समाचार

    Showing 2,241-2,250 of 19,019 items.
  • सुनको मूल्य तोलामा ११ हजार ६ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ।आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारपछि सुनको मूल्य तोलामा रु ११ हजार ६०० र चाँदी तोलामा रु दुई सय ६५ ले घटेको हो। कात्तिक ३ गते सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी रु तीन हजार २८० मा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 461 पटक पढिएको
  • नयाँ चार मन्त्री थपिँदै, आज २ बजेपछि शपथ

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । आइतबार ४ जना मन्त्री नियुक्त गरेर शपथ गराउने तयारी भएको हो ।डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउने तयारी भएको छ।उनीहरूको शपथका लागि दिउँसो साढे २ बजेको समय तोकिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 419 पटक पढिएको
  • नेपाल र अमेरिका मैदानमा, टस जितेर नेपाल बलिङमा

    काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अहिले अमेरिकासँग खेलिरहेको छ  । दुबईको मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । लिग–२ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिएको हो । पछिल्ला चार भिडन्तमा नेपालले तीन खेल जित्दा एक खेल हारेको छ । अमेरिकाले पनि तीन खेल जित्दा एक खेल हारेको छ । आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग-२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।दो

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 447 पटक पढिएको
  • नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा ससुरालीमा लुकेर बसेको अवस्थामा पक्राउ

    काठमाडौं— नवलपरासी कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पाल्पामा पक्राउ गरेको छ।कास्की पोखरा महानगरपालिका–२१ का २८ वर्षीय समिर गुरुङ आइतबार बिहान पक्राउ परेका हुन्। प्रहरी चौकी प्रभास, पाल्पाको टोलीले तानसेन नगरपालिका–१० साडीखोलास्थित उनको ससुराली घरबाट बिहान करिब ३ बजे उनलाई नियन्त्रणमा लिएको हो।पाल्पा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार गुरुङ लागुऔषधसम्बन्धी मुद्दामा जेल सजाय भोग्दै आएका थिए। उनी गत २४ भदौमा ‘जेन–जी आन्दोलन’का क्रममा नवलपरासी कारागारबाट फरार भएका थिए।पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय पाल्पामा बुझाइएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 418 पटक पढिएको
  • गुल्मीमा ट्याक्टर दुर्घटनामा मृत्यु

    गुल्मी, ९ कात्तिकः मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सहचालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।     गए राति मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आइरहेको रा१त ३५०२ नम्बरको ट्याक्टर उकालोमा लोड तान्न नसकी ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको सूचना अधिकारी सारुले जानकारी दिनुभयो ।  ट्याक्टरबाट हामफाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्य

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 201 पटक पढिएको
  • पोखरा भरिभराउः लामो बिदाले बढायो आन्तरिक पर्यटन

    पोखरा, ९ कात्तिकः केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ ।अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा । यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 188 पटक पढिएको
  • पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

    म्याग्दी, ९ कात्तिक : अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो ।पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरदयाममा नसोचेको सङ्ख्यामा पर्यटक आएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । “अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीम

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 182 पटक पढिएको
  • वार्ताको लागि सरकारको निमन्त्रणा स्वागतयोग्य, परिणाममुखी समाधान आवश्यक:दुर्गा प्रसाईं

    काठमाण्डौ ।  मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईले सरकारले आफूलाई वार्ताका लागि आधिकारिक रूपमा बोलाएको खण्डमा त्यसको स्वागत गर्ने बताएका छन् ।उनले जनताको आवाज सुन्ने कदमलाई सकारात्मक भन्दै अहिलेको सरकारले जिम्मेवारीबोधका साथ पहल गरेको मूल्यांकन गरेका हुन् ।  सामाजिक सञ्जालमार्फत प्रसाईले भने,“सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन हो।”प्रसाईंले,“वार्ता गर्न बोलाउनु मात्र पर्याप्त होइ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 283 पटक पढिएको
  • छठको दोस्रो दिन आज ‘खरना’, यसरी मनाइँदै

    काठमाण्डौ  ।  श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् ।चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । शन

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 215 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।राती भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने बताइएको छ ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 269 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा