समाचार

    Showing 1,591-1,600 of 19,004 items.
  • विदेशी पर्यटक ठगी प्रकरणमा सुर्खेतका बिशु सिंजाली पक्राउ

    काठमाडौं— विदेशी पर्यटकसँग ठगी गरेको आरोपमा सुर्खेतका ४० वर्षीय बिशु सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ। पोल्याण्डका १२ जना नागरिकलाई नेपाल भ्रमणका लागि मोटरसाइकल राइड तथा खाना–बस्ने लगायतका सेवासहितको प्याकेज उपलब्ध गराइदिने भन्दै ठगी गरिएको उजुरीपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान अघि बढाएको हो।नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सिंजालीले आफ्नो कम्पनी ‘अल्टिट्युड राइडर्स प्रालि’को नाममा फेसबुक म्यासेन्जरमार्फत कुराकानी गर्दै पर्यटकलाई आकर्षक प्याकेज प्रस्ताव गरेका थिए। सम्झौता भएको सात दिनभित्र ३० प्रतिशत रकम अग्रिम भुक्तानी लिएपछि उनी सम्पर्कविहीन भएको पीडितले दिएका उजुरीमा उल्लेख छ। उ

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 259 पटक पढिएको
  • १४ दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

    काठमाडौं— साझेदारसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले गएको १० दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । पशु कल्याणका लागि काम गर्ने संघ संस्थाहरूसँगको सहकार्यमा कार्तिक १४ (२०८२) बाट सबै वडामा बन्ध्याकरणको काम सुरु गरिएको हो । बन्ध्याकरण गरिएका कुकुररबिरालोलाई रेबिज विरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशु चिकित्सक डा। पूजा खनालले जानकारी दिइन् । गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेबिजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेबिज विरुद्

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 258 पटक पढिएको
  • सन्तोष परियारले गरे रास्वपा परित्याग

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक सन्तोष परियारले रास्वपा परित्याग गरेका छन् । उनले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डिपि अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।परियार अब राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा रहेको पनि झाले बताए । प्रवक्ता मनिष झाले आगामी यात्राको लागि परियारलाई शुभकामना समेत दिएका छन् । उनले सामाजिक सञ्जालका लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्व सांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परिय

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 359 पटक पढिएको
  • देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयोः मन्त्री पौडेल

    काठमाडौं— बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने काम भएको भन्दै देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्थाको सुरुवात भइसकेको बताए । उनले भने, ‘हामीले सुरुदेखि नै केही कुरामा ख्याल गरिरहेका छैनौ । नेपाल वातावरणीय हिसाबले विविधता भएको देश हो । तर त्यो कुरा बुझ्न सकेनौ । हामीले हाइब्रिड बिउ जस्तो घातक कुरालाई पन

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 236 पटक पढिएको
  • जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्छः यादव सिंह

    काठमाडौं— जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्दै आमरण अनशन बसेका छन् । मंगलबार देखि काठमाडौं को माइतीघरमा जेन–जी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर,  आन्दोलनमा भएको सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर लगायत अन्य विषयमा माग गर्दै कञ्चनपुरका यादव सिंह आमरण अनसनमा बसेको हुन् । आमरण अनसन बसेको ४ दिन बितिसक्दा पनि सरकारको तर्फबाट केही पहल नभएको उनले बताए ।  उनले रातभर खुल्ला आकाशको मुनि रात कटाउने गर्दा पनि सरकारले केही वास्ता नगरेको आरोप लगाए । विद्यालयका पोसाकमा जानेलाई समेत गोली हानेर  मार्ने जो कोही भएता

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 246 पटक पढिएको
  • मंसिर महिनाभित्र नै महाधिवेशन गर्नुपर्ने भन्दै संस्थापन पक्षले बुझाए ज्ञापनपत्र

    काठमाडौं— नेपाली कांग्रेसको १५ औं महाधिवेशन यही मंसिर महिनाभित्र गर्नुपर्ने मागसहित कांग्रेसका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा विभिन्न ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले जानकारी दिए । जारी केन्द्रीय समितिको बैठकबाट फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन अधिवेशनका लागि  तहगत कार्यतालिका बनाई लागू गर्नुपर्ने बताए ।   ‘१५औं महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल सदस्यता वितरण

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 246 पटक पढिएको
  • चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगा पाल्नेहरुको संख्या बढ्यो

    एजेन्सी— चीनमा छेपारोदेखि कछुवा र रंगीन सुगासम्म पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । विशेषगरी विदेशी घरपालुवा जनावरहरूको बजार पनि बढ्दो क्रममा छ । तथ्याङ्क अनुसार चीनमा १ करोड ७० लाखभन्दा बढी मानिसहरूले अहिले परम्परागत बिरालो वा कुकुरहरू बाहेक अन्य जनावरहरू पाल्छन् । जसले गर्दा लगभग १.४ अर्ब अमेरिकी डलर मूल्यको विदेशी घरपालुवा जनावर बजार बढिरहेको हो । मध्य चीनको शाङ्किउ शहर जस्ता स्थानहरुमा विदेशी घरपालुवा जनावर प्रजननकर्ताहरू माग पूरा गर्न अग्रसर देखिन्छन् । संरक्षित जनावरहरूको प्रजनन गर्न इजाजतपत्र अनिवार्य गरिएको छ । विज्ञहरूका अनुसार घरपालुवा जनावर जेसुकै भएपनि बढ्दो संख्य

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 338 पटक पढिएको
  • आज सुनचाँदीको मूल्य सामान्य घट्यो

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५०  हजार २ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४९  हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 108 पटक पढिएको
  • आज सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

    काठमाडौं— प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइँने अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । सांस्कृतिक सम्पदाहरु हाम्रो पहिचान, इतिहास र मौलिकताको प्रतीक हुन् तर यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा परेका छन् । नेपालजस्तो देश जहाँ पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतीक हुन्, यी सम्पत्तिहरू चोरी र तस्

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 124 पटक पढिएको
  • आज विश्व मधुमेह दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाइँदै

    काठमाडौं— आज विश्व मधुमेह दिवस । विभिन्न कार्यक्रमको आयोजनागरी आज विश्वभर मधुमेह दिवस मनाईँदै छ । यसवर्षको मधुमेह दिवसको नारा मधुमेह र कल्याण -Diabetes and Well–being_हो। यसले मुख्य रूपमा मधुमेह र जीवनको सम्पूर्ण कल्याण बीचको सम्बन्धमा ध्यान केन्द्रित गर्छ। मानिसहरूलाई मधुमेहसँग बस्न सिक्ने तर स्वस्थ र सन्तुलित जीवन जिउने उपायहरू तर्फ सचेत गराउने उद्देश्य राख्छ।इन्टरनेसनल डायबेटिज फेडेरेसन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि नोभेम्बर १४ का दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो। सन् २००६ मा यो दिवसले आधिकारिक रुपमा संयुक्त राष्ट्र संघ अन्तर्गत स्थान पाएको थिय

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 101 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा