समाचार

    Showing 1,831-1,840 of 26,789 items.
  • प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्दै

    काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, निर्माण व्यवसायका व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बिहान साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम रहेको छ ।नि

    • प्रकाशित मितिः असार २५, २०८३
    • 152 पटक पढिएको
  • मेची राजमार्गको माइखोला खण्डमा सडक भासियोः चार जिल्लाको आवागमन ठप्प

    इलाम / मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला राजदुवाल खण्डमा सडकको ठुलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।निरन्तरको वर्षा, कमजोर भूबनोट तथा जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर बगेपछि पूर्वी पहाडी जिल्लाहरूको लाइफलाइन मानिने यो राजमार्ग अवरुद्ध भएको हो । सडक भासिएर सवारी साधन वारपार गर्नै नमिल्ने भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापा तराई सँग जोड्ने मुख्य मार्ग बिहीबार बिहानबाट विच्छेद भएको छ । राजमार्ग ठप्प हुँदा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारी साधन, बिरामी बोकेका एम्बुलेन्स र गन्तव्यतर्फ हिँडेका सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परे

    • प्रकाशित मितिः असार २५, २०८३
    • 137 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार ?

    काठमाडौं / नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २४ सयले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँमा बारोबार भइरहेको छ । बुधबार २ लाख ८७ हजार १ सय रुपैयाँमा कारेबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३४० रुपैयाँमा बारोबार भएको छ । बुधबार चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • 159 पटक पढिएको
  • २५ जनाको ज्यान लिने ध्रुवे हात्ती फेरि गायब

    चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर हालै भरतपुर–२३ मा आमा–छोराको ज्यान लिएको जंगली हात्ती ‘ध्रुवे’ दुई दिनदेखि सम्पर्कविहीन बनेको छ। घाँटीमा जडान गरिएको जीपीएस रेडियो कलरले समेत सिग्नल नदिएपछि निकुञ्जको टोली र नेपाली सेनाले खोजी तीव्र बनाए पनि ध्रुवेको अवस्थाबारे कुनै जानकारी मिल्न सकेको छैन।निकुञ्जले ध्रुवेलाई बेहोस बनाएर नयाँ स्याटलाइट रेडियो कलर जडान गर्ने र दाह्रा काट्ने तयारी गरिसकेको भए पनि हात्ती फेला नपर्दा योजना रोकिएको छ। अधिकारीहरूका अनुसार ध्रुवे निकै चनाखो भएकाले खतरा महसुस हुनासाथ जंगलको गहिराइमा लुक्ने गर्छ।मानिसमाथि आक्रमणका कारण कुख्यात ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाल

    • प्रकाशित मितिः असार २५, २०८३
    • 142 पटक पढिएको
  • पूर्वी सीमामा गृहमन्त्रीको अप्रत्याशित छड्के दौडाहा: तस्करी नियन्त्रण, सुरक्षा सुशासन र जनविश्वास पुनःस्थापनाको संकेत

    देशबन्धु बिश्वामित्र  ।   नेपाल–भारत खुला सीमाले दुई देशबीचको ऐतिहासिक, सामाजिक र आर्थिक सम्बन्धलाई सहज बनाएको छ। तर यही खुला सीमाको दुरुपयोग गर्दै हुने तस्करी, अवैध ओसारपसार, सीमा अपराध, कमजोर प्रशासनिक निगरानी तथा सेवा प्रवाहमा देखिने सुस्तताले लामो समयदेखि राज्यका लागि चुनौती सिर्जना गर्दै आएको छ। यस्तो परिस्थितिमा वर्तमान गृहमन्त्री सुधन गुरुङले असारको तेस्रो साता कोशी प्रदेशका संवेदनशील पूर्वी सीमावर्ती जिल्लाहरूमा पूर्वसूचनाबिनै गरेको स्थलगत निरीक्षण  औपचारिक सरकारी भ्रमण होइन, सुरक्षा प्रशासनलाई परिणाममुखी बनाउन खोजिएको सशक्त सन्देशका रूपमा हेरिएको छ।मोरङ, सुनसरी र झ

    • प्रकाशित मितिः असार २५, २०८३
    • 308 पटक पढिएको
  • २४ घण्टामै ट्राफिकको ‘हाइ अलर्ट’, २ हजारभन्दा बढी चालक कारबाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकै दिन व्यापक कारबाही चलाएको छ। पछिल्लो २४ घण्टामा २ हजार ६६ जना सवारी चालक ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्।कारबाहीबाट १८ लाख ६० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।सबैभन्दा बढी कारबाही अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २ सय ३७ चालकलाई गरिएको छ। त्यसपछि लेन मिच्ने, राइड सेयरिङ नियम उल्लङ्घन गर्ने, ट्राफिक बत्ती नमान्ने, तीव्र गतिमा सवारी चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक पनि कारबाहीको सूचीमा परेका छन्।

    • प्रकाशित मितिः असार २५, २०८३
    • 139 पटक पढिएको
  • ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा

    काठमाडौँ / आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन भएको सोही शीर्षकको चलचित्र गीतिकथामा आधारित रहेर ‘गौँथली’ तयार गरिएको हो ।सानै उमेरमा विवाह हुने बालिकाको पढ्ने चाहनालाई कथामा तयार गरिएको गीति फिल्म ‘गौँथली’ को कथा लेखनका साथै निर्माण डाक्टर भोला रिजालले गरेका हुन् । सोही शीर्षक र भावमा रहेर डा. रिजालकै छोरा डा. कपिल रिजालले ‘गौँथली’को निर्माण तथा निर्देशन गरेका छन् । निर्देशक डा।रिजालको यो दोस्रो फिल्म हो, यसअघि उनले ‘ह्यारीकी प्यारी’ नामक फिल्म निर्देशन गरिसकेका छन् ।बेलायतमा दन्त चिकित्सकका रुपमा प्रसिद्ध डा।रिजाल पछिल्लो समय फिल्मको

    • प्रकाशित मितिः असार २५, २०८३
    • 135 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं / राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । सभापति रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, (२०८३), सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, (२०८३), ग. सहकारी (पहिलो संशोधन) विधेयक, (२०८३) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, (२०८३) पेस गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • 140 पटक पढिएको
  • विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्म नवीकरण

    काठमाडौं / फिफा विश्वकप २०२६ मा इजिप्टले ऐतिहासिक प्रदर्शन गरेपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्मका लागि नवीकरण गरिएको छ ।इजिप्ट फुटबल संघ ईएफएले बुधबार जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष हानी अबो रिदाले मुख्य प्रशिक्षक होसाम हसन र टोली निर्देशक इब्राहिम हसनको सम्झौता नवीकरण गर्ने निर्णय सञ्चालक समितिले अनुमोदन गरेको जानकारी दिएका छन् । यस विश्वकपमा मोहम्मद सलाहको कप्तानीमा रहेको इजिप्टले अन्तिम–१६ राउन्ड अफ १६ सम्मको यात्रा तय गर्दै नयाँ इतिहास रचेको थियो । सन् २०१८ पछि पहिलो पटक विश्वकप खेलेको इजिप्टले आफ्नो चौथो विश्वकप सहभागितामै उत

    • प्रकाशित मितिः असार २५, २०८३
    • 135 पटक पढिएको
  • आईपीओ जारी गर्दै ईस्ट सोलार कम्पनी

    काठमाडौं / सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने भएको छ ।कम्पनीले आईपीओ निष्कासनको तयारीस्वरूप बुधबार नेश्नल क्यापिटल नेपालसँग निष्कासन तथा बिक्री प्रबन्धक इश्यु म्यानेजर नियुक्तिसम्बन्धी सम्झौता गरेको हो । सम्झौतापछि ईस्ट सोलारका प्रमुख कार्यकारी अधिकृत सीईओले झापा जिल्लाको बैगुनधुरामा निर्माण गरिएको ५ मेगावाट क्षमताको बैगुनधुरा सोलार परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार आयोजना निर्माण सम्पन्न हुने र आईपीओ निष्कासन प्रक्रिया एकैसाथ अघि

    • प्रकाशित मितिः असार २५, २०८३
    • 163 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.