समाचार

    Showing 25,591-25,600 of 26,068 items.
  • नागरिकको जीवन रक्षा गर्न अन्तरिम आदेश

    काठमाडौँ / सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र  अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनधुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न आज आदेश जारी गरेको हो ।“थप साधनयुक्त अस्पतालहरु सञ्चालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्नेसमेतका समस्याहरूको समयमै आवश्यक सम्बोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनू”, आदेशमा भनिएको छ, “अस्पतालहरुमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपू

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 54 पटक पढिएको
  • दुबई पुगेका झापाका चार युवा अलपत्र

    दमक / एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् । काम नपाएपछि त्यहाँ खान र बस्न नै समस्या भएको पीडित युवाको भनाइ छ । ती सबै युवालाई झापा, गौरादह–१ का विक्रम राई र लालबहादुर गजमेरले दुबईको चकलेट फ्याक्ट्रीमा काम दिने भन्दै जनही रु एक लाख ७० हजार असुलेर भ्रमण प्रवेशाज्ञामा विदेश पठाएका थिए । भनेअनुसार काम पाउन नसक्दा भोकै बस्नुपर्ने अवस्था आएको पीडित युवा निर

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 493 पटक पढिएको
  • नेपाल प्रवेशको लागि १३ नाका खुल्ला (नामसहित)

    काठमाडौं / कोरोनाको दोस्रो लहर आएसँगै नेपालमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले हाल राजधानी लगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिव्र फैलिएपछि नेपालसँग जोडिएको सीमानाकाहरुमा कडाई पारिएको थियो । तर, सरकारले नागरिकलाई सहज होस् भनेर भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका मात्रै खुला गरेको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको बताएका छन् ।गृहमन्त्रालयका अनुसार अहिले देशभ

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 64 पटक पढिएको
  • निशेषाज्ञाको उल्लङ्घन गरी भारतबाट काठ ल्याउने छ जना पक्राउ

    कञ्चनपुर / निशेषाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा ६० हजार मूल्य बराबरको सालको काठ सहित छ जनालाई पक्राउ गरेको हो ।काठसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । काठसहित पक्राउ परेकाहरुको नाम भने सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन ।यसैगरी सश

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 61 पटक पढिएको
  • चट्याङ लागेर एक घाइते, एक घर जल्यो

    ओखलढुङ्गा / ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ ।त्यस्तै दिउँसो ३ः१५ बजेको समयमा परेको चट्याङले चम्पादेवी गाउँपालिका–९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेका धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताएका छन् । दिउँसो ३ः१५ देखि शुरु भएको आगलागी प्रहरी र स्थानीय

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 54 पटक पढिएको
  • निषेधाज्ञाको दायरा बढ्यो, आजदेखि ७० जिल्लामा लकडाउन

    काठमाण्डौं / कोराना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लागू गरिएका जिल्लाको सङ्ख्या आजदेखि ७० पुगेको छ । ७० जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर पूर्ण निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ ।जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।देशभर सङ्

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 64 पटक पढिएको
  • चन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर

    चन्द्रागिरि / चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सो सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो ।अक्सिजनसहितको ३० शय्याबाट १०० शय्याको आइसोलेशन सेन्टर बनाइने सो वडाका अध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन् । नगरको सामाजिक विकास समितिका संयोजक खड्काले सो वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने पनि बताएका छन् ।सो सेन्टरमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको समूहले आइसोलेशनमा २४ सै घण्टा सेवा प्रदान गर्ने र ब

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 57 पटक पढिएको
  • पत्रकार केदार कोइरालालाई ५ वर्ष ३ महिना कैद

    काठमाडौँ / घरमा सहयोगीको रुपमा राखिएकी किशोरीलाई बलात्कार गरेको अभियोगमा पत्रकार केदार कोइरालालाई उच्च अदालत पाटनले ५ वर्ष ३ महिना कैदको सजाय सुनाएको छ ।  यसअघि ९ महिना जेल बसिसकेका कोइरालाले अब ४ वर्ष ६ महिना जेल जीवन बिताउनुपर्ने भएको छ । बहसका लागि कोइरालाको तर्फबाट भीमार्जुन आचार्य, सुनिल पोखरेल,रञ्जितभक्त प्रधानाङ्ग,ऋषिराम घिमिरेलगायतका कानुन व्यवसायीहरु उच्च अदालत पाटन पुगेका थिए । सरकारी वकिल भने एक्लै थिए । त्यसपछि अदालतका न्यायाधीशद्वय अच्युत बिस्ट र डा।नवराज थपलियाको इजलासले उक्त कैद आदेश दिएको हो ।यसअघि २०७५ साउन ८ गते दर्ता भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जिल्ला अदाल

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • 63 पटक पढिएको
  • प्रशासनद्वारा अक्सिजन सिलिन्डर बुझाउन आग्रह

    लमजुङ / जिल्ला प्रशासन कार्यालयले अक्सिजन सिलिन्डर बुझाउन आग्रह गरेको छ । कोरोना सङ्क्रमणको उच्च जोखिम बढिरहेको र अक्सिजन सिलिन्डर अभाव हुन नदिनलाई प्रशासनले आज एक विज्ञप्ती जारी गर्दै जिल्लाका व्यक्ति, कलकारखाना, उद्योग र संस्थालाई यस्तो आग्रह गरेको हो ।सङ्क्रमित दिनहुँ बढ्ने क्रममा अक्सिजन जस्तो अत्याश्वक वस्तुको आपूर्ति व्यवस्थापनमा विषेश ध्यान दिनुपर्ने भएकाले जो सँग जे  जति अक्सिजन सिलिन्डर छन् ति सबै प्रशासनमार्फत स्वास्थ्य कार्यालयमा अबिलम्ब बुझाएर सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दोस्रो लहरमा कोरोना सङ्क्रमित दिनहुँ वृद्धि हुन था

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 68 पटक पढिएको
  • लागूऔषध ओसारपसार गर्ने चार पक्राउ

    महेन्द्रनगर / कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन । पछिल्लो दुई दिनमा प्रहरीले खैरो हिरोइनसहित दुई भारतीयसहित चार  युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।प्रहरीले दुई दिनअघि यहाँको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका १६ वर्षीय कृष्ण सिंह र २५ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

    • प्रकाशित मितिः वैशाख २७, २०७८
    • 80 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.