समाचार

    Showing 2,291-2,300 of 25,330 items.
  • नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

    काठमाडौं— अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७८ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ८६ विन्दुमा कायम भएको हो ।आज तीन सय ३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।जीवन बीमा शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ४४ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव ०४, वित्त शून्य दशमलव १२,

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 403 पटक पढिएको
  • सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन

    काठमाडौं— बजारमा इन्धनको मूल्य घटाउन सरकारमाथि चर्को दबाब बढिरहेका बेला सरकारले भने मूल्य घटाउने सम्भावना तत्काल नरहेको स्पष्ट पारेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अन्तर्राष्ट्रिय आपूर्ति र मूल्य संरचनाका कारण सरकारले चाहेर पनि पेट्रोलियम पदार्थ सस्तो बनाउन नसक्ने बताएका हुन्।मंगलबार संघीय संसदअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले इन्डियन आयल कर्पोरेशन (आईओसी) ले निर्धारण गरेको मूल्यअनुसार इन्धन खरिद गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे। “महँगोमा किन्ने र सस्तोमा बेच्ने अवस्था छ, जसले गर्दा अघिल्लो सञ्चित नाफा पनि

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 444 पटक पढिएको
  • अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु

    एजेन्सी— अमेरिकाले कार्गो डुङ्गाहरूमा गरेको  आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ।अमेरिकी सेनाले छ वटा इरानी डुङ्गाहरुलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । इरानको कुनै पनि लडाकू जहाजहरू आक्रमण बाट प्रभावित भनएको जनाइएको छ ।ओमानको तटमा खसाबबाट इरानतर्फ जाँदै गरेका दुई वटा कार्गो डुङ्गाहरूमा अमेरिकी सेनाले आक्रमण गर्दा डुङ्गामा सवार पाँच जना सर्वसाधारण नागरिक यात्रुहरूको मृत्यु भएको जनाइएको छ ।  अमेरिकी कमाण्डका प्रमुख ब्राड कुपरले  भने अमेरिकी सेनाले छ वटा इरानी  डुङ्गाहरूमा स्ट्रेट अफ होर्मुजमा डुबाएको बताउनु

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 425 पटक पढिएको
  • जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

    तनहुँ— ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्की रहेका छन् ।शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रूपाकोटबाट खटिएको प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 432 पटक पढिएको
  • समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठदेखि रकम फिर्ता गरिने

    काठमाडौं— सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थामा जम्मा भएको बचत फिर्ता प्रक्रिया अघि बढाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ।समितिका सदस्य–सचिव रविन ढकालले आगामी जेठको पहिलो सातादेखि बचत फिर्ता गर्ने काम सुरु गरिने जानकारी दिएका छन्। उनका अनुसार यसअघि मागदाबी गरिसकेका बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर भुक्तानी प्रक्रिया अघि बढाइनेछ।त्यस्तै, विभिन्न कारणले समयमै दाबी पेश गर्न नसकेका बचतकर्ताका लागि पुनः अवसर दिइने भएको छ। समितिले साउनको पहिलो सातादेखि पुनः आवेदन दिने व्यवस्था मिलाउने तयारी गरेको जन

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 440 पटक पढिएको
  • एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

    काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे देशभरका आयोजना ठप्प पार्ने चेतावनी दिएको छ।महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै करिब ३२ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध रहेको यस छाता संगठनले हालको आर्थिक अवस्था, विशेषगरी पूँजीगत खर्च न्यून हुँदा पूर्वाधार क्षेत्रमा गम्भीर असर परेको जनाएको छ।चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित पूँजीगत बजेटमध्ये हालसम्म करिब २७ प्रतिशत मात्रै खर्च भएको महासंघको दाबी छ।मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, मट्टितेल लगायत इन्धनको मूल्यमा अत्यधिक वृद्धि भएको र त्यसको प्रत्यक्ष असर निर्माण क्षेत

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 444 पटक पढिएको
  • पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

    जाजरकोट— पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन्। उनीहरूले भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिक अझै अस्थायी बासमै जीवन गुजार्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।२०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा व्यापक जनधनको क्षति पुर्याएको थियो। उक्त विपद्मा १ सय ५० भन्दा बढी नागरिकको ज्यान गएको थियो भने हजारौं घरधुरी प्रभावित बनेका थिए।भूकम्पपछिको पुनस्र

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 439 पटक पढिएको
  • राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् ।राष्ट्रपति पौडेलले आज ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् ।राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकोमा सरकारले हिजो (सोमबार) स्वीकृतिका लागि पुनः सिफारिस गरेको थियो ।सरकारबाट पुनः सिफारिस गरिएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 477 पटक पढिएको
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालनमा ल्याउने तयारी

    काठमाडौं— बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी छ । आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको जेठ अन्तिममा परीक्षण (ट्रायल) सम्पन्न गरी साउनदेखि नियमित सञ्चालन सुरु गरिनेछ । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार गरेको स्थलगत अनुगमनका क्रममा आयोजना प्रमुख नेपालले सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।उनका अनुसार गत वर्ष साउन–भदौमा परेको भारी वर्षाका कारण पश्चिमी छेउमा पहिरो जाँदा टोल बुथ संरचनामा क्षति भएपछि निर्माण तथा सञ्चालनम

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 405 पटक पढिएको
  • उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभामा नयाँ कार्यसमितीका लागि मतदान सुरु

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ । काठमाडौंको कमलादिस्थीत प्रज्ञा प्रतिष्ठानमा आज बिहानदेखि मतदान सुरु भएको हो ।महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । जिल्ला/नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ ।जिल्ला/नगर उपाध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा छ भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा दुई/दुई जनाको उम्मेदवारी परेको छ । विभिन्न पदमा व्यवसायीहरूले प्यानलसहित चुनावी प्रतिस्पर्धा तीव्र बनाएका छन् ।वरिष्ठ उप

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 391 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.