समाचार

    Showing 25,511-25,520 of 26,068 items.
  • कोरोना महामारी, ५० प्रतिशत कामले पायो निरन्तरता

    काठमाडौँ / कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० वटा कामले मात्र निरन्तरता पाएको छ । “महामारी नियन्त्रणका लागि अहिले देश बन्दाबन्दीको अवस्थामा छ, अत्यावश्यक बाहेकका अन्य काम भएका छैनन्, आवश्यक पर्ने कामदार र निर्माण सामग्रीको पनि अभाव भएको र आयात गर्न समस्या भएकाले निर्माणको काममा समस्या आएको हो”, कामपा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भने ।  उनका अ

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 89 पटक पढिएको
  • सीमा नाकामा भिडन्त हुँदा सशस्त्र प्रहरी सहित नौ जना घाइते

    जलेश्वर / महोत्तरी जिल्लाको मटिहानी नगरपालिका –८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् । बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०/६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुङ्गामुढा गरेका थिए । करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भन

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 621 पटक पढिएको
  • झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै

    झापा / कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो । नेपाली सेनासँगको सहकार्यमा शव व्यवस्थापनको तालिम सञ्चालन शुरु गरिएको नेपाल स्काउटका १ नम्बर प्रदेश समिति सदस्य राम पौडेलले बताएका छन् । उनले सबै ठाउँमा सङ्क्रमितको शव व्यवस्थापन गर्न सेनालाई मात्रै हम्मेहम्मे परिरहेका कारण स्वयंसेवाका क्षेत

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 177 पटक पढिएको
  • उच्च अदालतको आदेश : विपन्नलाई भोजन देउ

    विराटनगर / उच्च अदालत विराटनगरले सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाका कारण विपन्न नागरिकलाई समस्या भएको भन्दै उनीहरुलाई भोजनको व्यवस्था गर्न आदेश दिएको छ । अधिवक्ता पेशलकुमार न्यौपानेले दायर गरेको रिटको सुनुवाइ गर्दै आइतबार  उच्च अदालतका न्यायाधीश प्रेमराज ढकालको इजलासले विपन्न नागरिकको पहिचान गरी भोजनको व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारका नाममा अन्तरीम आदेश जारी गरेको हो ।खान नपाएका कारणले मर्न सक्ने अवस्था आउन नदिनु राज्यको कर्तव्य भएको हुँदा निषेधाज्ञाको कारणले ज्याला मजदूरी समेत गर्न नपाई जीवन जोखिममा परेका नागरिकको पहिचान गरी  त्यस्ता नागरिकलाई भोजनको

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 203 पटक पढिएको
  • चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गर्न सकिने स्पष्ट गरेका छन् । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले  यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए ।प्रेस चौतारी नेपालले आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधान बमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट गरे । संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आध

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 314 पटक पढिएको
  • राष्ट्रपतिद्धारा नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी

    काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेका हुन् ।अध्यादेश जारी भएपछि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन मिल्ने भएको छ । अहिले जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।सत्ता जोगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता सम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए । उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भएको हो ।

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 174 पटक पढिएको
  • निर्वाचन अगाडि सबैलाई खोप लगाइने छ : प्रधानमन्त्री

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरस विरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसकेकी  छन् । नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको द

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 178 पटक पढिएको
  • मन्त्री गुरुङद्वारा पद तथा गोपनीयताको शपथ

    गण्डकी  / गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूद मन्त्री राजीव गुरुङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उहाँलाई शपथ  गराउनुभएको हो । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।गुरुङ यही जेठ ५ गते  गराइएको शपथ ग्रहण समारोहमा काठमाडौंमा भएका कारण उपस्थित हुनसकेका थिएनन् । नेकपा (एमाले)का समर्थनमा मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित गु

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 138 पटक पढिएको
  • रेग्मी आयरल्याण्ड र माल्टा तथा खड्का स्लोभाकका राजदूत नियुक्त

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूतमा आज नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएकी छन् । 

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 93 पटक पढिएको
  • डब्ल्यूएचओले अर्को साता नेपाललाई स्वास्थ्य सामग्री पठाउँदै

    काठमाडौं  / विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण बढिरहेको दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई ३४० मेट्रिक टनभन्दा बढी स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको छ ।यसैक्रममा अबको साता दिनमै नेपाललाई पनि स्वास्थ्य सामग्री उपलब्ध गराउने डब्लूएचओले जनाएको छ । नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइन लागेको डब्ल्यूएचओद्वारा जारी विज्ञप्तिमामा जनाइएको छ ।डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहका अनुसार हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरुलगायका मुख्य सामग्रीहर

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 82 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.