समाचार

    Showing 2,281-2,290 of 19,019 items.
  • दोस्रो ठूलो चाड तिहार भाइटीका सङै सकियो तिहार

    काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन  दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।यमपञ्चक समेत भनिने तिहारको छैटौं एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ।दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 390 पटक पढिएको
  • शिवकुमार बिक पेस्तोलसहित पक्राउ

    काठमाण्डौ । ललितपुरबाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् ।खोटाङ साकेला गाउँपालिका स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिवकुमार बिक पक्राउ परेका हुन् । मापसे गरेर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले खानतलास गर्दा कम्बरमा भिरेको मनी व्यागमा ५००००४९१ नम्बरको चाइनिज पेस्तोल (म्याग्जिनसहित) फेला परेको ललितपुर प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले चार लाख ७८ हजार रुपैयाँ पनि बरामद गरेको छ ।

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 243 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।राती पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 238 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५  पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २० पैसा र बिक्रीद

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 240 पटक पढिएको
  • आज २०८२ साल कात्तिक ०७ गते शुक्रबारको राशिफल

    मेष - ठूलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह बेवास्ता नगर्नुहोस्, नत्र काम बिग्रन सक्छ।वृष - जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु हुनेछ। व्यापारमा लाभ मिल्नेछ, पुराना समस्याहरू सुल्झने संकेत छन्। शुभचिन्तकको साथ पाइनेछ।मिथुन - प्रभाव जमाउने समय हो। अघिल्लो मिहिनेतबाट धन लाभ हुने छ। रोकिएका काम अघि बढ्नेछन्। पढाइ र व्यापार दुवैमा फाइदाको संकेत छ ।कर्कट - इच्छाशक्ति बलियो बन्नेछ, प्रयास सफल हुनेछन्। परिवारमा आत्मीयता बढ्नेछ। फुर्सदको घडी रमाइलो हुने सम्भावना छ।सिंह - समयको सही उपयोग नगर्दा अवसर छुट्न सक्छ। दौडधुप धेरै तर प्

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 381 पटक पढिएको
  • राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा  ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण  गरेको थियो  । भाइटीकाको उत्तम साइत  तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।  यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनी

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • 191 पटक पढिएको
  • आज दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ मा उत्तम साइत

    काठमाण्डौ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभा

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • 213 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।मौसमविद्हरूका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ।दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदै बाँकी भूभागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका केहि स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।राति पनि अधिकांश भूभागमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केहि स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • 229 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • 205 पटक पढिएको
  • आज २०८२ साल कात्तिक ०६ गते बिहिबारको राशिफल

    मेष - नयाँ व्यवसाय वा योजना सुरु गर्न अनुकूल समय रहेकोछ। आर्थिक गतिविधिमा प्रगति देखिनेछ भने आम्दानीका स्रोतहरू मजबुत बन्ने संकेत छन्। अध्ययनमा सकारात्मक प्रगति हुनेछ। प्रेमजीवनमा रमणीय यात्रा वा अविस्मरणीय क्षणको सम्भावना छ।वृष - स्वास्थ्य सामान्यतया सन्तोषजनक रहनेछ। जग्गा-जमिन वा भौतिक सम्पत्तिसँग सम्बन्धित कार्यमा फाइदा हुने सम्भावना छ। व्यापारमा लगानी विस्तारको अवसर प्राप्त हुन सक्छ। यद्यपि, अध्ययनमा अपेक्षित सफलता प्राप्त गर्न थप प्रयास आवश्यक हुनेछ।मिथुन - पढाइ तथा प्रतिस्पर्धात्मक क्षेत्रहरूमा सफलता प्राप्त गर्न थप मेहनत आवश्यक हुनेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। आफन्त

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • 272 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा