समाचार

    Showing 25,471-25,480 of 26,068 items.
  • कनकाई नगरप्रमुखद्वारा पारिश्रमिकको सबै रकम अक्सिजन प्लान्टमा सहयोग

    झापा  / कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफूले नगरपालिकाबाट पारिश्रमिक तथा भत्तावापत प्राप्त गरेको रु १० लाख अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेका छन् ।कोभिड–१९ को महामारीमा अक्सिजनको माग उच्च भइरहेको हुँदा नगरमा सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न उक्त सहयोग दिएको नगरप्रमुख पोखरेलले बताएका छन् । उनले रु १० लाखको चेक नगरपालिकालाई हस्तान्तरण गरेको नगरका प्रमुख प्रशासकीय मोहनप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।विकासप्रेमी नगरप्रमुखको पहिचान बनाउनुभएका पोखरेलले निर्वाचित भएलगत्तै आफूले पारिश्रमिक र भत्तावापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका थिए ।

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 68 पटक पढिएको
  • एनआरएनले विश्वस्तरीय गायन प्रतियोगिता गर्ने

    लण्डन / विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’ आगामी असार ७ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ ।  प्रतियोगितामा नेपाल र सार्क मुलुकबाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन् ।प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार  जीवा  लामिछाने रहेका छन्। शनिबार

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 63 पटक पढिएको
  • बजेट : चुनाव लक्षित कार्यक्रम

    बिर्तामोड / अध्यादेशमार्फत लाइएको हुनाले आगामी बजेट पपुलिस्ट हुन नहुने सुझाव र दवाव विपरित सरकारले केही पपुलिष्ट कार्यक्रम ल्याएको छ ।कोरोना महामारी नियत्रन्त्रणका लागि विशेष बजेट तथा कार्यक्रम तय हुने अपेक्षा गरिएको भए पनि स्वास्थ्य क्षेत्रभन्दा बाहिरका पपुलिष्ट कार्यक्रमका लागि धेरै बजेट बिनियोजन भएको छ ।यस्ता छन् १० पपुलिष्ट कार्यक्रम–१. आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा दिने ।३. ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ३. ल्यापटप किन्न विद्यार्थीलाई ८० हजार सहुलिय ऋण र सिम कार्ड निःशुल्क दिने ।४. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 71 पटक पढिएको
  • बजेट : ६ वर्षमा १५ प्रतिशत बृद्धि

    बिर्तामोड / सरकारले सुरक्षाकर्मीलाई फेरि अन्याय गरेको छ । ६ वर्षको अवधिमा जम्मा १५ प्रतिशत राशनभत्ता बृद्धि गरिएको छ ।बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले १५ प्रतिशत राशनभत्ता बढाउने निर्णय गरेका हुन् । जबकी गृह मन्त्रालयले ३५ प्रतिशत बृद्धि गर्न सिफारिस गरेको थियो । पछिल्लो ६ वर्षमा करिब ३५ प्रतिशत महंगी बढेकाले सोही अनुसार रासनभत्ता बृद्धि गर्न सिफारिस भएको थियो । त्यसविपरीत थोरै मात्र बृद्धि भएको छ । जसअनुसार मासिक भत्ता करिब आठ सय रुपैयाँ बृद्धि हुनेछ ।सबै कर्मचारीको तलब भने दुई हजार बढाउने निर्णय भएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 68 पटक पढिएको
  • बजेट : काठमाडौंमा एक सय विद्युतीय बस सञ्चालन गरिने

    बिर्तामोड / सरकारले अगामी बर्षभित्रमा काठमाडौ उपत्यकामा एक सय विद्युतीय वस सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा सो कुराको जानकारी गराएका हुन् ।त्यस्तै विद्युतीय सवारी साधनको प्रयोग बढाउन काठमाडौ उपत्यकासहितका स्थानमा चार्जिग स्टेशन, टर्मिनल भवन लगायत अन्य पुर्वाधार निर्माण गर्ने सरकारले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 76 पटक पढिएको
  • बजेट : दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन गरिने

    बिर्तामोड/ सरकारले आगामी दुई वर्षभित्रमा दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्ने कार्यको थालनी गर्ने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणकार्य सरकारले गरिरहेको छ तर कोरोना संक्रमण फैलिएसँगै अन्वेषण कार्यमा संग्लग्न चिनियाँ टोली २०७६ चैतमा चीन फर्किएपछि यो कार्य रोकिएको छ ।चिनियाँ टोलीले दैलेखमा रहेको श्रीस्थान, नाबिस्थान र पादुकामा बलिरहेको ज्वाला पेट्रोलियम पदार्थ नै रहेको भनी विभिन्न चरणको अन्वेषणकै क्रममा जनाइएको थियो ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 90 पटक पढिएको
  • बजेट: मदन भण्डारी राजमार्गलाई ३ अर्ब २० करोड

    बिर्तामोड / सरकारले मदभण्डारी राजमार्गका लागि ३ अर्ब २० बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो आयोजनाका लागि सो बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।उनले हेटौं–सिन्धुली–धरान खण्डको निर्माण आगामी आथिउृक वर्ष भित्र सकाउने बताएका छन् । त्यसभन्दा पूर्वको खण्डको निर्माणको काम पनि आगामी वर्षमा अघि बढाउने बजेटमा उल्लेख छ ।सरकारले चुरे आसपासका क्षेत्रको विकासका लागि भन्दै २०७५ जेठ ६ इलामका रोङ गाउँपालिकाको सलकपुरदेखि डँडेलधुराको रुपाल जोड्ने ‘मदन भण्डारी राजमार्ग’ घोषणा गरेको थियो ।धेरैजसो यसअघि नै बनिसकेका स्थानीय स

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 63 पटक पढिएको
  • राष्ट्रपतिद्धारा बजेट सम्बन्धी तीन अध्यादेश जारी

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो ।मन्त्रिपरिषद्को आज बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । 

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 62 पटक पढिएको
  • कोभिडको उत्पत्तिबारे अध्ययनलाई राजनीतिकरण नगरौँ : डब्ल्यूएचओ

    जेनेभा(एजेन्सी) विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार कोभिड – १९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ ।अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेकोे संगठनले बताएको हो । जेनेभामा शुक्रवार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य संकटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, ‘सम्बन्धित सबैले यस (कोभिड–१९ को उत्पत्ति) को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ ।’‘यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 87 पटक पढिएको
  • सरकारी संस्थानमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध

    काठमाडौँ / सार्वजनिक संस्थानअन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा प्रत्यक्ष रूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध छन् । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार ४०४ र सबैभन्दा कम व्यापारिक क्षेत्रका संस्थानमा एक हजार २७९ रहेको छ ।औद्योगिक क्षेत्रका संस्थानमा कर्मचारीको सङ्ख्या आव २०७५/७६ मा दुई हजार १५६ रहेकामा आव २०७६/७७ मा कमी आई एक हजार ९५९ पुगेको मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको स्थितिमा उल्लेख छ । सार्वजनिक संस्थानले प्रदान गरेको रोजगारी अघिल्लो आव २०७५/७६ को तुलनामा एक दशमलव ३० प्रतिशतले कमी आएको छ । आव २०७६/७७ मा सार्वजनिक संस्थानक

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 57 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.