनि भीड बढ्ने क्रम नरोकिएकाले कार्यालयबाट प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको बताए । त्यस्तै आजदेखि नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा पनि स्थगन गर्ने निर्णय गरिएको

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 114 पटक पढिएको
  • लागुऔषध सहित २ जना पक्राउ

    बिराटनगर / धनकुटा र उदयपुरका २ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका –७ बाट धरान उपमहानगरपालिका –१९ का २३ बर्षीय भिमराज लिम्बु एभिल ४४ एम्पुल, लुपिगेसिक ३८ एम्पुल,  डिज्याल्याब  ४७ एम्पुल लागुऔषध सहित पक्राउ परेका हुन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका –६ चुहाडेबाट त्रियुगा नगरपालिका –१२ का २१ बर्षीय पप्पु मल्लिक डुम लागुऔषध डाईजेपाम  ६० एम्पुल, न्युफिन ६० एम्पुल, फेनारगन –६० एम्पुल र सिरिन्ज –१ थान सहित शनिवार साँझ ६ बजे पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनु

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 54 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.