जनकपुर— मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार विहान मधेश प्रदेश सभामा रहेको सभामुखको कार्यकक्षमा सभामुख यादवले पदभार ग्रहण गरेका छन् ।सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रदेश सभाबाट हुने कामकाजलाई चुस्त दुरुस्त र कानुन सम्मत बनाएर अघि बढ्ने जानकारी दिए । उनले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार प्रदेश सभालाई प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे ।सभामुख यादवले विगतमा भएजस्तो नातावाद र दलतन्त्र हावी हुने कुनै कार्य आफू बाट नहुनेमा ढुक्क हुन आग्रह गरे । उनले विभिन्न बाधा र अडचनका कारण कार्यान्वयन नहुन सकेको भ
काठमाडौं— माइतीघरमा प्रदर्शन गरेका रविकिरण हमालसहितलाई प्रहरीले केहीबेर नियन्त्रणमा राखेर छोडिदिएको छ । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका गरेका थिए । उक्त प्रदर्शनमा सामेल भएका हमालसहित ५ जनालाई केहीबेरअघि नियन्त्रणमा लिएको थियो ।प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् । ढुंगानासहितले प्रहरीसमक्ष सामूहिक गिरफ्तारी दिने तयारी गरे पनि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय क्षेत्रमै रोकिदिएको छ ।
काठमाडौं— वैदेशिक रोजगारीको नाममा अमेरिका पठाइदिने आश्वासन दिई ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–१३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–४ बस्दै आएका २४ वर्षीय सुजन आले मगर रहेका छन्।सुजनले आकर्षक तलबको प्रलोभन देखाउँदै अमेरिका पठाइदिन्छु भनी पीडितबाट २ लाख ५५ हजार रुपैयाँ लिएका थिए । त्यसपछि सुजन सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–११ बाट पक्राउ गरेको जनाएको छ।पक्राउ परेका सुजनलाई थप अनुसन्धान तथा कानुन
रामेछाप— निर्माण व्यवसायीले काम नगरेर लामो समयसम्म अलपत्र पारेको रामेछापको खाँडादेवी गाउँपालिकाको पकरबास–गोगनपानी–गाल्पा सडकको काम पुनः सुरु भएको छ ।कूल १० किलोमिटर लामो पकरबास–गोगनपानी–गाल्वा सडक कालोपत्रे गर्ने जिम्मा दिवार ओमबुद्ध÷अर्याल कन्ट्रक्सनले ४३ करोड रुपैँयामा लिएका थिए । १८ महिना भित्र काम पुरा गर्ने गरी २०७८ सलमा ठेक्का सम्झौता भएको सो सडक ४ वर्षदेखि अलपत्र छ ।सडकको काम समयमा नभएको भन्दै स्थानीय जनप्रतिनिधिले जिल्ला पूर्वाधार कार्यालय रामेछापमा तालाबन्दी समेत गरेका थिए । निर्माण व्यवसायीले पटक पटक काम गर्ने सहमति गरेको भए पनि काम हुन सकेको थिएन ।अहिले सो सडकको पकरबासदेखि खाँडादेवी
काठमाडौं— पूर्वमहान्यायाधिवक्ता रमेश बडालले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक रहेको दाबी गरेका छन् ।नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले मुलुकका प्रमुख अंगहरू व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र चौथो अंगका रूपमा रहेको मिडिया चारैतर्फबाट आक्रमणको सामना गरिरहेको अवस्थामा संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।‘रेलको लिकबाट बाहिरिएको संवैधानिक प्रक्रियालाई पुनः लिकमा ल्याउने प्रयास हामी अघि बढाउन चाहन्छौं, सम्पूर्ण आम नेपाली जनतालाई चाँही यो प्रक्रियामा स
काठमाडौं— ललितपुरमा बोरामा प्याक गरेको अवस्थामा शव भेटिएको घटना अनुसन्धानका क्रममा अर्का एक व्यक्तिको पनि हत्या भएको खुलेको छ ।हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव आज भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको छ ।यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको थियो ।सो घटनाको अनुसन्धानको क्रममा प्रहरीले सुरुमा देवराज ढुंगेललाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछको क्रममा जयराज अधिकारीको नाम लिएपछि प्रहरीले आज बिहान सिन्धुलीबाट
हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा–सुविधाबाट प्राप्त रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक अति विपन्न चेपाङ दम्पतीको घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री बानियाँले धुसर बस्ने ५० वर्षीय लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घरको चाबी हस्तान्तरण गरेका हुन् ।कैलाश गाउँपालिकाले अति विपन्न परिवारको रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा केही महिनाअघि घर निर्माण सुरु गरिएको थियो ।करिब आठ लाख रुपैयाँ लागतमा तीन कोठाको जस्ताले छाएको घरसहित शौ
काठमाडौं— सामाजिक सञ्जालमा फेक एकाउन्ट प्रयोग गरी नाबालिकाको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडा डी गाउँका २७ वर्षीय सन्दिप चन्द रहेको साइबर ब्यूरोले जनाएको छ ।चन्दले महिलाको तस्वीर प्रयोग गरी फेक एकाउन्ट बनाइ नाबालिकासँग मित्रता गाँसेका ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए । त्यसपछि विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारेर आपत्तिजनक सामग्री माग्ने तथा सुरक्षित राख्ने गरेको अनुसन्धानबाट खुलेको अवस्थीको भनाइ छ।नाबालिकाले असहयोग गरेपछि ती सामग्री पीडितको विद्यालयका साथी तथा आफन्तसँग सामाजिक सञ्जालमार्फत पठाई चरित्रहत्य
काठमाडौं— नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान अवस्थामा फागुन २१ गतेको चुनाव अनिवार्य भएको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नम्बर ४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको कस्तो परिणाम आउछ भन्ने कुरा पछिको विषय भएको भन्दै अहिले संविधानलाई आफ्नो बाटोमा फर्काउनको लागि फागुन २१ गतेको चुनाव अनिवार्य भएको बताए ।उनले भने, ‘आजको समयमा चुनाव हुन्छ कि हुदैँन्, चुनाव भएन भने के होला चुनाव हुदैँ गर्दा शान्तिपूर्ण होला कि नहोला भन्ने एउटा पाटो छ । यो कुरामा नेपाली काङ्ग्रेसको तर्फबाट पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नु पर्छ । कि फागुन २१ गते चुनाव गर्ने
काठमाडौं— सप्तरीको तिरहुत गाउँपालिकाबाट हराइरहेका चार जना बालबालिका सोमबार सशस्त्र प्रहरीले सकुशल फेला पारेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहको टोलीले उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रबाट फेला पारेको हो।फेला पर्ने बालबालिकामा तिरहुत गाउँपालिका–३ गोइठीका अन्दाजी ७ वर्षीया श्रिष्ठी कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार र ६ वर्षीया कृष्ण सरदार रहेका छन्।गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले शंकास्पद अवस्थामा देखेपछि सोधपुछ गर्दा बालबालिकाले आफ्नो ठेगाना र यात्रा उद्देश्य स्पष्ट रूपमा बताउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.