समाचार

    Showing 2,541-2,550 of 26,789 items.
  • सेती पुलको दोस्रो पटक म्याद थप

    कास्की। पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पु¥याइएको हो । सेतीको हालको पुलको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुईवटा पक्की पुल रु एक अर्ब सात करोड लागतमा निर्माण गर्नका लागि विसं २०७९ भदौ २६ गते ठेक्का सम्झौता गरिएको थियो ।  एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको पुल तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी एम÷एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता भए पनि काम नसकिएपछि गत

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 290 पटक पढिएको
  • रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने

    नारायणगढ। विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ ३० गते चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना हुने भएको छ । भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गर्न लागिएको हो । भरतपुरलाई अस्पतालहरूको सहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ । विशेषगरी गर्मीयाममा रगतको अभाव बढ्ने भएकाले रक्तदाताहरूलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेका छन् । हरेक वर्ष जुन १४ मा विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे सचेतना फैलाउने, रक्तदानका लागि प्रेरित गर्ने र रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 201 पटक पढिएको
  • प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

    बेनी। जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र कालीगण्डकी नदीको तीरदेखि विश्वको सातौँ अग्लो धौलागिरि हिमाल (आठ हजार १६७ मिटर) को पूर्वी मोहोडासम्म फैलिएको यहाँको मनोरम भूगोलले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । राहुघाट र कालीगण्डकी नदीको सङ्गमस्थलदेखि धौलागिरि आइसफल आधार शिविरसम्म फैलिएको रघुगङ्गाको नाम पनि धौलागिरिको काखबाट बग्ने रघुगङ्गा नदीबाट रहन गएको हो । मगर, छन्त्याल, थकाली, ठकुरी, बा

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 296 पटक पढिएको
  • नेपाली समाज, स्वास्थ्य र वातावरणमाथि सुर्ती उद्योगको बढ्दो भार

    देशबन्धु बिश्वामित्र:  के सुर्ती उद्योगले आफ्नै क्षतिको मूल्य तिर्ने दिन आउला? नेपाली समाज, स्वास्थ्य र वातावरणमाथि सुर्ती उद्योगको बढ्दो भार “सुर्ती उद्योगले नाफा कमाइरहने, तर त्यसले निम्त्याएको रोग, मृत्यु, प्रदूषण र आर्थिक भार जनता तथा सरकारले व्यहोर्नुपर्ने अवस्था कहिलेसम्म कायम रहने?” अहिले विश्वभर उठिरहेको यो प्रश्न नेपालका लागि पनि उत्तिकै सान्दर्भिक छ।विश्वव्यापी रूपमा सञ्चालन भइरहेको ‘ठूला सुर्ती कम्पनीलाई क्षतिको मूल्य तिराऔँ’ (मेक बिग टोबैको पे ) अभियानले सुर्ती उद्योगलाई उसले मानव स्वास्थ्य, वातावरण र अर्थतन्त्रमा पुर्‍याएको क्षतिको जिम्मेवारी बहन गराउनुपर्ने माग गरिरहेको छ। य

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 309 पटक पढिएको
  • जनपद तर्फ प्रहरी निरीक्षकहरू ५०९ जनाको सरुवा

    काठमाण्डौ । नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा गरिएको छ।प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जेठ २७ गतेको निर्णयानुसार देशभरका ५०९ जना इन्स्पेक्टरको सरुवा गरेको हो।विभागले सार्वजनिक गरेको विवरण अनुसार सरुवा भएका सबै प्रहरी अधिकारीहरूले आगामी असार महिनादेखिको तलब र भत्ता सरुवा भएकै नयाँ दरबन्दीबाट भुक्तानी पाउनेछन्। आवश्यकता र कार्यदक्षताका आधारमा नियमित प्रक्रिया अन्तर्गत यो सरुवा गरिएको प्रहरी प्रशासनले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 340 पटक पढिएको
  • दरबार हत्याकाण्डको पुनःछानबिन : राजनीतिक तरंग?

    देवेन्द्र किशोर:  नेपालको समकालीन राजनीतिक इतिहासमा २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्ड सबैभन्दा रहस्यमय, संवेदनशील र बहसको विषय बनेको घटना हो। तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा राजपरिवारका अधिकांश सदस्यको एकै रातमा हत्या भएको त्यो घटनाले  राजसंस्थालाई मात्र होइन, नेपाली राज्यव्यवस्था, जनमानस र राजनीतिको दिशालाई समेत गहिरो प्रभाव पारेको थियो। घटना भएको पच्चीस वर्ष पुग्न लाग्दा पुनः गृहमन्त्री नियुक्त भएका सुधन गुरुङले यस प्रकरणबारे पुनः छानबिन गर्ने प्रतिबद्धता सार्वजनिक गरेपछि नेपाली राजनीति फेरि एकपटक तरंगित बनेको छ।गृहमन्त्रीको यो अभिव्यक्तिले संसददेखि सडकसम्म नया

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 359 पटक पढिएको
  • मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे

    काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते संसद्मा प्रश्नोत्तरका क्रममा राखेको धारणाबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पारेपछि नेता आङदेङम्बेले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो ।आङदेङम्बेले सरकारले गरेका राम्रा काममा विपक्षीको साथ रहने तर देशको भूमिका विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति गलत भएको बताउनुभयो । कांग्रेसले राष्ट्रिय स्

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 281 पटक पढिएको
  • प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

    काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विवाद उत्पन्न भएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले नै सदनमा आएर जवाफ दिनुपर्नेमा जोड दिनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राईले संसद्प्रति सरकार उत्तरदायी हुनैपर्ने जिकिर गर्नुभयो । सत्तापक्ष र विपक्षीबीच सहमतिको प्रयासका कारण बिहान ११ः०० बजेका लागि प्रतिनिधिसभाको आजको बैठक अहिले १५ः१५ बजे सुरू भएको थियो ।विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उहाँले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन् ।

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 281 पटक पढिएको
  • इप्पान विवादः उपमहासचिव दुलालले अध्यक्ष कार्कीको भूमिकामाथि उठाए प्रश्न

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभाको संघारमा संस्थाभित्रको आन्तरिक विवाद सतहमा आएको छ । इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले अध्यक्ष गणेश कार्कीद्वारा यसअघि जारी प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै साधारणसभाको म्यान्डेट र संस्थाको विधान मिचेर निर्वाचन गर्न लागिएको आरोप लगाएका छन् । आगामी जेठ २९ गतेका लागि तय भएको साधारणसभामा संस्थालाई महासंघमा रूपान्तरण गर्ने पूर्वनिर्णय कार्यान्वयन नभएको भन्दै दुलालले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । उपमहासचिव दुलालका अनुसार, २०८० साल जेठ ३२ गते सम्पन्न २१औं साधारणसभाले भानु

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 319 पटक पढिएको
  • प्रहरीको ठूलो एक्सन : करिब ४१ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान नियन्त्रणमा

    रुपन्देही  ।   रुपन्देही प्रहरीको ठूलो एक्सन : करिब ४१ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।भन्सार छली तथा अवैध तस्करी नियन्त्रणमा कडाइ गर्ने सरकारी निर्देशनपछि रुपन्देहीमा संयुक्त सुरक्षा टोलीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ।गोप्य सूचनाका आधारमा रुपन्देही प्रहरी, सशस्त्र प्रहरी बल (APF) र भन्सार कार्यालयको संयुक्त टोलीले सिद्धार्थनगर–१ स्थित एक गोदाममा छापा मार्दा भारतबाट भन्सार छली गरी विभिन्न भित्री बाटो हुँदै ल्याइएका करिब ४१ लाख ३२ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो।बरामद सामानमा ५३ बोरा खर्बुजाको बीउ, ५४ कार्टुन कोलगेट पेस्ट, २२७

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 330 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.