समाचार

    Showing 17,071-17,080 of 25,908 items.
  • लागू औषधसहित दुई भारतीय पक्राउ

    रौतहट—ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध नशालु इन्जेक्सनसहित दुई जना भारतीय नागरिकलाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३ का १८ वर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्।गएराति ९ बजेको समयमा गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना १ज ७१०९ नम्बरको म्याजिक गाडी चेक जाँच गर्दा दुवैजनाले सिट मुनी लुकाइराखेको प्रतिबन्धित नोरफिन इन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इन्जेक्सन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नश

    • प्रकाशित मितिः असार १९, २०८१
    • 541 पटक पढिएको
  • क्याम्पस प्रमुख हत्या प्रकरण: थप एकजना पक्राउ

    बारा— रामराजामोहन विक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।बारागढी गाउँपालिका–५ चरमन्तपथरा बस्ने ४२ वर्षीय हरिन्दर महरा चमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए। उनको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमालाग्ने एक राउण्ड गोली र म्याग्निज एक थान बरामद गरेको प्रहरीले जनाएको छ।कुशवाहाको आदर्श कोतवाल गाँउपालिका–३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या

    • प्रकाशित मितिः असार १९, २०८१
    • 596 पटक पढिएको
  • आजको मौसम कहाँ के हुँदैछ ?

    काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।महाशाखाले अहिले देशभर साधारणदेखि पूर्णतया बदली रहेको जनाएको छ । बागमती, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश

    • प्रकाशित मितिः असार १९, २०८१
    • 402 पटक पढिएको
  • किलोमै ६ रुपैयाँले बढ्यो नुन

    काठमाडौं— सरकारले नुनको मूल्य बढाएको छ । हरेक भान्सामा नियमित प्रयोग हुने आयोनुनको मूल्य एकैपटक ३० प्रतिशतले बढेको हो । अब नुन किन्ने उपभोक्ताले किलो मै ६ रुपैयाँ बढी तिर्नुपर्ने छ । नुन आयातको एकाधिकार पाएको सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यसअघि प्रतिकेजी २० रुपैयाँ खुद्रा मूल्य तोकेकोमा अब २६ रुपैयाँ पुर्‍याएको हो। तर, २० रुपैयाँ खुद्रा मूल्य छँदा नै उपभोक्तालाई २५ रुपैयाँमा बेच्दै आएका व्यापारीले अब बढाएर असुल्ने चिन्ता छ।साल्ट ट्रेडिङ सञ्चालक समितिको मंगलबारको बैठकले मंगलबारै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि हुने निर्णय गरेको हो। साल्ट ट्रेडिङका प्रवक्ता

    • प्रकाशित मितिः असार १८, २०८१
    • 583 पटक पढिएको
  • गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज

    काठमाडौं— सहकारी ठगी प्रकरणमा मुछिएका  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको छ ।लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।यही असार सात गते निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए । गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १८ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको थियोे

    • प्रकाशित मितिः असार १८, २०८१
    • 453 पटक पढिएको
  • रोल्पाको जिप दुर्घटनामा सात जनाको मृत्यु

    काठमाडौं— रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको भएको जानकारी दिए ।जिपमा १५ यात्रु थिए । चालकसहित ८ जना घाइते छन्। माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानान सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १८, २०८१
    • 391 पटक पढिएको
  • के छ राष्ट्रिय सरकार बनाउन एमाले र कांग्रेसले गरेको समझदारीमा ?

    काठमाडौं— कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने छन् । संविधानको धारा ७६.२ अन्तर्गतकै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेका छन् ।ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो । खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका छन् ।छलफलमा सहभाग

    • प्रकाशित मितिः असार १८, २०८१
    • 411 पटक पढिएको
  • अब केपी ओली प्रधानमन्त्री

    काठमाडौं— नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार नयाँ सरकार गठन भए एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्नेछन्। उनी पहिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए। संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यतिवेला १० महिना सरकार सञ्चालन गरे। ३० असार ०७३ मा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले ९ साउनमा संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएका थिए। ०७४ मा एमाले–माओवादीसहित वाम गठबन्धन बनाएर चुनावमा गएका थिए। र, झन्डै दुईतिहाइनजिकको बहुमत ल्याएर ओली दोस्रोपटक ३ फागुन ०७४ मा प्रधानमन्त्री भए। त्यतिवेला पनि ओली र माओवादी अध्यक्ष प्रच

    • प्रकाशित मितिः असार १८, २०८१
    • 421 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा ध

    • प्रकाशित मितिः असार १८, २०८१
    • 351 पटक पढिएको
  • रामबहादुर बम्जनलाई १० वर्ष कैद

    काठमाडौँ- बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनविरुद्ध यस्तो फैसला सुनाएको हो ।  बम्जनलाई १० असारमा अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । २४ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ स्थित आफ्नै निवासबाट बम्जन पक्राउ परेका थिए । लामो समय लुकेर बसेका उनलाई पक्राउ गर्न प्रहरीलाई हैरान परेको थियो । बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा रहेको आश्रममा रहेका बेला बम्जनले यौनशोषण गरेको भन्दै २३

    • प्रकाशित मितिः असार १७, २०८१
    • 129 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.