चितवन । चितवन राष्ट्रिय निकुञ्जले कुख्यात जङ्गली ‘ध्रुवे’ हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरे पनि हालसम्म उसलाई डार्ट गर्न सफल भएको छैन।
निकुञ्जले २५ जना अनुभवी प्राविधिकसहित विशेष टोली परिचालन गरेको भए पनि ध्रुवेको ठेगाना अझै पत्ता लाग्न सकेको छैन।
निकुञ्जका अनुसार ध्रुवे हात्तीले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ। पछिल्लो पटक गत शनिबार भरतपुर–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएपछि नियन्त्रण अभियान तीव्र पारिएको हो।
डार्ट प्रविधिमार्फत हात्तीलाई बेहोस बनाएर नियन्त्रणमा लिने योजना रहेको निकुञ्जले जनाएको छ। अहिले ध्रुवेलाई खोज्ने अभियान निरन्तर जारी छ।






































