समाचार

    Showing 2,351-2,360 of 19,037 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १९ पैसा र बिक्रीदर १०० र

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 172 पटक पढिएको
  • आज २०८२ साल कात्तिक ०३ गते सोमबारको राशिफल

    मेष: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ। नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कृषि कार्यमा सफलता मिल्नेछ। छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ।वृष: मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमणीय र सुखद यात्राको योग छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।मिथुन: घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। स्वास्थ्यप्रति सजगता अपनाउनु पर्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला। भाग्यशक्ति कमजोर हुनाले चिताएको काममा सोचे जस्तो सफलता नमिल्ला।कर्कट: वि

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 297 पटक पढिएको
  • करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

    झापा— झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।मृतु हुनेमा ४९ वर्षीय लोकबहादुर गाइने रहेका छन् । उनले करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गर्दै गर्दा आफैँ करेन्टमा परेर मृत्यु भएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार घटना आइतबार दिउँसो अमलखुट्टा खोलामा भएको हो।घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 419 पटक पढिएको
  • जुवातास खेल्दै गरेका वडाध्यक्षसहित ६ जना पक्राउ

    दाङ— सल्यान जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।आइतबार बिहान करिब ५ बजे श्रीनगर निवासी लोकबहादुर बुढाथोकीको घरमा प्रहरी टोलीले छापा मार्दा सोही वडाका वडाध्यक्ष प्रदीप पाण्डे सहित ६ जनालाई तास खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। पाण्डे नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी डा. हेमबहादुर केसीका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरुमा लोकबहादुर बुढाथोकी, महोमत मिया, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका–६ का झपेन्द्र प्रकाश रोकाया रहेका छन्।उनीहरुको साथबाट १ लाख ७ ह

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 443 पटक पढिएको
  • कैलाली ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु १२ जना घाइते

    कैलाली— लम्कीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया गाउँपालिका–४ का ३५ वर्षीय हर्क साउद, १६ वर्षीय शीतल साउद र सोही ठाउँका ६४ वर्षीय दानबहादुर साउद रहेका छन् । दुर्घटनामा परी घाइते भएका १२ जनाको सनाखत भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए। घाइते हुनेमा बर्दगोरिया गाउँपालिका–४ का २१ वर्षीय तपेन्द्र साउद, १४ वर्षीय रविन साउद, १५ वर्षीय एति साउद, ४५ वर्षीय सिङ्गे साउद, ५० वर्षीय भीमबहादुर रोकाया, ४५ वर्षीय रुद्रलाल न्यौपाने, ७५

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 418 पटक पढिएको
  • प्रधान सेनापतिद्वारा श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं— प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका गणेशकुमार श्रेष्ठलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।सैनिक मुख्यालय जङगी अड्डामा आइतबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले श्रेष्ठलाई रथीको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पदोन्नतिसँगै रथी श्रेष्ठलाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्ले उनलाई गत असोज ३० गते रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 432 पटक पढिएको
  • माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

    काठमाडौं— एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति कार्तिक १५ गते देखि लागू हुनेछ ।नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ) को महत्त्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् ।दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्वका साथ सफलता हासिल गरेका उल्लेखनीय रेकर्डहरु रहेका छन् । एनसेलमा आवद्ध हुनु अघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 441 पटक पढिएको
  • जुम्लामा मार्सी धान भित्र्याउने चटारो

    जुम्ला । तिहारको चटारोसँगै यतिबेला जुम्लाका किसानलाई जुम्ली मार्सी धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ ।विश्वको अग्लो स्थान छुमचौरीदेखि आठवटै स्थानीय तहमा रहेका खेतका लटरम्म फाँटमा झुलेका कालीमार्सी जातको धान उत्पादन हुने गर्छ । धान पाक्ने सिजन भएकाले किसानहरु ब्यस्त बनेका हुन् । पछिल्ला बर्षहरुमा जुम्ली काली मार्सी धान उत्पादन घट्दै गइरहेको छ । कात्तिक महिनाको पहिलो साता मात्र धान काट्ने धान पछिल्ला बर्षहरुमा तापक्रम बढेकाले चाँडै भित्र्याउने गरिन्छ । जिल्लाभर २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने भएको भएपनि अहिले ६ हजार ३ सय ७७ मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने गरेको तथ्यांक छ ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 158 पटक पढिएको
  • ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

    काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा ऐतिहासिक उपलब्धि हात पारेको छ ।अस्पताललाई विश्व स्ट्रोक संगठन(डब्लुएसओ)ले ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ को रुपमा मान्यता प्रदान गरेको हो । नेपालमा यस्तो मान्यता प्राप्त गर्ने ग्राण्डी पहिलो अस्पताल बनेको हो ।डब्लुएसओले अस्पतालको गुणस्तर, पूर्वाधार, चिकित्सकीय सेवा, उपचार प्रक्रिया, र नतिजाको कडा मूल्याङ्कनपछि गत अक्टोबर १७ मा यो मान्यता प्रदान गरेको हो ।ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा न्यूरोलोजिस्ट तथा स्ट्रोक कार्यक्रम निर्देशक डा.राजु पौडेलले भने, ‘यो मान्यता हामीले नेपाली

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 176 पटक पढिएको
  • १६ अंक बढ्यो नेप्स, कारोबार रकम घट्यो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसुचक १६.६७ अंकले बढेको छ । यसअघि लगातार तीन कारोबार दिन घटेर बन्द भएको नेप्से आजभने बढेर २५०३.८५ बिन्दुमा पुगेर रोकिएको हो ।यसअघि बिहीबार १८.४० अंकले घटेको नेप्से २४८७.१७ अंकमा झरेर बन्द भएको थियो । यसदिन कुल ३२३ स्टकको २ अर्ब ७९ करोड ११ लाख ८९ हजार रुपैयाँको कुल ६१ लाख ९९ हजार ९ सय कित्ता शेयर करोबार भएको छ । यसअघि ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको थियो । यस हिसाबले अघिल्लो कारोबारको तुलनामा आजभने कारोबार घटेको छ ।आज सेन्सेटिभ इन्डेक्स २.१३, फ्लोट इन्डेक्स ०.९८ र सेन्सेटिभ फ्लोट इन्क्डेक्स ०.७२ अंकले बढेको

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 183 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा