काठमाडौं / निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै आचारसंहितको पालना गर्न अपिल पनि गरेको छ । “एकातर्फ आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्न नसक्ने भनि आलोचना पनि गर्ने र अर्कोतर्फ आफैँ आचारसंहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुँदैन । अतः निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानुनबमोजिम कारबाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचारसंहिताविपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ । निर्वाचन आचारसंहिता एक कानुनी आधार र
काठमाडौं / नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले मंगलवार विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमणले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द हुँदा विदेशी पर्यटक अलपत्र परेको भन्दै स्वदेश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका हुन् । ‘नेपाल आएका विदेशी पर्यटक आफ्नो भ्रमण सम्पन्न गरी आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकको विवरण संकलन गरी यसै आधारमा आवश्यक गन्तव्यको पहिचान गरी कम्तीमा प्रत्
काठमाडौँ / त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज नेपाल वायु सेवा निगम (एयरलाइन्स) को सबैभन्दा बढी सात र हिमालय एयरलाइन्सको चार उडान उडान तालिका रहेको छ । नेपाल एयरलाइन्सले चीनको बेइजिङ, सेनजेनमा समान एक तथा साउदी अरेबियाका दमाममा दुई उडान र रियादमा एक उडान भर्ने कार्यतालिका छ । भारतको नयाँ दिल्लीमा नियमित एक उडान हुनेछ । यस्तै हिमालय एयरलाइन्सले चीनको कुनमिङमा तीन र दमाममा एक उडा
काठमाडौँ / राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा सात उडानको तयारी गरिएको निगमले जनाएको छ ।यी भारतीय अन्तरराष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जानका लागि नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाएपछि उनीहरू अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमले सात र हिमालय एयरलाइन्सले तीन उडान गर्
सप्तरी / सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ । सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो ।जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका प्रमुखहरुको मङ्गलबार बसेको बैठकले स्थानीय तह तथा सो मातहत रहेका सम्पूर्ण शाखा, उपशाखा र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका छन् ।दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकी, फत्तेपुर मोडल पो
नवलपरासी / पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् ।बुधबार बिहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।म
काठमाडौं / सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै केक बोक्ने हेलिकप्टरबाट हुम्लामा औषधि पठाइदिन आग्रह गरेकी छिन् ।शाहीले भनेकी छिन्, ‘तपाईंको र मेरो लेनदेन केही छैन, तपाईं देशको अभिभावक मात्रै नभई मेरो पनि अभिभावक हो । म निरीह सांसद, हुम्ला पनि यो देशभित्रको जिल्ला हो । हुम्ला जिल्लाका बिरामीले एम्बुलेन्स चढ्न सकेका छैनन्, अहिले औषधि खानसमेत पाएका छैनन्, केक बोक्ने हेलिकप्टरबाट औषधि पठाएर यहाँका बिरामीको उद्धार गरिदिन अनुरोध गर्छु ।’शाहीले हेलिकप्टर चार्टर गर्ने सक्ने हुम्लाका जनताको हैसियत नभएको बताउँदै भनेकी छिन्, ‘बरु केक बोक्ने हेलिकप्टरबाट औषधि हुम्ला पठाइदिन
काठमाडौँ / देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभाव देखिएको छ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ उत्तर–उत्तरपश्चिम हुँदै गुजराततिर बढ्ने क्रममा रहेको छ । यस चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर नेपालको भू–भागमा पनि पर्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सो प्रणालीका कारण आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च
काठमाडौं / नेपालको सुशासन र परादर्शितामाथि ट्रान्सपरेन्सी इन्टरनेशनलले गम्भीर प्रश्न उठाइरहेकै बेला सरकारका मन्त्रीहरु नै आफ्नो सम्पत्ति लुकाउन सक्रिय छन् ।वैशाख २७ मा केपी शर्मा ओली सरकारले संसदबाट विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका मन्त्रीहरुले अघिल्लो कार्यकाल सम्पत्ति विवरण नै नबुझाई गुजारे । तिनै मन्त्री फेरि तीन दिनपछि साविककै मन्त्रालयमा बहाली भइसकेका छन् । तर, फेरि पनि उनीहरुले सम्पत्ति विवरण बुझाएका छैनन् ।सम्पत्ति विवरण नबुझाउनेमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, सहरी विकास मन्त्री प्रभ
बिर्तामोड / सर्वोच्च अदालतले कोभिड –१९ महामारीको अवस्थामा सरकार आफ्नो दायित्व प्रति गम्भिर नहुँदा उपचार ,अक्सिजन र अस्पतालमा वेड नै नपाएर मृत्यु हुनुपर्ने अवस्था आएको भन्दै सरकारका नाममा आदेश जारी गरेको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठले दायर गरेको सार्वजनिक सरोकारको रिटमा आदेश दिने क्रममा सर्वोच्चले राज्य आफ्नो दायित्वप्रति असंवेदशील बनेको टिप्पणी गरेको हो । सरकारले महामारीको तयारी समयमा नै नगर्दा नागरिक स्वास्थ्य उपचारको हकबाट बञ्चित भएको भन्दै सर्वोच्चले सरकारलाई महामारी नियन्त्रणको प्लान अफ एक्सन सहित आदलतमा उपस्थित हुन आदेश पनि दिएको छ । नागरिकको जीवन रक्षा गर्नु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.