काठमाडौँ- बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ । 

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनविरुद्ध यस्तो फैसला सुनाएको हो । 

OM Sai Pathibhara Hospital

 बम्जनलाई १० असारमा अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । २४ पुसमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ स्थित आफ्नै निवासबाट बम्जन पक्राउ परेका थिए । लामो समय लुकेर बसेका उनलाई पक्राउ गर्न प्रहरीलाई हैरान परेको थियो । 

बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा रहेको आश्रममा रहेका बेला बम्जनले यौनशोषण गरेको भन्दै २३ माघ २०७६मा जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएको थियो ।