समाचार

    Showing 1,781-1,790 of 26,789 items.
  • गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद महर

    काठमाडौं / नेकपा एमालेका सांसद ऐनबहादुर महरले गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको कडा आलोचना गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले आफू वीर अस्पतालबाट प्रत्यक्ष अवस्था अवलोकन गरेर सदनमा पुगेको बताए । उनले अस्पतालको अवस्था अत्यन्त भावविह्वल रहेको उल्लेख गर्दै सर्वसाधारणका लागि त्यहाँको दृश्य निकै पीडादायी भएको बताए ।उनले भने, ‘म भर्खरै वीर अस्पतालबाट अलि ढिलो गरिकन सदनमा उपस्थित भएको छु । वीर अस्पतालको दृश्य हेरिसक्नु छैन सभामुख महोदय । त्यहाँ जो कोही सामान्य मान्छेले वीर अस्पतालमा अहिले जाने स्थिति पनि छैन, हेरिसक्नु पनि स्थिति छैन। असाध्यै त्यहाँ भावविह्वल परिस्थिति बने

    • प्रकाशित मितिः असार २६, २०८३
    • 206 पटक पढिएको
  • राइड सेयरिङ सवारीलाई छुट्टै पहिचान चिन्हको व्यवस्था गर्न आशिका तामाङको माग

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै राइड सेयरिङ सेवामा आबद्ध युवाहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले राइड सेयरिङ सेवामा आबद्ध गणेश नेपालीले यात्रु पु¥याएपछि त्रिपुरेश्वरमा मोटरसाइकल पार्क गरेर राहदानीसम्बन्धी कामका लागि जाँदा महानगरपालिकाले ह्विल लक लगाएको र त्यसपछि मानसिक तनावमा परेर आत्मदाह प्रयास गरेको बताइन् ।‘राइड सेयरिङ सेवामा आबद्ध मुगुका गणेश नेपाली भाइले यात्रुलाई त्रिपुरेश्वरमा पुर्याएपछि आफ्नो राहदानीसम्बन

    • प्रकाशित मितिः असार २६, २०८३
    • 204 पटक पढिएको
  • गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ: सभापति थापा

    काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै यो घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने पीडादायी क्षण भएको बताएका छन् ।थापाले सामाजिक सञ्जालमार्फत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ । यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो,’ उनले लेखेका छन् ।उनले यो विषयलाई राजनीतिक बहस वा दोषारोपणको विषय नभई एउटा नागरिकको जीवन, परिवारको पीडा र मानवीय संवेदनासँग जोडेर हेर्न आग्रह गरेका छन् ।‘यो कुनै राजनी

    • प्रकाशित मितिः असार २६, २०८३
    • 188 पटक पढिएको
  • ज्ञानेन्द्र शाहीको प्रश्न– गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर?

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले नागरिकबाट कर उठाए पनि त्यसअनुसार सेवा सुविधा दिन नसकेको आरोप लगाएका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले आजका नागरिकले औसत ४० प्रतिशतभन्दा बढी कर तिर्ने गरेको भए पनि राज्यले शिक्षा, स्वास्थ्य, सडक र पार्किङजस्ता आधारभूत सुविधा उपलब्ध गराउन नसकेको बताए । उनले कर तिरेबापत नागरिकले सुविधा पाउनुपर्ने भए पनि अहिले उल्टै दुःख, निराशा र आत्महत्याको अवस्था सिर्जना भइरहेको टिप्पणी गरे । उनले गणेश नेपालीको घटनालाई उदाहरण दिँदै राज्यको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाए ।‘आजका नागरिकले

    • प्रकाशित मितिः असार २६, २०८३
    • 183 पटक पढिएको
  • आफ्ना पीडा सुनाउन नागरिकले जिउँदै जल्नुपर्ने अवस्था आयो: सांसद विक

    काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी नेकपाकी सांसद पार्वती विकले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले सरकारको सय दिनको उपलब्धि सीमित हुँदै गएको आरोप लगाइन् । उनले गरिब तथा विपन्न नागरिकहरूले आफ्ना समस्या समाधान नभएपछि चरम कदम चाल्नुपर्ने अवस्था आएको बताइन् ।‘सरकारको सय दिन सय दिनमै सीमित हुँदैछ । गणेश नेपालीजस्ता गरिब नागरिकहरूले जिउँदै जलेर मर्नुपर्ने अवस्था आएको छ,’ उनले भनिन् ।उनले नेपाली जनता नै देशका सबैभन्दा सार्वभौम अधिकार सम्पन्न शक्ति भएको उल्लेख गर्दै जनताको धैर्य

    • प्रकाशित मितिः असार २६, २०८३
    • 158 पटक पढिएको
  • गणेश नेपालीको आत्मदाह घटनाप्रति थापाको प्रश्न: ‘नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन आयो ?’

    काठमाडौं / नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति सरकारको जवाफ माग गरेकी छन् ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घट्नामा प्रधानमन्त्री मैन बसेको भन्दै आपत्ति जनाइन् । जीवनसाथी, सन्तान र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । उनले सरकार नागरिकका पीडा सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाइन् ।उनले भनिन्,‘मिति २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत

    • प्रकाशित मितिः असार २६, २०८३
    • 167 पटक पढिएको
  • गणेश नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सांसद राईको माग

    काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद आरेन राईले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले २५ वर्षीय युवाले आत्मदाह गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।उनले भने, ‘ २५ वर्षका एउटा युवाले आत्मदाह गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो सभामुख महोदय रु यस सम्बन्धी सरकार गम्भीर भएर लाग्नुपर्छ । र यो घटनालाई सरकारले गम्भीर ढंगले छानबिन गर्नुपर्छ ।’राईले पठाओलगायत राइड–सेयरिङ सेवामा आबद्

    • प्रकाशित मितिः असार २६, २०८३
    • 172 पटक पढिएको
  • पुस्तकालय नीति मस्यौदा–२०८३ तयार, ज्ञानमा आधारित समाज निर्माणमा जोड

    काठमाडौं / राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले नेपालको पुस्तकालय क्षेत्रलाई व्यवस्थित, आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘पुस्तकालय नीति मस्यौदा, २०८३’ तयार गरेको छ । समितिले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थानका रूपमा नभई ज्ञान, अनुसन्धान, प्रविधि, संस्कृति संरक्षण तथा नागरिक सशक्तीकरणको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित नीति मस्यौदा अघि बढाएको हो । प्रस्तावित ‘पुस्तकालय नीति मस्यौदा, २०८३’ कार्यान्वयनमा आएपछि नेपालका पुस्तकालयलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित तथा आकर्षक बनाउँदै अध्ययन, अनुसन्धान र ज्ञानमा आधारित समाज निर्माणमा म

    • प्रकाशित मितिः असार २६, २०८३
    • 201 पटक पढिएको
  • राज्यले गरिखाने श्रमिक वर्गहरुमाथि गरिएको हेपाइले आत्मदाहको प्रयासमा पुर्यायो: युनियन

    काठमाडौं / काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गर्नेक्रममा मृत्यु भएका गणेश नेपालीको घट्नाप्रति नेपाल प्लाटफर्म वर्कस युनियनले आपत्ति जनाउँदै दुःख व्यक्त गरेको छ ।टे्रड युनियन कांगे्रस तथा नेपाल यातायात मजदुरसंग सम्बद्ध युनियनका अध्यक्ष जगनाथ गौतमले एक विज्ञप्ति जारी गर्दै घट्नाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । ‘काठमाडौं त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि गरिखाने श्रमिकले गरेको आत्मदाह प्रयासप्रति यस नेपाल प्लाटफर्म वर्कस युनियनको टे्रड युनियन कांगे्रस तथा नेपाल यातायात मजदुर संग सम्बद्ध गंभिर ध्यानकर्षण भएको छ ।समाचारहरुमा आए अनुसार २५ व

    • प्रकाशित मितिः असार २६, २०८३
    • 163 पटक पढिएको
  • २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ अझै फेला परेन, खोजी अभियान जारी

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले कुख्यात जङ्गली ‘ध्रुवे’ हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरे पनि हालसम्म उसलाई डार्ट गर्न सफल भएको छैन।निकुञ्जले २५ जना अनुभवी प्राविधिकसहित विशेष टोली परिचालन गरेको भए पनि ध्रुवेको ठेगाना अझै पत्ता लाग्न सकेको छैन।निकुञ्जका अनुसार ध्रुवे हात्तीले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। पछिल्लो पटक गत शनिबार भरतपुर–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएपछि नियन्त्रण अभियान तीव्र पारिएको हो।डार्ट प्रविधिमार्फत हात्तीलाई बेहोस बनाएर नियन्त्रणमा लिने योजना रहेको निकुञ्जले जनाएको छ। अहिले ध्रुवेलाई खोज्ने अभियान निरन्तर जा

    • प्रकाशित मितिः असार २६, २०८३
    • 186 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.