समाचार

    Showing 1,991-2,000 of 26,789 items.
  • सांसदको दबाबपछि कोशी सरकार ब्याक, १ अर्ब पुनः बाँडफाँट गर्दै बजेट संशोधन

    विराटनगर— बजेट वितरणमा आफ्नै दलका सांसददेखि प्रतिपक्षसम्मको तीव्र विरोध खेपेको कोशी प्रदेश सरकारले अन्ततः बजेट संशोधन गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा १ अर्ब रुपैयाँ पुनः बाँडफाँट गर्ने तथा रातोकिताबमा रहेका त्रुटि सच्याउने प्रतिबद्धतासँगै करिब १० दिनदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन हुने वातावरण बनेको हो।आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले शुक्रबार प्रदेशसभामा सम्बोधन गर्दै बजेट निर्माणका क्रममा देखिएका कमजोरी स्वीकार गर्दै सांसदहरूले उठाएका जायज माग सम्बोधन गरिने बताए।उनका अनुसार विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ समपर्बण गरी छुटेका योजना समेटिने,

    • प्रकाशित मितिः असार २०, २०८३
    • 547 पटक पढिएको
  • वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    काठमाडौं— वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो।नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्दै नारायणी अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो।मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहु

    • प्रकाशित मितिः असार २०, २०८३
    • 468 पटक पढिएको
  • पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा

    काठमाडौं—  फिफा विश्वकप फुटबलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।डलास स्टेडियममा शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा इजिप्ट ४–२ गोलले विजयी बन्यो।इजिप्टले खेलको १३औँ मिनेटमै इमाम आशुरको हेडमार्फत गोल गर्दै अग्रता लिएको थियो। तर दोस्रो हाफको ५५औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियाले खेल १–१ को बराबरीमा ल्याएको थियो।सपछि दुवै टोलीले थप समयमा गोल गर्न नसकेपछि खेल

    • प्रकाशित मितिः असार २०, २०८३
    • 771 पटक पढिएको
  • मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं— देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको छ।आज दिनभर हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदू

    • प्रकाशित मितिः असार २०, २०८३
    • 533 पटक पढिएको
  • कोशी प्रदेशमै पहिलो पटक दूरबिन प्रविधिबाट मेरुदण्डको सफल शल्यक्रिया

    झापा :  झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १८ वर्षीय युकेश लिम्बू केही सयमयता देब्रे खुट्टा नचल्ने समस्याले पीडित थिए । मेरुदण्डको नसाच्यापिएपछि दैनिक हिँडडुलमा कठिनाइ बढ्दै गएको थियो । परिवारले दमकमा रहेको एक अस्पतालमा उपचारको प्रयास गरे पनि शल्यक्रियाबारे स्पष्ट विकल्प पाउन सकेका थिएनन् ।अन्ततः उनले बिर्तासिटी अस्पतालमा डा. रुपेशजंग  वेलवासेलाई भेटे र यो प्रविधिका विषयमा डा. वेलवासेले जानकारी दिए । डा. वेलवासेको सल्लाह अनुसार उनको परिवारले यो प्रविधिबाट उपचार गराउन शुरु ग¥यो । असार १८ गते गरिएको दूरबिन (एन्डोस्कोपिक) प्रविधिको शल्यक्रियापछि लिम्बूको उपचार सफल भएको छ । अस्पताल

    • प्रकाशित मितिः असार २०, २०८३
    • 414 पटक पढिएको
  • सिराहामा सशस्त्र प्रहरीको सक्रियता ९ लाख बढीको अवैध सामान बरामद

    सिरहा ।  गृहमन्त्री सुदन गुरुङको विशेष निर्देशन र 'एक्सन' पछि सीमा क्षेत्रमा सुरक्षा र निगरानी तीव्र पारिएको छ । यसै क्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाले सीमा क्षेत्रबाट ठुलो परिमाणमा अवैध सामान बरामद गरेको छ ।बिहीबार सीमा क्षेत्रका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकजाँच अभियानका क्रममा भन्सार छली अवैध रूपमा भित्र्याइएका लत्ताकपडा, किराना सामग्री तथा एउटा मोटरसाइकलसहित ९ लाख २६ हजार ८ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका उक्त सामग्रीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुझिलिन र थप अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्या

    • प्रकाशित मितिः असार २०, २०८३
    • 348 पटक पढिएको
  • राजनीतिक हस्तक्षेपमुक्त रेडक्रस : सामाजिक संस्थाको शुद्धीकरणको ऐतिहासिक अवसर

    देवेन्द्र किशोर  ।   नेपालका सामाजिक संस्थाहरू नागरिक सेवाका लागि स्थापित स्वतन्त्र र गैरनाफामूलक संरचना हुन्। यस्ता संस्थाहरूले राजनीतिक स्वार्थभन्दा माथि उठेर मानवता, निष्पक्षता, तटस्थता र स्वेच्छासेवाको भावनाअनुसार काम गर्नुपर्ने हुन्छ। तर विगत केही दशकदेखि नेपालका धेरै सामाजिक संस्थाहरू राजनीतिक दलहरूको प्रभाव, गुटगत स्वार्थ र शक्ति संघर्षको अखडा बन्दै गएका छन्। त्यसको सबैभन्दा चर्चित उदाहरण नेपाल रेडक्रस सोसाइटी बनेको छ।रेडक्रस विश्वव्यापी रूपमा मानवताको सेवामा समर्पित संस्था हो। यसको अस्तित्व सात आधारभूत सिद्धान्त—मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वेच्छासेवा, एकत

    • प्रकाशित मितिः असार २०, २०८३
    • 402 पटक पढिएको
  • तत्काल सुकुम्बासीहरुको व्यवस्थापन नभए सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी

    काठमाडौं / होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था नाजुक भएकाले केन्द्रीय संयुक्त संघर्ष समितिले तत्काल व्यवस्थापनको लागि माग गरेको छ ।शुक्रवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी समितिले सुकुम्बासीहरमाथिको सरकारी अमानवियताविरुद्ध संघर्षको चेतावनी समेत दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी बहुमत, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल लगायतका दलहरूको केन्द्रीय संघर्ष समितिले सरकारद्वारा होल्डिङ सेन्टरको अनुगमन गरी सुकुम्बासीहरूको अवस्थाबारे नियामक निकायहरको ध्यानकर्षण समेत गरेका छन् । संघर्ष समितिले डोजर पीडितहरूको पक्षमा बोल्ने क्रममा पक्राउ

    • प्रकाशित मितिः असार १९, २०८३
    • 179 पटक पढिएको
  • अध्यादेशबाट हटाइएका स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीको व्यवस्था फेरि ब्युँताउने तयारी

    काठमाडौं— सरकारले अध्यादेशमार्फत हटाएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसम्बन्धी पुरानो कानुनी व्यवस्था पुनः लागू गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संसद्मा दर्ता गरेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८३’ मा यसअघि खारेज गरिएका व्यवस्थालाई पुनः कायम गर्ने प्रस्ताव गरिएको हो।विधेयकको दफा ८ मा अध्यादेशबाट खारेज गरिएका प्रावधान नयाँ ऐन लागू भएसँगै स्वतः पुनः कायम हुने व्यवस्था गरिएको छ। यसअघि सरकारले अध्यादेशमार्फत विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसम्बन्धी व्यवस्था हटाउँदै पद रिक्त गराएको थियो।विध

    • प्रकाशित मितिः असार १९, २०८३
    • 438 पटक पढिएको
  • निर्धारित समयमै महाधिवेशन गरेर चुनावी तयारी थाल्छौं : डा. डिला संग्रौला

    विर्तामोड — नेपाली कांग्रेसका सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीले निर्धारित समयमै महाधिवेशन सम्पन्न गरी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी अघि बढाउने बताएका छन्।नेपाली कांग्रेस झापाले आयोजना गरेको पदाधिकारी, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय समिति, गाउँ–नगर सभापति, नेविसंघ, तरुण दल र महिला संघका प्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई समयअनुकूल र प्रविधिमैत्री बनाउने अभियान तीव्र पारिएको बताए।वर्तमान समय डिजिटल युगको भएको उल्लेख गर्दै संग्रौलाले सामाजिक सञ्जालमा हुने ‘स्टन्टबाजी’ले मुलुकको राजनीतिलाई प्रभावित बनाएको टिप्पणी गरे। त्यसैले कांग्रेसले पनि डिजिटल माध्यमबाट क्

    • प्रकाशित मितिः असार १९, २०८३
    • 465 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.