विराटनगर  नेपाली सेनाका हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुले अध्ययन भ्रमणको शिलसिलामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको स्थलगत अवलोकन भ्रमण गर्नु भएको छ ।

असार २५ गते अध्ययन भ्रमणको शिलसिलामा कोशी प्रदेश प्रहरी कार्यालयमा आउनु भएका नेपाली सैनिक वार कलेज नगरकोटमा संचालन भईरहेको सि.सं. १४ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिममा सहभागी  महासेनानीहरुको टोलीलाई कोशी प्रदेश प्रहरी कार्यालयमा स्वागत गर्दै प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले कोशी प्रदेश प्रहरीको प्रशासनिक गतिविधि, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा, प्रहरी कार्य एवं ट्राफिक व्यवस्थापन, विद्यमान सुरक्षा चुनौती, विपद् व्यवस्थापन, सूचना प्रविधिको प्रयोग, समुदाय–प्रहरी साझेदारी तथा सुरक्षा निकायहरूबीचको समन्वय, सहकार्य र असल अभ्यास  सहित बिविध बिषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका क्रममा सहभागी महासेनानीहरूहरुबाट उठेका विभिन्न जिज्ञासाहरुको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले सम्वोधन गर्नुका साथै वर्तमान सुरक्षा परिवेशमा नेपाल प्रहरी र नेपाली सेनाबीचको समन्वय, आपसी सहकार्य तथा सूचना आदान–प्रदानले राष्ट्रिय सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको उल्लेख गर्नु भयो

कार्यक्रममा नेपाली सेनाका सहायक रथी बालकृष्ण कार्की, सहायक रथी कमल बानियाँ, कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा सहित प्रहरी अधिकृतहरू उपस्थिति रहेको थियो