समाचार

    Showing 1,591-1,600 of 26,789 items.
  • प्रभु बैंकबाट लिएको ऋण दुरुपयोग गरेको आरोपमा शशी शर्मा पक्राउ

    काठमाडौं— बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रकरणमा शशी शर्मा पक्राउ परेका छन् । बुटवलका व्यवसायीसमेत रहेका शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । उनले प्रभु बैंकबाट लिएको ऋण दुरुपयोग गरेको भेटिएपछि ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । स्रोतका अनुसार शर्माले प्रभु बैंकबाट रिसोर्ट निर्माणका लागि भन्दै ४८ करोड रुपैयाँ कर्जा लिएका थिए । तर, सो रकम पारिवारिक सम्बन्ध भएका व्यक्ति र आफ्नै समूहका अन्य ऋणी कम्पनीको बक्यौता तिर्न प्रयोग गरेको उनीमाथि आरोप छ ।नेपाल राष्ट्र बैंकले

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 468 पटक पढिएको
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा आवेदन खुला

    काठमाडौं— स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो।मन्त्रालयका अनुसार स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको निर्णयअनुसार आवेदन प्रक्रिया अघि बढाइएको हो।इच्छुक उम्मेदवारले २०८३ साउन ७ गतेभित्र आवश्यक कागजातसहित दरखास्त पेश गर्न सक्नेछन्। आवेदन सम्बन्धी विस्तृत सूचना, दरखास्त फाराम, न्यूनतम योग्यता तथा आवश्यक कागजातको विवरण स्वास्थ्य तथा जनसंख्या मन्

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 433 पटक पढिएको
  • प्रतिष्ठान अध्यक्ष दाहाल भन्छन सञ्चार माध्यमलाई व्यवस्थित बनाउँदै पत्रकारको क्षमता विकासमा जुट्छौं

    विराटनगर— कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्रका सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।प्रतिष्ठान गठनपछि कुराकानीका क्रममा अध्यक्ष दाहालले प्रतिष्ठानले आमसञ्चार क्षेत्रको संस्थागत विकास, नियमन र व्यावसायिक क्षमता अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने बताए । उनले प्रतिष्ठानले कानुनले दिएको अधिकार र जिम्मेवारीभित्र रहेर सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउने उल्लेख गरे ।प्रदेश सरकारले सोमबार गठन गरेको प्रतिष्ठानको अध्यक्षमा दाहाल नियुक्त भएका हुन् । प्रतिष्ठानको प्रदेश प्रेस रजिस्ट्रार

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 357 पटक पढिएको
  • तीन वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।बुधबार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।अर्थ समितिको बिहान ८ः३० बजे बस्ने भएको हो । बैठकमा नेपाल धितोपत्र बोर्डसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची रहेको छ । आ.व.२०८२/८३ मा नेपाल धितोपत्र बोर्डबाट भएगरेका मुख्य—मुख्य कामकारबाही सम्बन्धमा, धितोपत्र बजारको नियमन एवं विकासका लागि भएका प्रयासहरू र उपलब्धिहरू लगानीकर्ताहरूको हित संरक्षणका लागि भएका प्रयास एवं उपलब्धिहरूका विषयमा छलफल हुने कार्यसूची रहेको छ । बिहान ८ बजे बस्ने उद्योग

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 377 पटक पढिएको
  • भाषाशास्त्री महानन्द सापकोटा : पूर्वी नेपालको भाषा, साहित्य र पत्रकारिताको उज्यालो आकाश

    देवेन्द्र किशोर  ।   नेपाली भाषा, साहित्य र पत्रकारिताको इतिहासमा भाषाशास्त्री महानन्द सापकोटाको योगदान बहुआयामिक र दूरगामी रहेको छ। इलाम जिल्लाको इरौँटार–देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० गते जन्मिएका सापकोटाले आफ्नो जन्मभूमिभन्दा पनि कर्मभूमिका रूपमा पूर्वी नेपालको झापा, विशेषतः भद्रपुरलाई रोजे। भाषाविद्, कोशकार, कवि, निबन्धकार, समाज सुधारक तथा पत्रकारका रूपमा उनले पुर्‍याएको योगदान आज पनि नेपाली भाषा र पत्रकारिताको इतिहासमा विशिष्ट स्थानमा रहेको छ।वि.सं. २००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि पूर्वी नेपालमा भाषा, साहित्य र पत्रकारिताको नयाँ युग प्रारम्भ गर्ने अग्रणी व्यक्तित

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 409 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरणः कसलाई कति सजाय ?

    काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई जिल्ला अदालत काठमाडौंले सजाय तोकेको छ ।मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूवउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई सजाय तोकेको हो ।टोपबहादुरलाई ५ वर्षको कैद र ५० हजार जरिवाना, टेकनारायण पाण्डेलाई ६ वर्षको कैद र ६० हजार जरिवना, बालकृष्ण खाँणलाई २ वर्षको कैद र २० हजार जरिवाना र टेकनाथ रिजाललाई १ वर्षको कैद र १० हजार जरिवाना तोकिएको छ । यसैगरी, केशव दुलाललाई ७ वर्ष कैद र ७० हजार जरिवाना, सानु भण्डारीलाई ७ वर्षको कैद र ७० हजार जरिवाना, इन्द्रजित राईलाई ६ वर्षको कैद र ६० हजार जरिवाना

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 432 पटक पढिएको
  • सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

    सर्लाही— सर्लाही प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा गत आईतबार दिउँसो मलङ्गवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल रोडमा रहेको एक सैलुनमा प्रहरीले खानतलासी गरेको थियो ।खानतलासीका क्रममा सैलुनभित्र कुर्सीमाथि राखिएको कालो प्लास्टिकको झोलाभित्र लुकाइराखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।उनका अनुसार उक्त सैलुन भारतको बिहार राज्य, सितामढी जिल्ला बाजपट्टी– १२ घर भएका ३८ वर्ष

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 535 पटक पढिएको
  • उपभोक्ताले आजदेखि भरी सिलिन्डर ग्यास पाउने

    काठमाडौं— उपभोक्ताले आज (बुधबार) देखि खाना पकाउने भरी सिलिन्डर ग्यास किन्न पाउने भएका छन्। नेपाल आयल निगम लिमिटेडले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि साबिककै १४.२ केजी ग्यास भरेर बजारमा पठाउने जनाएको हो।इरान–अमेरिकारइजरायल युद्ध चर्किंदै जाँदा विश्वभर पेट्रोलियम पदार्थको संकट उत्पन्न भएपछि सरकारले २९ फागुनदेखि आधा सिलिन्डर ग्यास (७.१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो। युद्धको अनिश्चितताका कारण उपभोक्ताहरूले अस्वाभाविक रूपमा ग्यास भण्डारण गर्न थालेपछि निगमले सबैलाई ग्यास पुर्‍याउने उद्देश्यले आधा सिलिन्डर ग्यास बिक्री वितरणको नीति लिएको थियो।निगमको यो नीतिले उपभोक्ताको माग सम्बोधन गर्न

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 447 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस, विधेयकमाथि विचार तथा अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धि अनुमोदनसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन् ।त्यसैगरी अर्थमन्त्री डा. स्व

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 420 पटक पढिएको
  • स्थानीय उत्पादनको प्रयोग बढाउन कोशी सरकारको नयाँ अभियान, कर्मचारीलाई ढाका–खादी अनिवार्य

    विराटनगर— कोशी प्रदेश सरकारले स्थानीय उत्पादनको बजारीकरण र स्वदेशी उद्योग प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीलाई स्थानीय कपडाबाट बनेको पोशाक अनिवार्य रूपमा लगाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।आर्थिक वर्ष २०८२/८३ देखि लागू गरिएको व्यवस्थाअनुसार प्रदेशमै उत्पादन भएका ढाका, खादी (खाँडी), अल्लोलगायत स्थानीय कपडाबाट तयार गरिएको अफिस पोशाक बुधबार र शुक्रबार अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यससम्बन्धी निर्णय कार्यान्वयनमा ल्याएको हो ।निर्णयअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले बुधबारदेखि स्थानीय उत्पादनबाट बन

    • प्रकाशित मितिः असार ३१, २०८३
    • 449 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.