समाचार

    Showing 1,801-1,810 of 19,011 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 117 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३६ पैसा र ब

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 140 पटक पढिएको
  • आज २०८२ साल कात्तिक २१ गते शुक्रबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामकाे सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफ

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • 179 पटक पढिएको
  • काठमाडौं महानगरले माग्यो २३ अग्नि नियन्त्रक, योग्यता पुगेकाले आवेदन दिन सकिने

     काठमाडौं— काठमाडौँ महानगरपालिकाले करारमा २३ जना नगर प्रहरी जवान (अग्नि नियन्त्रक) माग गरेको छ।महानगरपालिकाले आज सूचना जारी गर्दै १५ दिनभित्रमा अनलाइन आवेदन दिन अनुरोध गरेको छ।महानगरपालिकाले अग्नि नियन्त्रकसँगै हलुका सवारी चालक १९ जना र कार्यालय सहयोगी २ जना पनि माग गरेको छ।महानगरपालिकाका अनुसार हरेक सेवा/समूह/तहका लागि तीन हजार आवेदन शुल्क लाग्ने छ।राजस्व तिरेको सक्कल रसिद,नागरिकता, शैक्षिक योग्यता,सम्बन्धित विषयको कार्य अनुभवको प्रमाणपत्र स्क्यानसहित वेबसाइट www.kathmandu. gov.np मा रहेको अनलाइन आवेदन प्रणालीमार्फत दरखास्त दिनुपर्ने छ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 405 पटक पढिएको
  • कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले राष्ट्रिय कलाकार र पत्रकारहरुसँग कला क्षेत्रका समस्यालगायतका विषयमा छलफल गरेका छन् । बुधबार कलाकारहरुले आफ्नो क्षेत्रमा भोग्नु परेको समस्याहरु र आगामी दिनमा यस क्षेत्रको विकासका लागि राज्यले गर्नुपर्ने कामहरुका विषयमा उनले छलफल गरेका हुन् । छलफल कार्यक्रममा मन्त्री खरेलले कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुन नहुने बताए । कतैबाट दबाव र अभाव भइरहेको छ भने त्यो तत्काल अन्त्य हुनुपर्ने कुरामा आफू प्रतिबद्ध रहेको धारणा राखे । ‘कलाकारिता जस्तो सृजनशिल क्षेत्र भनेको यस्तो हो जहाँ कुनै दबाव र अभाव

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 526 पटक पढिएको
  • ३८ करदाता सेवा कार्यालय खारेज, सरकारको वैकल्पिक व्यवस्थाबारे स्पष्टिकरण

    काठमाडौं— अर्थ मन्त्रालयको मातहतमा रहेको आन्तरिक राजस्व विभागले देशभरका ३८ करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयबारे स्पष्टीकरण जारी गरेको छ। उक्त निर्णयपछि उठेका प्रश्न र टिप्पणीहरूको जवाफस्वरूप विभागले वैकल्पिक सेवा व्यवस्थाबारे जानकारी दिएको हो।करदाता सेवा कार्यालयहरूले गर्दै आएका स्थायी लेखा नम्बर प्रमाणपत्र वितरण लगायतका काम अब सम्बन्धित स्थानीय तहमार्फत उपलब्ध हुने विभागले जनाएको छ । विभागका अनुसार स्थानीय तहबाट ती सेवा पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने भएकाले अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ।स्थानीय तहमा सेवा प्रारम्भ नभएसम्म ती कार्यहरू सम्बन्धित जिल्लाका कोष तथा लेखा न

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 544 पटक पढिएको
  • कृषिक्षेत्रमा सुधार नभएको किसान सञ्जालको आरोप, १७ बुँदे माग सार्वजनिक

    काठमाडौं— राष्ट्रिय किसान सञ्जालले वर्तमान अन्तरिम सरकारले कृषिक्षेत्रमा सुधार र किसानका समस्या सम्बोधन गर्न कुनै ठोस कदम नउठाएको आरोप लगाएका छन् । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले कार्तिक १६ गते राष्ट्रिय किसान सञ्जालको तर्फबाट कृषि तथा पशुपछि विकास मन्त्रीलाई मन्त्रालयमा भेट गरी किसान र कृषिक्षेत्रका तपसीलका समस्या तत्काल सम्बोधन गर्न नेपाल सरकार र सम्बधित निकायहरूको ध्यानाकर्षण गराउदा पनि सरकारले समस्या समाधानका लागि अग्रसरता नदेखाएको उल्लेख गरेका छन् । उनीहरुका अनुसार, ‘ कार्तिक १६ गते राष्ट्रिय किसान सञ्जालको तर्फबाट एक प्रतिनिधि मण्डलले माननीय कृषि तथा पशुपछि व

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 405 पटक पढिएको
  • ११ अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

    काठमाडौं—  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ । यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७.४२ बिन्दुमा राकिएको नेप्से आज घटेर बन्द भएको हो ।सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः २.०८, ०.८१ र ०.७६ अंकले घटेका छन् । यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच भएको बजारमा आज ३२० स्टकको ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३ सय ५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर कारोबार भएको छ ।आजको बजारमा पहिलोदिन कारोबार भएको दरमखोला इनर्जी लिमि

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 437 पटक पढिएको
  • कांग्रेस संस्थापन पक्षको भेलाः विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं

    काठमाडौं— नियमित महाधिवेशनका लागि दबाब दिनका लागि नेपाली कांग्रेसको संस्थापन पक्षले बिहीबार काठमाडौंमा भेला गरेको छ ।बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला शुरु भएको हो । भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् ।थापाले विशेष महाधिवेशन समय सान्दर्भिक नभएको बताएका छन् । उनले विशेष महाधिवेशन दर्ता भए पनि त्यसको कुनै सिङ्ग पुच्छर नभएको बताए ।  उनले भने, ‘जेनजी आन्दोलनमा हाम्रो पार्टी कार्यालयसँगै पार्टी सभापतिको घर नै जल्यो । त्यसपछि सभापतिलाई हटाउनुपर्ने भन्दै पार्टीका महामन्त्रीहरुले अभियान नै चलाउनुभयो । त्यसपछि  सभापतिले कार्यवाहक सभापति तोकेर तुरुन्तै ब

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 424 पटक पढिएको
  • सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

    कैलाली— सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार राति भएको आगलागीबाट पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।विहीबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा उनको निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगर नगरपालिकालाई रु आठ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई उक्त सहयोग गर्ने निर्णय भएको बताए । “साँफेबगर बजारमा भएको आगलागीबाट क्षति पुगेका परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि रु आठ लाख पालिकामार्फत् उपलब्ध गराउन

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • 434 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा